Friday, August 14

राजनीति

अखिल नेपाल महिला संघ (समाजवादी)को अध्यक्षमा सिग्देल
राजनीति, समाचार, हाइलाइट-समाचार

अखिल नेपाल महिला संघ (समाजवादी)को अध्यक्षमा सिग्देल

नेपालअखबार,काठमाडौँ  । एकीकृत समाजवादीको भ्रातृ संगठन अखिल नेपाल महिला संघ (समाजवादी) को अध्यक्षतामा मुनु सिग्देल सर्वसम्मत निर्वाचित भएकी छन् । शनिबार र आइतबार राजधानीमा सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनले सिग्देलको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । त्यस्तै संघको महासचिवमा राजेन्द्रलक्ष्मी गैरे चयन भएका हुन् ।...
विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन समितिलाई बुझायाे
राजनीति, समाचार

विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन समितिलाई बुझायाे

नेपालअखबार,काठमाडौं ।प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिले विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन आइतबार समितिलाई बुझाएको छ। उपसमितिले विधेयकमा कयौं नयाँ व्यवस्था गरेको छ भने केही दफाहरूमा परिमार्जन गरेको छ। उपसमितिले सरकारले ल्याएको १ सय ६३ दफा भएको विधेयकको १ सय १ दफामा संशोधन गरेको छ। १३ वटा नयाँ दफा थप गरेको छ। ४ वटा हटाएको छ। अब नयाँ विधेयकमा १७३ दफा हुनेछन्। उपसमितिले अब हरेक शैक्षिक सत्रमा कम्तिमा २ सय २० दिन विद्यालय खुला रहनुपर्ने प्रावधान गरेको छ। विद्यालय गाभ्ने, नाम परिवर्तन गर्नेदेखि खारेज गर्नेसम्मको अधिकार स्थानीय तहलाई दिएको छ। तर स्थानीय तहका लागि विद्यालय बीचको दुरी, भौगोलिक अवस्था लगायतका विषयमा पूर्वसर्त राखेको छ।  विधेयकले शिक्षकहरूलाई विशिष्ट श्रेणीसम्म पुग्ने ब...
मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुन्ने जोकोहिलाई पनि कानुनको दायरमा ल्याउन माग
राजनीति, समाचार

मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुन्ने जोकोहिलाई पनि कानुनको दायरमा ल्याउन माग

नेपालअखबार,काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानलले मुस्लिम समुदायका एक व्यक्तिलाई झैझगडाको निहुँमा कुटपिटगरी बंगुरको खोरमा थुनेको भन्दै आपत्ति जनाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो निच हर्कत गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन समेत जोड दिएका छन्। ‘केही अराजक तत्वहरुले सामाजिक झैझगडलाई लिएर धार्मिक द्वन्द्व फैलाउने हर्कत पटक पटक गरिरहेका छन्, यही सिलसिलामा हिजो सार्लाही पर्सा वडा नम्बर ५ को तसलिम अन्सारीलाई केही व्यक्तिहरुले मारपिट गरि बंगुरको खोरमा थुन्ने जस्तो निच हरकत गरेका छन्,’ खानले भने, ‘देश निर्माणमा अहम भूमिका खेल्ने मुस्लिमहरू बंगुरको खोरमा थुनिनु दुःखद हो। जबकी मुस्लिमलाई बंगुरको नजिक जानु त परै जाओस्, हेर्न पनि बर्जित रहेको छ।’ उनले थपे, ‘यसरी पटक-पटक मुस्लिम र दलितमाथिको आस्थामाथि हमला गर्नु कहीँ, कतै स्वीकार्य छैन। यस्ता निच हर्कत गर्ने ...
तीनवटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

तीनवटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौं ।आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत दिउँसो साढे ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेश हुनेछ। त्यस्तै बिहान साढे ११ बजे बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका कामकारवाही प्रगति एवं आगामी कार्ययोजनाबारे छलफल हुनेछ। दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनको स्थलगत अध्ययनको समिक्षा सम्बन्धमा छलफल हुने कार्यसूची छ।...
सञ्चारमन्त्री तथा एमाले उपमहासचिव गुरुङ सम्मानित
राजनीति

सञ्चारमन्त्री तथा एमाले उपमहासचिव गुरुङ सम्मानित

नेपालअखबार,लमजुङ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सम्मानित भएका छन्। एमाले लमजुङको नवौँ जिल्ला अधिवेशन परिषद्को प्रथम बैठकको समापनका अवसरमा आज उनी सहित अन्य नेतालाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जिल्ला अध्यक्ष राजकुमार विष्टलगायतले खादा र सम्मानपत्रद्वारा सम्मान   गरेका हुन् । नेपाल सरकारका प्रवक्ता  एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका गुरुङ  तत्कालीन सयममा (विसं २०४३) जनपक्षीय उम्मेदवार समेत बनेका थिए । सोही अवसरमा पार्टीले विसं २०४३, २०४९ र  विसं २०५४ मा उम्मेदावर बनेका दुई सय १४ जना पार्टीका नेतालाई सम्मान समेत गरेको थियो  । विसं २०३४ देखि राजनीतिमा सक्रिय नेता गुरुङ पार्टीभित्र खरो र प्रष्ट बक्ताका  रूपमा परिचित छन् ।  सञ्चारमन्त्री गुरुङसहित पूर्वजनप्रतिनिधिलाई पार्टीको नीतिअनुसार समाजवादान्मुख समृद्ध नेपालको आधार निर्माण गर्ने क...
प्रतिनिधि सभाको बैठक आज बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभाको बैठक आज बस्दै

