Monday, August 17

राजनीति

औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य : मन्त्री भण्डारी
राजनीति, समाचार

औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य : मन्त्री भण्डारी

नेपालअखबार,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास र आधुनिकीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्स प्रविधि अपरिहार्य बनेको बताएका छन् । राष्ट्रिय युवासंघ नेपालद्वारा आयोजित इन्टरनेशनल आर्टिफिसियल इन्टेलिजेन्स एण्ड रोबोटिक्स कन्फरेन्समा बोल्दै उनले आर्टिफिसयल इन्टेलिजेन्स सम्बन्धी नीति तथा कानुन निर्माण गरी यसको विकास मार्फत औद्योगिक विकास र समृद्धिमा फड्को मार्ने गरी सरकार लागिपरेको बताएका हुन् । ‘यसका लागि नीतिगत र कानुनी संरचना निर्माण र पूर्वाधार विकासमा लागेका छौँ । डिजिटल पूर्वाधार विस्तार र सुदृढीकरण, औद्योगिक क्लस्टर र टेक्नोलोजी पार्क स्थापना, इन्टरनेट कनेक्टिभिटी र नेटवर्क विस्तार, डाटा सेन्टर र क्लाउड कम्प्युटिङ सेवा, एआई अनुसन्धान र विकास, क्षमता विकास, उद्योग–शिक्षा साझेदारी, अन्तर्राष्ट्रिय सहकार्य र ज्ञान हस्त...
भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री लेखक
प्रशासन, राजनीति, समाचार

भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री लेखक

नेपालअखबार,काठमाडौँ। गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अप्नाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारण/नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्न भ्रष्टाचारलाई पूर्णरुपमा निर्मूल गर्न कानुन र विधयेकहरू प्रस्तुत भएको धारणा राखे। ‘प्रस्तुत विधयेक चाँडो भन्दा चाँडो समितिबाट टुंगो लगाएर आउने अधिवेशनमा यो लाई पूर्णता दिने कुरामा समितिले काम गरिदेओस भन्ने सरकारका तर्फबाट आग्रह छ,’ गृहमन्त्री लेखकले भने, ‘यी विधयेक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानून बनाउनुपर्छ।’ उनले आउँदो अधिवेशनबाट पूर्णरूपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल...
तत्काल कसैसँग पार्टी एकता हुँदैन: अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

तत्काल कसैसँग पार्टी एकता हुँदैन: अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग पार्टी एकता नहुने दाबी गर्नुभएको छ। (एकीकृत समाजवादी) को गण्डकी प्रदेश कमिटीको १०औँ पूर्ण बैठकलाई पोखरामा सम्बोधन गर्दै उहाँले माओवादीसँग पार्टी एकता नहुने बताउनु भएको हो। यस्तै उहाँले एमालेसँग पनि पार्टी एकताको सम्भावना नरहेको जिकिर गर्नुभयो। अध्यक्ष नेपालले पार्टीमा देखिएका असन्तुष्टिलाई निराकरण गरिएको भन्दै पार्टी विभाजन हुने या कोही नेता कुनै पार्टीमा प्रवेश गर्ने कुरा पनि हल्ला मात्रै भएको दाबी गर्नुभयो। ‘हामी एमाले वा माओवादीसँग एकता गर्ने कुरा बाहिर आइरहेका सुन्छौँ। म प्रस्ट पार्न चाहन्छु, हामी न एमाले न माओवादी कसैसँग पनि एकता गर्दै छैनौँ र त्यस विषयमा कुराकानी पनि भएको छैन।’ उहाँले भन्नुभयो, ‘भएको कुरा एजेन्डा मिल्नेहरूसँग सहकार्यको कुरा हो। मोर्चा निर्माण गरेर अगाडि बढ्ने कुरा हो।’ केह...
सत्ताको लेनदेनसँग कुनै चासो छैन: अध्यक्ष नेपाल
राजनीति, समाचार

सत्ताको लेनदेनसँग कुनै चासो छैन: अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपालको मौसम र राजनीतिको भर नहुने टिप्पणी गर्नुभएको छ। सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मुलुकको विकसित राजनीतिक घटनाक्रमको बारेमा पूर्वानुमान गर्न नसक्ने बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘म अरू नेताजस्तो पहिल्यै बोल्दिनँ, बोल्दा बिग्रिन सक्छ। म बोल्ने कम तयारी गर्ने ज्यादा गर्छु, अरू केही भ्रममा नपर्नुस् दुई ठूला पार्टीले यो सरकार पुरा अवधि जान्छ भनेपछि बस्छ, हामीले टाउको फोडेर केही हुँदैन।’ उहाँले देशमा देखिएको समस्या समाधान गर्न सरकारले इमानदार भएर काम गरोस् भन्ने चाहेको बताउनुभयो। उहाँले अगाडि भन्नुभयो,‘हामीलाई सत्ताको लेनदेनसँग कुनै चासो छैन। हामीलाई मतलब छ राष्ट्र र जनताको हितको कुराको, भ्रष्टाचारीको उन्मुलन हामीले चाहेका हौँ। रोजगारी र उत्पादन क्षेत्रको विकास गर्ने कुरामा हामील...
प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासंघका सुझाव हस्तान्तरण
राजनीति, समाचार

