Monday, August 17

राजनीति

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख
राजनीति, समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको  स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको ओलीको सचिवालयले जनाएको छ ।  अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन् ।...
स्थानीय तह उपनिर्वाचन : कुन-कुन पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
प्रशासन, राजनीति, समाचार

स्थानीय तह उपनिर्वाचन : कुन-कुन पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?

नेपालअखबार,काठमाडौँ । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखल...
डोनाल्ड ट्रम्पद्वारा आफू विजयी भएको घोषणा
राजनीति, विश्व, समाचार

डोनाल्ड ट्रम्पद्वारा आफू विजयी भएको घोषणा

नेपालअखबार, फ्लोरिडा । रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन्। उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँग स्टेजमा पुगेका थिए । ट्रम्पले भने, ‘हामी हाम्रो देशलाई पुनः प्राप्ति गर्न मद्दत गर्नेछौँ। यो अमेरिकाको लागि "स्वर्ण युग" हुनेछ।’ उनले थपे, ‘यो अमेरिकी जनताका लागि ठुलो जीत हो। जसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन सक्षम बनाउँछ।’ ट्रम्पको अभियानको नारा थियो– मेक अमेरिका ग्रेट अगेन । यसको मतलब अमेरिकालाई फेरि महान् बनाउनु हो। ट्रम्पले आफ्नो जितको पनि घोषणा गरेका छन् । यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन । ट्रम्पले भने, ‘अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली बहुमत दिएको छ।’ ट्रम्पले फ्लोरिडामा रहेको चुनावी मुख्यालयमा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका हुन्। उनको कुरा सुन्न यहाँ ठुलो सङ...
कांग्रेसको स्थानीय तह उपनिर्वाचन समितिको बैठक बस्दै
राजनीति, समाचार

कांग्रेसको स्थानीय तह उपनिर्वाचन समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले बैठक बोलाएको छ ।  समिति सदस्य जीवन परियारले दिएको जानकारी अनुसार दिउँसो ३ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो । यो समिति पार्टी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको छ ।  ‘दिउँसो ३ बजे बैठक बस्दैछौँ । स्थानीय तह उपनिर्वाचन हुने वडा तथा पालिकाहरूको स्थिति के छ भनेर छलफल हुन्छ र भावी रणनीति पनि बनाउने योजना रहेको छ‚’ सहमहामन्त्री परियारले भने । यहीँ मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन मिति घोषणा भएको छ । जसको तयारीमा दलहरू लागेका छन् ।...
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर
प्रशासन, राजनीति, समाचार

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर

नेपालअखबार,काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत)  पाटनले गरेको फैसलालाई सदर गरेको हो।तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । हाल फैसला भएको मुद्दा २०६१ को घटनाको हो । गुन्डा नाइके रहेका मनाङेले अर्का गुन्डा नाइके मिलन चक्रे भनिने मिलन गुरुङमाथि तरबार आक्रमण गरेका थिए । उक्त आक्रमणमा मिलन गुरुङको हात काटिएको थियो । उक्त घटनामा संलग्न मनाङे समूहविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । तर, काठमाडौं जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दा नभई कुटपिटको मुद्दा ठहर गरी मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो । जिल्ला अदालतको ...
प्रधानमन्त्री ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो
राजनीति, समाचार

प्रधानमन्त्री ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ । परराष्ट्र स्रोतका अनुसार चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७-२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका हुन् । ‘उताबाट निम्तो आएको छ, अब यताबाट निर्णय गर्न बाँकी छ’, स्रोतले बतायो । प्रधानमन्त्रीको सचिवालयले पनि मिति तोकेर भ्रमणको निम्तो आएको बताएको छ । गत ३१ असारमा प्रधानमन्त्री नियुक्त ओलीको यो पहिलो विदेश भ्रमण हो । यसअघि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका गएपनि यो पहिलो औपचारिक विदेश भ्रमण हो ।पहिलो विदेश भ्रमण प्रधानमन्त्री ओलीले चीनबाट सुरु गर्न लागेका हुन् ।...
नेपाली कांग्रेसको ‘युवा संकल्प यात्रा’ कात्तिक २३ गतेदेखि
राजनीति, समाचार

