Saturday, August 15

राजनीति

नेकपा एसको  ‘समाजवादी अभियान’ सुरु
राजनीति, समाचार

नेकपा एसको ‘समाजवादी अभियान’ सुरु

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ । आगामी वैशाख २२ गतेसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रका सङ्घ,सङ्गठन तथा व्यक्तिहरुसँग वडा, गाउँ, प्रदेश र केन्द्रस्तरमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए । अभियानका क्रममा शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारलगायत क्षेत्रमा विज्ञबाट सुझाव सङकलन गरिने छ । जनताका विकासका चाहना पूरा नभएका बेला  उनीहरूका असन्तुष्टि सम्बोधन गर्न तथा देशको वर्तमान अवस्थाबारे उनीहरुलाई अवगत गराउन अभियान उपयोगी हुने विश्वास उनले व्यक्त गरे ।...
देश लुट्ने इतिहास बोकेकाहरूको हातमा जान नहुने : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

देश लुट्ने इतिहास बोकेकाहरूको हातमा जान नहुने : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा देश पुगे बर्बाद हुने बताएका छन् । समाजवादी मोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश जान नहुने बताए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नेपालले वंशको आधारमा देश चलाउँछु भन्नेहरूले देशलाई लुट्न मात्रै जानेको बताए । ‘अब यो वंशको शासनको कुरा छाडिदिनुस् । तिनीहरूले न त्याग, तपस्या र बलिदान गरेका छन् । देशलाई लुट्न मात्रै जानेका छन् । लुट्ने इतिहास बोकेकाहरूको हातमा देशलाई लगेर बर्बाद पार्ने होइन,’ उनले भने । जनतामा असन्तुष्टि बढेको र पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कने क्रममा त्यो सकडमा प्रकट भएको भन्ने प्रश्नको जवाफमा उनले व्यवस्था बदलिनु पर्ने तर पुरानोतिर फर्कने...
एमालेले बोलायो सचिवालय बैठक
राजनीति, समाचार

एमालेले बोलायो सचिवालय बैठक

नेपालअखबार,काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार ४ चैत दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको हो । ‘छलफलको एजेण्डा टुंगिन बाँकी छ, समसामयिक विषयहरु नै हुन्छन् होला’, उनले भने ।
एकीकृत समाजवादीको आन्दोलन कार्यक्रम गर्ने
राजनीति, विचार, समाचार

एकीकृत समाजवादीको आन्दोलन कार्यक्रम गर्ने

नेपालअखबार,काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । ‘रोजगारी र सुशासनका लागि’ भन्दै शुक्रवार पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।पार्टीका महासचिव तथा केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भुसालले आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न थालिएको बताए । आन्दोलन बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी पनि भएको उनको भनाइ छ । यस्तै आन्दोलन राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरूका बिच सहकार्य र एकताको अभियान पनि भएको उनको भनाइ छ । जसअनुसार आन्दोलनको पहिलो चरणमा चैत्र २–६ सम्म मातहत कमिटीहरूमा छलफल, चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरूसँग संवाद तथा सुझाव सङ्कलन, चैत्र २० गते सरका...
नेकपा (एकीकृत समाजवादी) को वृह्त पत्रकार सम्मेलन तथा कार्यकर्ता भेला आज
राजनीति, समाचार

नेकपा (एकीकृत समाजवादी) को वृह्त पत्रकार सम्मेलन तथा कार्यकर्ता भेला आज

नेपालअखबार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आज वृहत पत्रकार सम्मेलन तथा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गर्दैछ। पार्टी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने पत्रकार सम्मेलनमा हजारौँ नेता कार्यकर्ताहरूको सहभागिता रहने केन्द्रीय आन्दोलन संयोजन कमिटीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो। बबरमहलको कार्की ब्याङ्क्वेटमा आयोजना गरेको कार्यक्रममा पार्टीका जनसंगठन, काठमाडौँ, भक्तपुर र ललितपुरलगायतका नेताहरुको उपस्थिति रहनेछ। उक्त पत्रकार सम्मेलन तथा कार्यकर्ता भेलामा उपस्थित हुन नेता कार्यकर्ताहरूलाई पार्टीले अपिलसमेत गरेको छ।...
हाम्रा मौलिक परम्परा र संस्कृति बहुमूल्य सम्पत्ति हुन, संरक्षण गर्न आवश्यक छः अध्यक्ष नेपाल
राजनीति, समाचार