नेपालअखबार,काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बस्ने भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेस हुने कार्यसूची छ । यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ । यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने’ प्रस्ताव प्रस्तुत गर्नुहुने छ । छलफलसँगै सो विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् ...
सरकारमा देखिएका कमजोरी सुधार्दै अघि बढ्नुपर्नेछ : देउवा
राजनीति, समाचार

सरकारमा देखिएका कमजोरी सुधार्दै अघि बढ्नुपर्नेछ : देउवा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारका केहि कमि कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठूलो पार्टी भएपनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको उल्लेख गरे । ‘समावेशी र समानुपातिकताको कारण कसैको पनि बहुमत पुग्न सम्भावना छैन । हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ तर, बहुमत छैन,’ सभापति देउवाले भने, ‘…अहिलेको सरकारमा केही कमी कमजोरी होलान, त्यसमा सुधार्दै जानुपर्ने छ । विकासको कुरालाई अघि बढाउँछौं ।’ सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सवैको प्रतिनिधित्व संसदमा रहेको जिकिर गरे । २०४८ सालमा कांग्रेसको नेतृत्वको सरकार बनेपछि देशमा धेरै विकासका कामहरु भएको उनले उल्लेख गरे । ‘बहुमत नभएको पार्टीले कसै न कसैसँग गठबन्धनको सरकार बना...
परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेक महासचिवको भेटवार्ता
राजनीति, समाचार

परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेक महासचिवको भेटवार्ता

नेपालअखबार,काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग आज बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले शिष्टाचार भेटवार्ता गरेका छन् । सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आइपुगेका महासचिव पाण्डेले मन्त्री डा. राणासँग साइडलाइन भेटवार्ता गरेका हुन् । भेटका क्रममा मन्त्री राणाले विमस्टेकका उद्देश्य र सिद्धान्तप्रतिको नेपालको दृढ प्रतिबद्धता दोहोर्‍याएकी थिइन् । साथै, नेपाल र बिमस्टेकबिच जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयका विषयमा पनि गम्भीर छलफल भएको थियो। त्यसैगरी, किर्गीस्तानका राष्ट्रपतिका विशेष दूत दिनारा कामेलोभाले पनि आजै मन्त्री डा. राणासँग शिष्टाचार भेट गरेका छन् । सगरमाथा संवादमा भाग लिन नेपालमा रहेका कामेलोभाले राजधानीस्थित होटल सोल्टीमा मन्त्री राणासँग भेट गरेका हुन् । भेटका क्रममा मन्त्री राणाले कामेलोभालाई सगरमाथा संवादमा सहभागिताका लागि धन्यवाद ज्ञा...
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
राजनीति, समाचार

वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

नेपालअखबार,काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहेका कतारकव विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाले भेटवार्ता गरेका छन् । सगरमाथा संवाद स्थलमा शनिबार  भएको भेटमा उनीहरुबीच दुई देशबीचका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटका अवसरमा मन्त्री शाहीले दुई देशबीच वन तथा वातावरण, प्रविधि हस्तान्तरण, प्रदूषण नियन्त्रण र नवप्रवर्तन क्षेत्रमा दीर्घकालीन रणनीतिक साझेदारी गर्न सकिने उल्लेख गरेका थिए । साथै नेपालले कतार सरकारलाई उपहारस्वरुप उपलब्ध गराइने भनिएको एक जोडी हात्ती प्रदान गर्नका लागि प्रक्रिया अघि बढाउन एक महिनाभित्र पत्राचार गरिने मन्त्री शाहीको भनाइ थियो ।मन्त्री शाहीको प्रस्तावप्रति विशेष दूत दफाले आभार व्यक्त गरेका थिए ।...
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी : अध्यक्ष नेपाल
राजनीति, समाचार

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी रहेको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने काममा आफूहरू लागिरहेको बताए । आफ्नो अडान र विचारमा आत्मविश्वासी भएर अघि बढ्न जरुरी रहेको भन्दै उनले विचार, दृष्टिकोण मिल्नेहरूसँग हातेमालो गर्न मोर्चा बनाएर जानुपर्ने बताए । उनले सम्भव भए पार्टी एकता गरेर जानुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीको विचार र सिद्धान्तबाट विचलित नभईकन सबै खालका विकृति, विसङ्गतिसँग जुधेर इमानदार कम्युनिस्टको रूपमा अघि बढ्न जरुरी रहेको बताए ।...