नेपाली कांग्रेसको ‘युवा संकल्प यात्रा’ कात्तिक २३ गतेदेखि

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सञ्चालन गरिने भएको छ । यात्रा कात्तिक २३ गते मेचीनगरको काँकडभिट्टाबाट सुरु भई इटहरी, लहान, जनकपुर,  लालबन्दी, वीरगञ्ज,  भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै यात्रा मंसिर ४ गते महाकाली पुगेर समापन बताइएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले उद्यमशीलता नेपालको विकासका लागि अपरिहार्य रहेको जनाउँदै राजनीतिक उपलब्धिको संरक्षण युवाशक्तिको समुचित उपयोगबाट मात्र हुनसक्ने बताए । उनले भने, ‘कांग्रेसले युवा उद्यमशीलता प्रवर्द्धनमात्र होइन, देशको अवस्था बदल्ने तागत राख्नुपर्छ । कृषिप्रधान देशमा कृषिको आधुनिकीकरणमार्फत लाखौँ युवालाई स्वदेशमै रोजगार बनाउन सकिन्छ ।’ सहकारीपीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन...
बाढीग्रस्त क्षेत्रमा ढिला पुगेका स्पेनका राजालाई नागरिकले गरे दुर्व्यवहार
राजनीति, विदेश, समाचार, समाज

बाढीग्रस्त क्षेत्रमा ढिला पुगेका स्पेनका राजालाई नागरिकले गरे दुर्व्यवहार

नेपालअखबार,काठमाडौं । स्पेनका राजा फिलिप छैटौंलाई बाढीग्रस्त क्षेत्र भ्यालेन्सिया क्षेत्रको भ्रमणको क्रममा रुष्ट बाढी पीडित नागरिकले दुर्व्यवहार गरेका छन् । बीबीसीका अनुसार बाढीबाट नराम्ररी प्रभावित उक्त क्षेत्रको भ्रमणमा पुगेका राजा फिलिपलाई रुष्ट भिडले ‘हत्यारा’ र ‘लाच पचाएको’ भन्दै माटो फ्याँकेका छन् । बाढी प्रभावित क्षेत्रमा आउन राजाले ढिला गरेको पनि प्रदर्शनकारीले बताएका छन् । क्रोधित बाढी पीडितहरूले राजा फिलिपलाई यस्तो त्रासदी रोक्न केही गरेका थियौ कि थिएनौ भनेर प्रश्न गरेका छन् । स्पेनमा सोमबार आएको बाढीमा परी दुई सयभन्दा बढीको ज्यान गएको छ भने कैयौं अझै बेपत्ता छन् । दुःखको यस घडीमा जनता एक अर्काको साथमा उभिएका छन् र पीडितलाई सहयोग गर्न अगाडि बढिरहेका छन् । आपतकालीन सेवाका कर्मचारीहरूले कार पार्किङ र सुरुङमा फसेका मानिस र शवहरूको खोजी गर्न निरन्तर काम गरिरहेका छन्। ...
कम्युनिस्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ : अध्यक्ष नेपाल
राजनीति, समाचार

कम्युनिस्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको बाधक तत्वका रूपमा कम्युनिस्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण भएको बताएका छन् । पार्टी निकट जनसांस्कृतिक महासङ्घद्वारा आज आयोजित सांस्कृतिक कार्यक्रममा उनले भ्रष्टीकरण अन्त्य नभएसम्म मुलुकमा विकास तथा जनताको समस्या समाधान हुन नसक्ने बताए अहिले कम्युनिस्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, “सामूहिक हित र वर्गीय हितका लागि स्थापित कम्युनिस्ट पार्टीमा स्वार्थी प्रवृत्ति बढ्दै गएको छ । भ्रष्टीकरण बढ्दै गएको छ । यो नै  प्रमुख समस्या हो ।” पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएको बताउँदै सच्चा कम्युनिस्ट एकताबद्ध भएर देश र जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले मुल...
रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने
राजनीति, समाचार

रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ ।  दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने पार्टीले जानकारी दिएको हो । सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ । ‘अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न’ आज  बालुवाटारमा प्रदर्शन गरिने रास्वपा नेता मनिष झाले जानकारी दिए ।...