Monday, August 17

राजनीति

बीआरआईबारे कार्यदलले गर्‍यो प्रधानमन्त्री ओलीलाई ब्रिफिङ
राजनीति, समाचार

बीआरआईबारे कार्यदलले गर्‍यो प्रधानमन्त्री ओलीलाई ब्रिफिङ

नेपालअखबार,काठमाडौँ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बीआरआईका विषयमा देखिएको मतभेद सुल्झाउँदै साझा धारणा तय गर्न बनाइएको कार्यदलले गरेको सहमति बारेमा आज प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई ब्रिफिङ गरेको छ । कार्यदलले प्रधामन्त्री ओलीलाई उनको निवास बालुवाटरमा भेटेर ब्रिफिङ गरेको हो । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र सेमन्त दाहाल तथा एमालेको तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा छन् । बीआरआई परियोजना ऋणबाट होइन, अनुदानबाट लिने सहमति कार्यदलले गरेको छ । यो कार्यदलले सहकार्यको फ्रेमवर्क भनेर प्रस्ताव तयार गरेको छ । उता चीनले कार्यान्वयनको योजना भनेर प्रस्ताव गरेको थियो । कार्यदलले नेपाललाई तत्काल आवश्यक पर्ने परियोजनालाई मात्र यो फ्रेमवर्कभित्र राखेर लागु गर्ने सहमति गरेको छ ।...
राजनीतिलाई सही दिशामा लैजान आवश्यक : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

राजनीतिलाई सही दिशामा लैजान आवश्यक : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिलाई सही दिशामा लैजान आवश्यक रहेको बताएका छन् । शनिवार काठमाडौँमा मोहनविक्रम सिंहको पुस्तक कामरेड जलजलाको विमोचन समारोहमा बोल्दै अध्यक्ष नेपालले राजनीतिलाई सही दिशामा लैजानको निम्ति कम्युनिस्ट आन्दोलनलाई बचाइराख्नुपर्ने बताएका हुन् । उनले भने, ‘कसरी यो देशको राजनीतिलाई सही दिशामा लिएर जाने ? यसको निम्ति कसरी कम्युनिस्ट आन्दोलनको सुरुवात गर्ने आदरणीय हाम्रा अघिल्लो पुस्ताका नेताहरू, मोहनविक्रम सिंह जस्ता योद्धाहरू जसले सबै चुनौतीहरूको सामना गर्दै आउनुभएको छ । अनेकौँ उतारचढावहरू सामना गर्नुभयो । झन्डै झन्डै कम्युनिस्ट आन्दोलनहरू सिद्धिने हो की भन्नै अवस्था भयो । विघटनको अवस्थामा पुग्ने हो की समर्पणको दिशामा जाने हो की भन्ने थियो । आँट गरेपछि पार नलाग्ने केही पनि छैन । सकारात्मक सोचका सा...
नवीन सिग्देल नेपाली काँग्रेस कास्कीको प्रवक्तामा मनोनीत
राजनीति, समाचार

नवीन सिग्देल नेपाली काँग्रेस कास्कीको प्रवक्तामा मनोनीत

नेपालअखबार,कास्की। नेपाली काँग्रेस कास्कीको प्रवक्तामा पार्टीका सहसचिव नवीन सिग्देल मनोनीत भएका छन्। कास्कीका सभापति किशोरदत्त बरालले बिहीबार सिग्देललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेका हुन्। सिग्देलको नियुक्ति नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को धारा ६३ बमोजिम गरिएको हो। नियुक्तिसँगै सभापति बरालले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउन सिग्देलबाट रचनात्मक सहयोगको आशा र विश्वास व्यक्त गरेका छन्।सिग्देलले नेपाली काँग्रेस कास्कीको १४औं जिल्ला अधिवेशनबाट सहसचिव पदमा निर्वाचन जितेका थिए। उनले यसअघि १३औं अधिवेशनबाट जिल्ला सदस्यको रूपमा निर्वाचित भई ३ वर्षभन्दा बढी समय प्रवक्ताको भूमिका पनि निर्वाह गरेका थिए। विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा थालेका सिग्देल नेपाल विद्यार्थी संघ कास्कीका पूर्व सभापति र नेपाल प्रेस युनियन, कास्कीका निवर्तमान अध्यक...
नेपाल र चीनबिच जनस्तरमा सम्बन्ध बनाउन परराष्ट्रमन्त्री आरजुको निर्देशन
राजनीति, समाचार

नेपाल र चीनबिच जनस्तरमा सम्बन्ध बनाउन परराष्ट्रमन्त्री आरजुको निर्देशन

नेपालअखबार,काठमाडौँ  । चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्नुअघि त्यहाँस्थित महावाणिज्य दूतावासका अधिकारीहरूसँग छलफल गरेकी छन् । चीनको छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासमा आज उनले छलफल गरेकी छिन् । नेपाल–चीन बिच द्विपक्षीय सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा दुवै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ को पृष्ठभूमिमा नेपाल पर्यटनलाई प्रवद्र्धनका लागि दुई देशका जनता बिचको सम्बन्धलाई थप सुदृढ बनाउन त्यहाँका कर्मचारीलाई उनले निर्देशन दिइन् । चिनियाँ बजारमा चिया, कफी, औषधी र सुगन्धित जडीबुटी जस्ता नेपाली उत्पादनको प्रवर्द्धन तथा छेन्दुमा रहेका सम्भावित नेपाली खानेकुराको पहिचान गर्न पनि उनले कर्मचारीहरूलाई निर्देशन दिइन् । मङ्सिर १७ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको चीन भ्रमणको तयारीको लागि परराष्ट्रमन्त...
प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक
राजनीति, समाचार