हाम्रा मौलिक परम्परा र संस्कृति बहुमूल्य सम्पत्ति हुन, संरक्षण गर्न आवश्यक छः अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सामाजिक न्याय, समानतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने बताएका छन् । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले मुलुकमा जनताको सार्वभौम अधिकारको रक्षा गरी उनीहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा जोड दिए । बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा  विभिन्न समुदायका रीति, परम्परा र संस्कृति हाम्रा मौलिक पहिचान र बहुमूल्य सम्पत्ति भएको बताउँदै अध्यक्ष नेपालले सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्न आवश्यक रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् । बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा  विभिन्न...
होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छः सभापति देउवा
राजनीति, समाचार

होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छः सभापति देउवा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व (होली) मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको उल्लेख गरेका छन्। फागु पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वमा खेलिने विविध रङहरू जस्तै विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको बताएका छन्। नेपालको हिमाल, पहाड र तराईका जिल्लामा हर्षोल्लासका साथ एक अर्कालाई रङ लगाई खुसियाली साटासाट गर्दै खेलिने फागु पर्वका अवसरमा उनले सम्पूर्णमा  शुभकामना व्यक्त गरेका छन्। 'फागु पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ । यस अवसरमा मेरो र पार्टीको तर्फबाट हार्दिक शुभकामना छ,' सन्द...
मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्

नेपालअखबार,काठमाडौँ । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।बुधबार सिंहदरबारमा फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेस गर्न बाबुराम रेग्मीको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको जानकारी दिए । आयोगको सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराई रहेका छन् । बैठकले जग्गा प्रशासन निर्देशिका, २०५८ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गरेको छ भने आर्थिक वर्ष २०८१/०८२ को बाँकी अवधिका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालन उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, काठमाडौँका लागि अधिकृतस्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठक...
एमाले र कांग्रेस परित्यागरी ४५ नेताकार्यकर्ता एकीकृत समाजवादीमा
राजनीति, समाचार

एमाले र कांग्रेस परित्यागरी ४५ नेताकार्यकर्ता एकीकृत समाजवादीमा

नेपालअखबार,कालिकोट।   नेकपा (एमाले) र कांग्रेस परित्यागरी ४५ जना स्थानीय नेता कार्यकर्ताहरू एकीकृत समाजवादीमा समाहित हुनुभएको छ। मंगलबार नेकपा (एकीकृत समाजवादी) नरहरिनाथ गाउँपालिका कमिटी कालिकोटको अधिवेशनका अवसरमा उहाँहरू एकीकृत समाजवादीमा समाहित हुनुभएको हो। उहाँहरूलाई कर्णाली प्रदेश कमिटी सचिव धीरबहादुर बिष्ट, कर्णाली प्रदेश कमिटी किशोर रावल र गोरख सार्कीले पार्टीमा स्वागत गर्नुभएको छ। पालिकाको वडा नम्बर २, ९, ८ र ५ बाट एमाले र कांग्रेस परित्याग गरेर एकीकृत समाजवादी रोज्नुभएको हो। अधिवेशनले कर्णबहादुर बुढाको नेतृत्वमा ४१ सदस्सीय गाउँपालिका कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा कुलबहादुर बटाला, काली बहादुर बिष्ट, सचिवमा मानपुरा बिकलाई चयन गरिएको छ। त्यस्तै उपसचिवमा दानबहादुर बुढालाई चयन गरिएको छ।...
माओवादीले आपत्ति जनाएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
राजनीति, समाचार

माओवादीले आपत्ति जनाएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

नेपालअखबार,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बैठकमा सरकारका प्रतिनिधि नभएको भन्दै आपत्ति जनाएपछि प्रतिनिधिसभाको बैठक सुरु नहुँदै स्थगित भएको छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सभामुख देवराज घिमिरेले बैठक सुरु भयो भन्ने वित्तिकै सरकारका प्रतिनिधि बैठकमा उपस्थित नभएको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले नियमावलीमा भएको व्यवस्थाअनुरुप सरकारको प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्ने भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले सदनलाई हेपिरहेको बताए । उनले भने, ‘सरकारले सदनलाई हेपिरहेको छ । जनप्रतिनिधिहरूको संस्थालाई हेपिरहेको छ । समिति र उपसमितिका बैठकमा विपक्षीहरू उपस्थित भएपनि सरकारका प्रतिनिधि उपस्थित भएका थिएनन् । आज त सदनमै सरकारका प्रतिनिधि देखिएनन् ।’ उनले सरकारका प्रतिनिधि नभई नियमावलीमा ...