Tuesday, August 11

राजनीति

आजदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
राजनीति, समाचार

आजदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ। आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ। कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो। बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेको जनाइएको छ। आजको बैठकमा पार्टीको १५औं महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ। हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ। यस अवस्थामा सुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ। नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । त्यस क्रममा ५४ प्रतिशत...
प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर चुनावमा जान्छौं: पुन
राजनीति, विचार, समाचार

प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर चुनावमा जान्छौं: पुन

नेपालअखबार,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर चुनावमा जाने धारणा राखेका छन्। बुधबार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको जेनजीसहितको छलफलमा नेता पुनले जेनजीको मागमा माओवादी केन्द्रले आन्दोलनपूर्व र पछि पनि समर्थन जनाएको बताएका थिए। ‘अहिले पनि हामी जेनजी युवाको मागमा समर्थन गर्न चाहन्छौं,’ उनले भने। माओवादी केन्द्र सरकारमा वा प्रतिपक्षमा हुँदा सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम गरेको पनि नेता पुनले बताएका थिजए। ‘त्यस कारण भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने एजेण्डामा हामी र जेनजीबीच निकटता छ। त्यही कारण हाम्रो आन्दोलनमा र पछि पनि समर्थन रहेको हो,’ उनले भने। भदौ २३ र २४ पछिको अवस्थामा माओवादी केन्द्रले राजनीतिक र संवैधानिक प्रक्रिया सँगै जानुपर्छ भनेको पनि पुनले बताए। ...
राष्ट्रपतिको चार दिने कतारको औपचारिक भ्रमण स्वीकृत
राजनीति, समाचार

राष्ट्रपतिको चार दिने कतारको औपचारिक भ्रमण स्वीकृत

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको चार दिने कतारको औपचारिक भ्रमण स्वीकृत भएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फरसोसल डेभलपमेन्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा २०८२ कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको सरकार प्रवक्ता समेत रहेका जगदीश खरेलले बताए। त्यसैगरी, सरकारले  छापाखाना र प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ पनि स्वीकृत गरेको छ। अनलाइनको दर्ता र नवीकरणका लागि गरिएको सो निर्णय राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गरिएको छ। मन्त्री खरेलले सांसदहरूको स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय कार्यान्वयनका लागि सो नि...
प्रतिवेदनमा सैद्धान्तिक सहमति भएकासँग एकता गर्न ढिलाइ गर्नुहुन्‍न : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

प्रतिवेदनमा सैद्धान्तिक सहमति भएकासँग एकता गर्न ढिलाइ गर्नुहुन्‍न : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी एकताको पहल भइरहेका बेला एकता सम्बन्धी अवधारणा सहितको राजनीतिक प्रतिवेदन पार्टी बैठकमा पेश गरेका छन् । उनले ल्याएको राजनीतिक प्रतिवेदनमा सिद्धान्त र विचार मिल्ने जो–कोहीसँग एकता हुने उल्लेख गरेका छन् । अहिले नेकपा माओवादी केन्द्रसँग नेकपा एसले एकता गर्न प्रक्रिया अघि बढाइरहेको छ । त्यसका लागि दुई दलको वार्ता समितिले काम गरिरहेको छ । तर दुवै दलभित्र एकताको विषयलाई लिएर फरक मतहरू पनि प्रकट भइरहेका छन् । बैठकमा माधव नेपालले पेश गरेको समाजवादी मोर्चा र वाम एकता बारे धारणाको सम्पादित अंश : समाजवादी मोर्चा र वाम एकता हामीले पार्टी पुनर्गठन गर्दा कायम गरिएको केन्द्रीय कमिटीको प्रथम बैठकबाट नै वामपन्थी शक्तिहरूबिच सहकार्यको भावना विकास गर्नु र मोर्चा बनाएर काम गर्दै गई पार्टी एकताका आधारहरू निर्माण गर्नु पनि आजको...
राष्ट्रिय सभा सदस्यको रिक्त पदपुर्तीका माघ ११ मा निर्वाचन गर्ने सरकारको निर्णय
राजनीति, समाचार

राष्ट्रिय सभा सदस्यको रिक्त पदपुर्तीका माघ ११ मा निर्वाचन गर्ने सरकारको निर्णय

नेपालअखबार,काठमाडौँ । मन्त्रीपरिषद्ले राष्ट्रिय सभा सदस्यको रिक्त पदपुर्तीका लागि  माघ ११ मा निर्वाचन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै मन्त्रीपरिषद्ले संघीय संसदका पदाधिकारीहरु तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गर्ने निर्णय पनि गरेको छ । यसमा स्वकिय सचिवालयको दरबन्दी हटाउने निर्णय भएको छ । जेन-जी विद्रोहपछि बनेको शुसिला कार्की नेतृत्वको सरकारले आगामी २१ फागुनमा प्रतिनिधसभा निर्वाचन गर्ने म्यान्डेड पाएको छ । जसका लागि निर्वाचन आयोगले ३० असोजमा राजनीतिक दलहरूसँगको छलफल समेत सुरु गरेको थियो ।...
ओलीका सामू लम्पसार पर्न तयार हुनेहरू गए हुन्छ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

