Saturday, August 15

राजनीति

निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
अर्थ, राजनीति, समाचार

निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल

नेपालअखबार,काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्दै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर सुधारका काममा लागिरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सद्वारा आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व नीति तथा कार्यक्रम, आर्थिक विधेयक र बजेट तर्जुमाका लागि प्रस्तुत सुझाव ग्रहण गर्दै सोमबार उनले अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको महत्त्व राम्रोसँग बुझेकै कारण सरकारले अधिकतम सहजीकरण गरिरहेको उल्लेख गरे । अर्थमन्त्री पौडेलले भन्नुभयो,“वर्तमान सरकार गठन भए लगत्तै निजी क्षेत्रले लामो समयदेखि भनिरहेका समस्या अन्त्य गर्न कानुन संशोधनलगायतका महत्त्वपूर्ण प्रयास भएका छन् । त्यसलाई कार्यान्वयन गर्न आवश्यक निर्णय लिएर अघि बढिरहेका छौँ । आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदनलाई सरकारले आत्मसात् गर्नेछ ।” आम उपभोक्ताको आम्दान...
बंगलादेशले गर्‍यो पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी पार्टीलाई प्रतिबन्ध
राजनीति, विश्व, समाचार

बंगलादेशले गर्‍यो पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी पार्टीलाई प्रतिबन्ध

नेपालअखबार,काठमाडौँ ।  बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाएको छ। बंगलादेशको अन्तरिम सरकारले आतंकवादविरूद्धको ऐनअनुसार अवामी लिगलाई कुनै पनि प्रकारको गतिविधि गर्न रोक लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। शनिबार सरकारले जारी गरेको वक्तव्यअनुसार उक्त पार्टी र नेतृत्व विविरूद्धको मुद्दाको छिनोफानो नहुञ्जेलसम्मका प्रतिबन्ध फुकुवा हुने छैन। गत वर्ष बंगलादेशमा भएको विद्यार्थी आन्दोलनमा कयौं प्रदर्शनकारी मारिएको घटनाको मुद्दा अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (इन्टरनेसनल क्रिमिनल ट्राइब्युनल) मा विचाराधीन छ। यसअघि अवामी लिगको भ्रातृ संगठन बंगलादेश छत्र लिगलाई पनि गत अक्टोबरमा ‘आतंकवादी संगठन’ भनेर प्रतिबन्ध लगाएको थियो। विद्यार्थी आन्दोलनमा छत्र लिगले विद्यार्थीहरूमाथि हिंसात्मक आक्रमण गरेको आरोप लगाएको थियो। पछिल्लो समय बं...
आज भारत र पाकिस्तानबीच वार्ता हुँदै
राजनीति, विश्व, समाचार

आज भारत र पाकिस्तानबीच वार्ता हुँदै

नेपालअखबार,काठमाडौँ ।युद्धविरामको दुई दिनपछि भारत-पाकिस्तानबीच वार्ता हुन लागेको छ। सोमबार दिउँसो भारत र पाकिस्तानका वरिष्ठ अधिकारीहरुबीच वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार भारतीको सैन्य अपरेशनका महानिर्देशक (डिजिएमओ) लेफ्टिनेन्ट जनरल राजीव घाइ र  पाकिस्तानको सन्य अपरेशनका महानिर्देशक मेजर जनरल काशिफ चौधरीबीची सोमबार दिउँसो वार्ता हुने तय भएको हो। उनीहरूबीच सोमबार दिउँसो १२ बजे हटलाइनमार्फत वार्ता हुने बताइएको छ। वार्तामा तेस्रो पक्षको मध्यस्थता अस्वीकार्य हुने भारतले यसअघि नै बताइसकेको छ। सो अनुसार दुई डिजिएमओबीच सिधा वार्ता हुने हिन्दुस्तान टाइम्सले जनाएको छ। वार्तामा युद्धविरामलाई सुदृढ बनाउने र सीमानामा शान्ति कायम गर्न आधार तयार गर्ने विषयमा छलफल हुने बताइएको छ। डिजिएमओमा मात्रै सिमित हुने वार्तामा कश्मिर तथा सिन्धु जल ...
अमेरिका–इजरायलको सहायता वितरण योजना गाजावासीद्वारा अस्वीकार
राजनीति, विश्व, समाचार

अमेरिका–इजरायलको सहायता वितरण योजना गाजावासीद्वारा अस्वीकार

नेपालअखबार,काठमाडौँ । गाजापट्टीमा मानवीय सहायता वितरण गर्न संयुक्त राज्य अमेरिका–इजरायलको संयुक्त पहललाई गाजावासीहरूले अस्वीकार गरेका छन् । यो योजनाले आफूहरूको मर्यादालाई कमजोर पारेको र अन्तर्राष्ट्रिय राहत च्यानलहरू स्थापना गरेको उनीहरुको भनाइ छ । महिनौंदेखिको द्वन्द्वबाट विस्थापित प्यालेस्टिनीहरूले यस प्रयासप्रति गहिरो अविश्वास व्यक्त गरेका छन् । बढ्दो मानवीय संकटको बीचमा वाशिंगटन र तेल अभिभले सहायता वितरणलाई राजनीतिकरण गरेको आरोप लगाएका छन् । घेराबन्दी सहेका र हार मान्न अस्वीकार गरेका मानिसहरूले यो दृष्टिकोणलाई निश्चित रूपमा स्वीकार नगर्ने उनीहरुको भनाइ छ ।  युद्धको समयमा १७ महिनासम्म दृढ रहनेहरूले इजरायली पक्षले विचार गरिरहेको दृष्टिकोणलाई स्वीकार गर्ने छैनन् । जनताले उनीहरूले बनाएको कुनै पनि योजनालाई विफल पार्ने उनीहरुको भनाइ छ ।...
नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित
राजनीति, समाचार

