Saturday, August 15

राजनीति

भारतले पाकिस्तानका ८ वटा सैन्य र हवाइ संरचनामा हमला गरेको दाबी
राजनीति, विश्व, समाचार

भारतले पाकिस्तानका ८ वटा सैन्य र हवाइ संरचनामा हमला गरेको दाबी

नेपालअखबार, काठमाडौं ।भारत-पाकिस्तानबीच दिनमा पनि आक्रमण-प्रत्याक्रमण सुरू भएको छ। बिहीबार राति दुई देशबीच ठूलो परिमाणमा मिसाइल र ड्रोन आक्रमण भए पनि शुक्रबार दिनभरि भारत-पाकिस्तानी भूभागहरू शान्त थिए। शुक्रबार रातिदेखि फेरि सुरू भएको आक्रमण शनिबार दिउँसो पनि जारी छ। भारतका विभिन्न भूभागहरुमा शनिबार दिउँसो विस्फोट भएको आवाज सुनिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। भारतका लुधियाना, फरिदकोट, राजस्थानका  जोधपुर, जइसाल्मर श्रीगंगानगर, पोखरन, बार्मर लगायतका जिल्लाहरूमा रेड अलर्ट जारी गरिएका छन्। बर्नालामा राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म ब्ल्याकआउट घोषणा गरिएको छ। जम्मू-कश्मिरका संवेदनशील क्षेत्रका वस्तीहरू खाली गरिँदैछ। भारतले शुक्रबार रातिदेखि पाकिस्तानका ८ वटा सैन्य र हवाइ अड्डालाई लक्ष्य गरेर आक्रमण गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। पाकिस्तानले भारतीय सैन्य र ...
अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता : मन्त्री गुरुङ
राजनीति, समाचार

अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता : मन्त्री गुरुङ

नेपालअखबार, काठमाडौँ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रुपमा प्रश्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताएका छन् ।  नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले अनलाइनको माध्यमबाट अफवाह फैलाइरहेको भन्दै धार्मिक, राजनीतिक र राज्य शक्तिमाथि अराजक किसिमबाट सामाजिक सञ्जालको प्रयोग हुने गरेको बताए । यसले प्रेसलाई बदनाम गर्ने काम गरिरहेको उल्लेख समेत गरे । प्रेस स्वतन्त्रता बलियो भएमात्रै प्रजातन्त्र बलियो हुने उनले बताए ।  मन्त्री गुरुङले जलवायु परिवर्तनको असर बढ्दै गएको भन्दै समयमै सचेत हुनुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रेस जगतले जलवायु परिवर्तनबाट उत्पन्न समस्या र यसले विका...
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी

नेपालअखबार, बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् । उनले राजनीतिक दलहरु सच्चिएर जनताकहाँ पुग्नुपर्ने उल्लेख गर्दै नेपालमा गणतन्त्र निर्विकल्प भएको बताए । ‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष  केसीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध हुन आवश्यक रहेको बताए । उनले नेपालका पार्टीका आ–आफ्नै विचार तथा सिद्धान्त भए पनि राष्ट्रियता नै जोखिममा पर्दा एकजुट हुन आवश्यक रहेको बताए । “सबै मिलेर पञ्चायत फालियो, राजतन्त्र फालियो, अहिले गणतन्त्रका विषयमा राजावादीले भ्रम सृजना गरे, एकपटक लोकतन्त्र र गणतन्त्रका लागि सबै राजनीतिक दल एकजुट बनौँ”, अध्यक्ष केसीले भने, “राजावादीको तीनकुने आन...
शीतलनिवासमा राष्ट्रपति-प्रचण्ड भेट
राजनीति, समाचार

शीतलनिवासमा राष्ट्रपति-प्रचण्ड भेट

नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ । राष्ट्रपतिलाई भेट्न प्रचण्ड राष्ट्रपतिनिवास शीतलनिवास पुगेका थिए ।भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
न्यायमा नागरिकको सहज पहुँच आजको आवश्यकता हो : राष्ट्रपति
राजनीति, समाचार

न्यायमा नागरिकको सहज पहुँच आजको आवश्यकता हो : राष्ट्रपति

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आमनागरिकको सहज पहुँच पुग्नुपर्ने बताएका छन् । छिटोछरितो न्याय सम्पादनमा पनि उनको जोड रहेको छ । कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले शुक्रबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ‘नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरूप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्नुपर्छ,’ उनले भने, ‘मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादनमा जोड दिइनुपर्छ ।’ उनले विधिको शासन कायम गर्न तथा न्यायिक मूल्य–मान्यतामा क्षयीकरण हुन नदिन न्यायालयको जनआस्था बढाउनु पर्ने बताएका छन् । कानुन दिवसमा शुभकामना दिँदै राष्ट्रपतिले भने, ‘विधिको शासन कायम तथा न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालि...
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल २८ गते पनि जारी रहने
राजनीति, समाचार

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल २८ गते पनि जारी रहने

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने भएको छ । २२ गतेबाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने सभामुख देवराज घिमिरेले जानकारी दिए । नीति तथा कार्यक्तममाथिको छलफल २२, २३, २४, २५ र २६ गते भइसकेको छ । नीति तथा कार्यक्रम पेस हुँदाका दिन सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक सार्वजनिक बिदाका दिनबाहेक निरन्तर बस्ने र २८ गते पारित गर्ने कार्यतालिका सार्वजनिक गरेका थिए । उनको भनाइ अनुसार आइतबार छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको सरकारका तर्फबाट जवाफ दिने कार्यक्रम पनि हुनेछ । केही सांसदहरूले छलफलमा भाग लिने र त्यसपछि सरकारका तर्फबाट जवाफ दिएर पास गर्ने कार्यक्रम आइतबार हुनेछ । प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।...
नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  नेपालको मुटुमा समस्या,एन्जिओप्लास्टी गरियो
राजनीति, समाचार, स्वास्थ्य

नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालको मुटुमा समस्या,एन्जिओप्लास्टी गरियो

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको एन्जिओप्लास्टी गरिएको छ । बिहीबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिएको हो । ‘उहाँको मुटुको एक नसा साँधुरो थियो । उक्त नसा खोलिएको छ,’ उपचारमा समलग्न चिकित्सकले  भने, ‘हिजो (बिहीबार) एन्जिओप्लास्टी गरिएको हो ।’ एन्जियोप्लास्टी भनेको रक्त नली (खासगरी मुटुको रक्त नली) मा भएको अवरोध हटाउने चिकित्सा प्रक्रिया हो । कहिलेकाहीँ रक्त नलीमा बोसो वा अन्य पदार्थ जम्मा भएर साँघुरो हुन्छ, जसले रक्त प्रवाहमा समस्या ल्याउँछ । यो समस्यालाई हल गर्न एन्जियोप्लास्टी गरिन्छ । ती चिकित्सकका अनुसार नेपालको मुटुको समस्या पहिल्लादेखि नै थियो । ‘उहाँको मुटुको नसामा पहिल्यै देखि समस्या थियो । अप्रेसनको योजनाबद्ध रूपमा गरिएको हो,’ त...
व्यावसायिक विमानलाई पाकिस्तानी रक्षामन्त्रीको सुझाव– पाकिस्तानको आकाश प्रयोग नगर्नू
राजनीति, विश्व, समाचार

व्यावसायिक विमानलाई पाकिस्तानी रक्षामन्त्रीको सुझाव– पाकिस्तानको आकाश प्रयोग नगर्नू

नेपालअखबार,इस्लामावाद । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले व्यावसायिक विमानहरूलाई पाकिस्तानको आकाश प्रयोग नगर्न सुझाव दिएका छन् । भारत र पाकिस्तानबिच तनाव बढिरहेको समयमा पाकिस्तानी रक्षामन्त्री आसिफले व्यावसायिक विमानलाई पाकिस्तानको हवाई क्षेत्र प्रयोग नगर्न सुझाव दिएका हुन् । उनले त्यस्ता विमान कुनै पनि क्षेप्यास्त्र वा कुनै प्रकारको हवाई हमलाको चपेटामा पर्न सक्ने भन्दै सावधान हुन सचेत गराएका हुन् । भारत र पाकिस्तानबिच केही दिन यता बढ्दै गएको तनावका कारण कैयौँ अन्तर्राष्ट्रिय एयरलाइन्सले पाकिस्तानी हवाई क्षेत्र हुँदै आफ्ना उडान केही दिनका लागि रोकेको घोषणा गरिसकेका छन् ।...
मिश्रमाथि अर्को कसुरमा पनि अनुसन्धान
राजनीति, समाचार

मिश्रमाथि अर्को कसुरमा पनि अनुसन्धान

नेपालअखबार,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि सरकारी वकिल कार्यालय काठमाडौंले अर्को कसुरमा पनि थप अनुसन्धान गर्न म्याद माग गरेको छ। बिहीबार मिश्रसहित २५ जनाविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालतमामा उपस्थित गराएको हो। उनीहरूमाथि राज्यविरूद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको थियो। यी कसुरमा मिश्रको बयानसमेत भइसकेको थियो। यसैबीच सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबार मिश्रमाथि आपराधिक उपद्रवको कसुरमा पनि अनुसन्धान गर्न म्याद माग गरेको हो। ‘आज उहाँहरूले अर्को एउटा कसुर थपेर ल्याउनुभएको थियो। आपराधिक उपद्रव कसुरमा अनुसन्धान गर्न भन्नुभएको छ,’ मिश्रका वकिल एवं वरिष्ठ अधिवक्ता राजु बस्नेतले जानकारी दिए। यसरी अर्कोमा पनि अनुसन्धान गर्न कसुर लगाएपछि मिश्रले पनि आफ्नो ध...
आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुन्छ : उद्योग मन्त्री
राजनीति, समाचार

आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुन्छ : उद्योग मन्त्री

नेपालअखबार,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुने बताएका छन् । बिहीवार काठमाडौँमा १० औँ नेपाल इन्टरनेशनल ट्रेड फेयरको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार बजेटको सम्मुखमा रहेको बताउँदै लगानीको क्षेत्रलाई प्राथमिकीकरण गरेर लगानी गर्ने किसिमको बजेट आउने दाबी गरे । उनले विगतका कमी कमजोरी सुधार गरेर आर्थिक अनुशासन कायम गरी ठोस बजेट ल्याउने बताए । नेपालको उद्योग व्यापार बिस्तारको लागि औद्योगिक पूर्वाधार, विशेष आर्थिक क्षेत्र प्राधिकरणसहित लगायतका क्षेत्रलाई अब नयाँ मोडालिटीका साथमा हामी अघि बढ्न खोजिरहेको बताए । मन्त्री भण्डारीले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले दिएका सुझावलाई ध्यानमा राखेर रुग्ण उद्योगहरुको डिडिए पूरा गर्ने उल्लेख गर्दै रुग्ण उद्योगहरुको डिडिए साउन १५ भित्र पूरा गरेर नयाँ मोडालिटीका साथ अ...