प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासंघका सुझाव हस्तान्तरण

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासंघले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा ‘निजी क्षेत्रका साझा सवाल’ समेटेर ४० पृष्ठे अवधारणापत्र बुझाएको छ ।प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर एमालेको जनसंगठन समेत रहेको महासंघका संयोजक भगीरथ सापकोटासहितको प्रतिनिधिमण्डलले ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार ः सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ को लक्ष्य लिइएको सुझावपत्र बुझाएको हो । महासंघले गत भदौ ७ गते निजी क्षेत्रका समस्या र समाधानका विषयमा आयोजना गरेको छलफल कार्यक्रमबाट आएका निचोड र उद्योगी व्यवसायीले भोगिरहेका समस्या र समाधानका उपायलाई अवधारणापत्रमा समावेश गरेको छ । सुझावपत्रमा अहिले देशको अर्थतन्त्रका साथै उद्योगी व्यवसायीहरू जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यसलाई सुधार गर्न सरकारले...
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू सिफारिस
राजनीति, समाचार

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू सिफारिस

नेपालअखबार,काठमाडौं । न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ। परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो। परिषद्ले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौंको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको छ। जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन्। त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ।...
जापान चुनाव : सत्तारुढ दलले गुमायो बहुमत
राजनीति, विश्व, समाचार

जापान चुनाव : सत्तारुढ दलले गुमायो बहुमत

नेपालअखबार,काठमाडौं । जापानमा लामो समयदेखि सत्तामा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आम निर्वाचनमा बहुमत गुमाएको छ । निर्वाचन परिणामले विश्वको चौथो ठूलो अर्थव्यवस्था भएको जापानका लागि आगामी दिन कस्तो रहला भन्ने चासो व्यक्त भइरहेको छ । प्रधानमन्त्री इशिबा र उनको गठबन्धनले ४६५ सदस्यीय तल्लो सदनमा आवश्यक बहुमत गुमाएको जापानको सरकारी समाचार माध्यम एनएचकेले जनाएको छ । जापानको दुई सदनात्मक व्यवस्थामा तल्लो सदनलाई शक्तिशाली मानिन्छ । जापानको तल्लो सदनमा ४६५ सिट छ । बहुमतका लागि २३३ सिट आवश्यक थियो । तर, प्रधानमन्त्री शिगेरु इशिबाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र गठबन्धनका सहयोगी कोमितोले २०९ सिट मात्र जिते । यसअघि एलडीपी गठबन्धनसँग २७९ सिट थियो । एलडीपीका लागि यो नतिजा सन् २००९ पछिकै खराब हो । प्रधानमन्त्री इशिबाले निर्वाचन अघि नै निकै कठिन परिस्थितिको सामना गर्नु परे...
राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री जाने
राजनीति, समाचार

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री जाने

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाने भएका छन् । समितिको ४१ औँ बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल राखिएको छ । यसअघि विधेयकमाथिको छलफलका क्रममा अधिकांश सांसद र निजी क्षेत्र अख्तियार निजी क्षेत्रमा हुने भ्रष्टाचारमा प्रवेश गर्न नहुने पक्षमा उभिएका थिए ।...
गण्डकीको उपल्लो मुस्ताङमा प्रदेश प्रमुख
राजनीति, समाचार

गण्डकीको उपल्लो मुस्ताङमा प्रदेश प्रमुख

नेपालअखबार,पोखरा। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन भ्रमण गर्नुभएको छ । प्रदेश अन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङको कोरला नाकासम्म पुगी अवलोकन गर्नुभएको हो । प्रदेश प्रमुख भट्टले नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट यताका नेपालका भुुभाग निरीक्षण गर्नुभयो । त्यसअघि जोमसोममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले प्रदेश प्रमुख भट्टलाई कोरला नाका, त्यहाँ नेपाल तर्फका प्रगति विवरण तथा सडकको स्तरोन्नतिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले चीनतर्फ भव्य भवन लगायतका आधुनिक संरचना बनिसकेको जानकारी पनि गराउनुभयो । तिब्बततर्फ भन्सार लगायतका कार्यालयका लागि भव्य भवन र सहरी योजना बनाइसकेकाले नेपालतर्फ पनि आवश्यक संरचना आवश्यक भइसकेको प्रजिअ भुसालले ...
रास्वपाले मंगलबार बालुवाटारमा वृहत् प्रदर्शन गर्ने
राजनीति, समाचार

रास्वपाले मंगलबार बालुवाटारमा वृहत् प्रदर्शन गर्ने

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । रास्वपाले मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने जानकारी दिएको हो । सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ ।  अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न मंगलबार बालुवाटारमा प्रदर्शन गरिने रास्वपा नेता मनिष झाले जानकारी दिए ।  ...