कुरानले पनि अन्य धर्मग्रन्थझैँ समाज, मानव जातिको मुक्ति, सुख र समृद्धिको बाटो देखाउने : सभामुख घिमिरे
नेपालअखबार,काठमाडौं । सभामुख देवराज घिमिरेले कुरान वाचन प्रतियोगिताले शिक्षाको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
सोमवार काठमाडौंमा एक कार्यक्रमबीच दोस्रो कुरान वाचन प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।
उनले कुरान वाचन प्रतियोगिता आफैँमा रचनात्मक काम रहेको भन्दै कुरानले पनि अन्य धर्मग्रन्थझैँ समाज, मानव जातिको मुक्ति, सुख र समृद्धिको बाटो देखाउने उल्लेख गरे। उनले कुरानको अध्ययनबाट समाजलाई सही दिशामा लैजानसक्ने प्रेरणा मिल्ने बताए।
कार्यक्रममा बोल्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले दोस्रो कुरान वाचन प्रतियोगिता सम्पन्न भएको बताए। उनले कुरान वाचन प्रतियोगितामा प्रथम हुनेले ४ लाख रुपैयाँ पुरस्कार पाएको बताए। कुरान वाचन प्रतियोगिताले शिक्षालाई महत्वपूर्ण योगदान दिने बताए
दोस्रो कु...