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिका सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार प्रधानमन्त्री ओली मंसिर १७ देखि २० गतेसम्म औपचारिक भ्रमणका लागि चीनमा रहनेछन्। चिनियाँ प्रधामन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई मंसिर १७ देखि २१ गतेसम्मको तालिका राखेर भ्रमणको निम्तो पठाएका थिए। चीन भ्रमणका बेला प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग दुई पक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका बेला प्रधानमन्त्री ओलीले पेकिङ युनिभर्सिटीमा सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीको श्रीमती राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, सांसदहरू र उच...
स्थानीय तह उपनिर्वाचन: आज राति १२ बजेदेखि मौन अवधि
प्रशासन, राजनीति, समाचार

स्थानीय तह उपनिर्वाचन: आज राति १२ बजेदेखि मौन अवधि

नेपालअखबार,काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ। मतदानभन्दा ४८ घन्टा अगाडि मौन अवधि सुरू हुन्छ। यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाउँदैनन्। निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको छ। मंसिर १६ गते ३७ जिल्लाका ४४ स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन हुँदैछ। दुई जिल्ला समन्वय समिति प्रमुख, एक नगरपालिकाको प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, ३४ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो। ४४ रिक्त स्थानमा निर्वाचन भए पनि तीन पद भने निर्विरोध भइसकेको छ। ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति...
कांग्रेसको सयदिने अभियानः ‘सदस्यता घर–आँगन’ कार्यक्रम प्राथमिकतामा
राजनीति, समाचार

कांग्रेसको सयदिने अभियानः ‘सदस्यता घर–आँगन’ कार्यक्रम प्राथमिकतामा

नेपालअखबार,काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जिल्लामा ‘सयदिने अभियान’सुरु गरेको छ । अभियानअन्तर्गत जिल्ला समितिले ‘सदस्यता घर–आँगन’ कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । पार्टी सङ्गठन निर्माणमा बुधबारदेखि जिल्ला समितिद्वारा १३ वटै स्थानीय तहका एक सय ३५ वटै वडामा नेता– कार्यकर्ता खटेका हुन् । अभियानका क्रममा मृत्यु, राजीनामा, विदेश, पार्टी परित्यागका कारण रिक्त रहेको सभापतिबाहेकको पदमा केन्द्र र जिल्लाको परिपत्रअनुसार पदपूर्तिको व्यवस्था गरिने जनाइएको छ । पार्टी विधानबमोजिम तोकिएको सदस्यतासम्बन्धी काम गर्ने, गराउने र सदस्यता विशेष अभियानको रूपमा ‘सदस्यता घर आँगन’ अभियान  सञ्चालनलाई प्राथमिकता दिइएको जिल्ला समितिले जनाएको छ । यसैगरी पालिका–काठमाडौँ सम्पर्क समिति गठन नभएका स्थानीय तहमा उक्त समिति गठन पनि गरिने जनाइएको छ । अभियानकै क्रममा पार्टी र जनप्रतिनिधिको बीचमा स...
परराष्ट्रमन्त्री आरजु राणा चीन प्रस्थान
राजनीति, समाज

परराष्ट्रमन्त्री आरजु राणा चीन प्रस्थान

नेपालअखबार,काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्यान्ह त्यसतर्फ प्रस्थान गरेकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछि राणाको यो पहिलो चीन भ्रमण हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले उनलाई बिदाइ गरेका छन् । भ्रमणका क्रममा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु शहरमा हुनेछ । चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरुप उनी चीन गएकी हुन् । प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री डा राणा...
इजरायल र लेबनानबीच युद्धविराम सहमति, संयुक्त राष्ट्रसंघको स्वागत
राजनीति, विश्व, समाचार

इजरायल र लेबनानबीच युद्धविराम सहमति, संयुक्त राष्ट्रसंघको स्वागत

नेपालअखबार,काठमाडौं । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो । तर मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ । यससँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने विश्वास छ । सहमति अनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ । यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्ने छ । इजरायल र लेबनानबीच भएको युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्व्यन गर्न आह्वान गरेका छन् ।...
कांग्रेस शीर्ष नेता बीआरआईबारे छलफलमा जुटे
राजनीति, समाचार

कांग्रेस शीर्ष नेता बीआरआईबारे छलफलमा जुटे

नेपालअखबार,काठमाडौं । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)बारे निर्णय लिन नेपाली कांग्रेस छलफलमा जुटेको छ । पार्टी सभापति शेरबहादुर दउवाको निवासमा  आज कांग्रेसका शीर्ष नेताहरुले बीआरआईका बारेमा छलफल गरिरहेका छन् । बैठकमा सभापति देउवासहित पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, सिटौलालगायत सहभागी छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमको तयारीमा रहेका बेलामा बीआरआईले चर्चा पाएको छ । कांग्रेसले बीआरआईका नाममा ऋण लिन नहुने बताउँदै आएको छ । सतप्रतिशत अनुदान भए लिने नत्र लिन नहुने पक्षमा कांग्रेस छ । प्रधानमन्त्री ओलीले पनि सार्वजनिक कार्यक्रममा चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने बताइसकेका छन् ।...