संसदीय दल नेता फेर्न संख्या छैन: शेखर कोइराला
नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दल नेता फेर्न आफू नलागेको बताएका छन्।
संसदीय दल नेता फेर्नका लागि सांसदहरूको संख्या आवश्यक पर्ने उल्लेख गर्दै कोइरालाले त्यो सम्भावना अहिले नरहेको पनि बताए।
‘संसदीय दल नेता फेर्न संख्या चाहिन्छ, त्यसै त हुँदैन,’ विराटनगरमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘यो कुरा सभापतिजीले पनि बुझ्नुभएको छ, चिन्ता गर्नुपर्दैन।’
कोइरालाले कांग्रेस-एमाले समीकरणको अहिलेको संघीय सरकारले राम्रोसँग काम गर्न नसकेको टिप्पणी पनि गरेका छन्।
‘यो समीकरण र सरकार २०८४ सम्म नै जाओस्,’ उनले भने, ‘तर सरकार राम्रोसँग चलाउनुपर्यो, अहिले राम्रोसँग चलेको छैन।’
उनले कांग्रेस र एमालेबीच भएका ७ बुँदे सहमति कार्यान्वयनतर्फ लैजानुपर्नेमा जोड दिए।
हालै नेता शेखर कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पक...