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

नेपालअखबार,काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । त्यसपछि सभामुखले नीति तथा कार्यक्रममाथि विभिन्न सांसद्ले पेश गरेका संशोधन प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । ती सबै अस्वीकृत भएपछि अन्तिममा सभामुख देवराज घिमिरले सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव ध्वनी मतको आधारमा बहुमतले पारित भएको हो । आइतबारकै बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तुत गरेका छन् । आगामी ३० वैशाखमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुन...
प्रत्यक्ष वार्ताका लागि पुटिनले गरेको प्रस्तावको जेलेन्स्कीले गरे स्वागत
राजनीति, विश्व, समाचार

प्रत्यक्ष वार्ताका लागि पुटिनले गरेको प्रस्तावको जेलेन्स्कीले गरे स्वागत

नेपालअखबार,काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रत्यक्ष वार्ताको लागि गरेको प्रस्तावको स्वागत गरेका छन्। यसअघि पुटिनले रूस-युक्रेनबीच दीगो शान्ति स्थापना र युद्धको समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। उनले चार दिनपछि बिहीबार टर्कीको इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। आइतबार सामाजिक संजाल एक्समा लेख्दै जेलेन्स्कीले सो प्रस्तावको स्वागत गरेका छन्। उनले पुटिनको प्रस्तावबारे प्रत्यक्ष रूपमा उल्लेख नगरे पनि ‘रूसीहरूले अन्ततः युद्ध समाप्त गर्नेबारे विचार गर्न सुरू गरेको कुरा एक सकारात्मक संकेत हो’ भनेका छन्। साथै उनले युद्धलाई साँच्चै समाप्त गर्ने हो भने युद्धविराम हुनुपर्ने पनि बताए। बेलायत, फ्रान्स, जर्मनी र पोल्याण्डका सरकार प्रमुखहरूले शुक्रबार किभमा जेलेन्स्कीसँग भेटेपछि ३० दिने युद्धविरामको प्र...
संविधान संशोधनमा अधिकतम सहमति खोजिनेछ : प्रधानमन्त्री
राजनीति, समाचार

संविधान संशोधनमा अधिकतम सहमति खोजिनेछ : प्रधानमन्त्री

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने बताएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार संविधान संशोधन गरिने बताए । संविधान संशोधनका लागि अधिकतम सहमति खोज्ने उनको भनाइ छ । उनले सरकारमा रहेका व्यक्तिहरूको इच्छाले नभई सबैको इच्छा बुझेर सहमति खोजेर संविधानको संशोधन गर्ने स्पष्ट पारे । उनले स्थिरता, सुशासनका साथै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउने गरेर सरकारको कार्यक्रम आएको बताए । प्रधानमन्त्री ओलीले जनताले फालेको राजसंस्थाका नाममा हुने हिंसात्मक गतिविधि स्वीकार्य नहुने भन्दै यसलाई कानुन अनुसार नियन्त्रण गर्ने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले संविधानले समाजवादोन्मुख व्यवस्था गर...
जम्मू-कश्मिरमा युद्धविरामपछि पनि उच्च सतर्कता
राजनीति, विश्व, समाचार

जम्मू-कश्मिरमा युद्धविरामपछि पनि उच्च सतर्कता

नेपालअखबार,काठमाडौँ । भारत-पाकिस्तानबीच युद्धविराम भए पनि भारत प्रशासित जम्मू-कश्मिर क्षेत्रमा अझै उच्च सतर्कता अपनाइएको बताइएको छ। चार दिनमा उत्कर्षमा पुगेको भारत-पाकिस्तान तनाव शनिबार साँझ ५ बजेदेखि अकास्मात् युद्धविराम भएपछि रोकिएको थियो। यद्यपि जम्मू-काश्मिरको भारत-पाकिस्तान सीमा क्षेत्रमा अझै पनि उच्च सतर्कता अपनाइएको भारतीय अनलाइन हिन्दुस्तान टाइम्सले जनाएको छ। त्यहाँ सीमा सुरक्षा बललाई उच्च सतर्कता र तयारी अववस्थामा राखिएको भनिएको छ। सीमा क्षेत्रबाट 'आतंकवादी समूह' जैश-ए-मोहम्मदका 'आतंककारी' घुसपैठ गर्ने सक्ने जोखिमलाई मध्यनजर गरेर ती क्षेत्रहरूमा उच्च सचतर्कता अपनाइएको हिन्दुस्तान टाइम्सले जनाएको छ। शनिबार युद्धविराम भए पनि पाकिस्तानले जम्मू-कश्मिरको श्रीनगर लगायतका क्षेत्रहरूका हवाइ आक्रमण गरेको रिपोर्टहरू सार्वजनिक भएका थिए। राति नै आकाशमा पाकिस्तानी ड्रोनहरू देखिए...
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्ने
राजनीति, समाचार

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्ने

नेपालअखबार, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बिहान ११ बजेको लागि बोलाइएको बैठकमा सरकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रम  निर्णयार्थ पेस हुने भएको छ । राष्ट्रपतिले वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रमलाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । . आजैको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन...
भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका छन् । ट्रम्को दाबी अनुसार, अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको बताएका छन् । ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ,’ ट्रम्पले भनेका छन् ।...