ओलीका सामू लम्पसार पर्न तयार हुनेहरू गए हुन्छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई संकेत गर्दै पार्टी छोडेर जान चुनौती दिएका छन् । बुधबार पार्टी केन्द्रीय समितिको बैठकमा उनले एमालेविरुद्ध विद्रोहको औचित्य थिएन भन्‍ने नेताहरूलाई केपी ओलीका सामू लम्पसार तयार भएको टिप्पणी गरेका हुन् । पार्टीभित्र सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूले एमालेसँगको विद्रोहको औचित्य अझै पुष्टि हुन नसककेको भन्दै प्रश्न उठाइरहेका थिए । ‘एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्‍ने कुरामा  कुनै दम छैन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नु बाहेक केही होइन।’  उनले भने ।उनले एकीकृत समाजवादी पार्टी खोलेर कुनै गल्ती नगरेको बताए ।  ‘चुनौती आइरह्नछन्। ती चुनौतीको सामना गर्नुपर्छ। हामीले चुनौतीको समाना गरेका थियौं।’ उनले भने ।...
निर्वाचनको वातावरण तयार पार्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले वार्ता आह्वान
राजनीति, समाचार

निर्वाचनको वातावरण तयार पार्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले वार्ता आह्वान

नेपालअखबार,काठमाडौं । सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय वार्ता हुने भएको छ । वार्ता भोलि (बुधबार) दिउँसो ४ बजे प्रधानमन्त्री निवासमा हुनेगरी तय भएको छ । निर्वाचनको वातावरण तयार पार्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले वार्ता आह्वान गरेकी हुन् । स्रोतका अनुसार, विभिन्न ८/९ वटा समूहका जेनजी प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र प्रधानमन्त्री–मन्त्रीहरूसहितको त्रिपक्षीय वार्ता हुन लागेको हो । बैठकमा निर्वाचनको वातावरण तयार पार्नका लागि सबै पक्षले आ–आफ्नो ठाउँबाट खेल्नुपर्ने भूमिकाका बारेमा छलफल हुने प्रधानमन्त्री कार्यालय निकट स्रोतले बताएको छ । यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा आवश्यक वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सबैपक्ष सकारात्मक भएका थिए । यसबीचमा ...
गणतान्त्रिक शक्तिलाई साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान
राजनीति, समाचार

गणतान्त्रिक शक्तिलाई साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान

नेपालअखबार,काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश जटिल अवस्थामा रहेको भन्दै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत साझा आन्दोलनमार्फत अघि बढ्न आग्रह गरेका हुन् । उनले भनेका छन्– 'यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ। राष्ट्रले भोगिरहेका समस्या र सङ्कटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध सङ्गठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ। यस सन्दर्भमा देशभक्त, प्रगतिशील, वामपन्थी सक्तीहरूबिच सङ्गठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक सक्तीहरूबिच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ। ' राष्ट्रिय स्वाधीनता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार ...
अमेरिका र जापानबीच दुई नयाँ सम्झौतामा हस्ताक्षर
राजनीति, विश्व, समाचार

अमेरिका र जापानबीच दुई नयाँ सम्झौतामा हस्ताक्षर

नेपालअखबार,काठमाडौं । अमेरिका र जापानले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री सनेई तकाइचीले दुईवटा नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुई देशबीच हस्ताक्षरित एउटा सम्झौताले अमेरिका-जापान सम्बन्धको नयाँ ‘गोल्डन एज’ को सुरूवातलाई दर्शाउँछ भने दोस्रो सम्झौता महत्वपूर्ण खनिजसँग सम्बन्धित रहेको छ । ‘पहिलो सम्झौता लामो समयदेखि सहयोगी रहेका दुवै देशबीचको साझेदारीलाई अझै मजबुत गर्नेमा केन्द्रित छ’, बीबीसीमा प्रकाशित समाचारमा भनिएको छ, ‘अर्को महत्वपूर्ण खनिजको सम्झौता दुर्लभ खनिज (रेयर अथ्र्स) को आपूर्ति सुनिश्चित गर्नका लागि एउटा ढाँचा प्रदान गर्दछ ।’ सम्झौतामा हस्ताक्षर पछि राष्ट्रपति ट्रम्पले जापानको सराहना गर्दै अमेरिकाको मजबुत सहयोगीको रूपमा चित्रित गरे । उनले जापानकी पहिलो महिला प्रधानमन्त्री तकाइचीको पनि प्रशंसा गरे ।...
नेपाली कांग्रेसका कार्यवाहक सभापति खड्काले भने प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन
राजनीति, विचार, समाचार

नेपाली कांग्रेसका कार्यवाहक सभापति खड्काले भने प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन

नेपालअखबार,काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन्। भ्रातृ संगठन नेपाल तरूण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रुपमा प्रतिनिधिसधा विघटन भएको बताएका हुन्। ‘प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन भयो,’ खड्काले भने, ‘यस सेरोफेरोमा हामी तरुण दलको स्थापना दिवस मनाउँदैछौँ।’ उनले जेनजी आन्दोलनका कारण मुलुक अप्ठ्यारोमा परेका बेला आगजनीबाट क्षतिग्रस्त शीतलनिवासको आँगनमा बसेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षा गरेको पनि बताए। ‘संविधान जोगाउन धेरै ठूलो अप्ठ्यारो भयो। राष्ट्रपति रामचन्द्र पौडेलले जलेको शीतलनिवासको आँगनमा बसेर जीवनको लामो अनुभव र जनतालाई केन्द्रमा राखेर संविधानको रक्षा गर्ने का...