माओवादीसँग एकता होइन, बलियो सहकार्य मात्रै हुन्छ: अध्यक्ष नेपाल
नेपालअखबार, सुनसरी। नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि छलफल नभएको दाबी गरेका छन्।
शुक्रबार सुनसरीको पार्टी कार्यक्रममा सहभागी हुन आउने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीमाझ नेपालले भने ‘अहिले एकीकरणको कुरा भएकै छैन। सहकार्यको कुरा भएको हो।’
अध्यक्ष नेपालले समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पार्टीबीचको सम्बन्धलाई विश्वासको जगमा बलियो बनाउने छलफल चलिरहेको बताए।
यद्यपि अहिले समाजवादी मोर्चाको संयोजक रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले भने समाजवादी मोर्चा विघटनको प्रस्ताव गरिसकेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालले मोर्चा विघटन गर्न नहुने बताएका थिए।
प्रचण्ड र अध्यक्ष नेपालबीच पार्टी एकताका विषयमा पटकपटक लामा–लामा छलफल चलेको चर्चा यो साताभरी चलेको थियो।
यद्यपि ...









