Tuesday, August 18

राजनीति

चारवटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

चारवटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौं। संघीय संसद्अन्तर्गत बिहीबार चारवटा संसदीय समितिको बैठक बस्दैछ। आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। बिहान ११ बजे सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने बैठकमा विभिन्न देशका प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ। शिक्षा, स्थास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज बस्दैछ। बिहान ११ बजे बस्ने उक्त समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाहीबारे छलफल हुनेछ। त्यस्तै मन्त्रालयका चुनौती र भावी कार्यदिशाबारे पनि छलफल गर्ने कार्यसूची छ। आज प्रतिनिधि सभाअन्तर्गत् राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुनेछ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि आजै बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकम...
सांसदलाई उपत्यका नछाड्न कांग्रेसको निर्देशन
राजनीति, समाचार

सांसदलाई उपत्यका नछाड्न कांग्रेसको निर्देशन

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसले ३ असोजसम्म आफ्ना सांसदलाई उपत्यकाबाहिर नजान निर्देशन दिएको छ । बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई सूचना पठाउँदै ३ असोजसम्म काठमाडौं उपत्यका बाहिर नजान भनेका छन् । त्यस्तै उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं फर्किन भनिएको छ । बुधबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको छ । त्यसअघि सोमबार सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाको विषयमा प्रश्न उठाएका थिए ।उपसभामुख रानामगरले २०२३ को फेब्रअरीको संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा जान लागेको भन्दै आफूहरुको भिसा अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूताबासलाई पत्र लेखेकी थिइन् । त्यही विषयलाई लिएर सत्तारुढ दलहरुले उनीमाथि प...
संवैधानिक परिषदसम्बन्धी विधेयक प्रतिनिधिसभामै अड्कियो
राजनीति, समाचार

संवैधानिक परिषदसम्बन्धी विधेयक प्रतिनिधिसभामै अड्कियो

नेपालअखबार, काठमाडौं। संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा अड्किएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेर यो विधेयकको प्रतिवेदन गत जेठ २१ गते सभामा पेश गरेको थियो । समितिको प्रतिवेदन पेश भएको तीन महिना नाघिसक्दा समेत विधेयक अगाडि बढ्न सकेको छैन । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी समितिको प्रतिवेदन सभामा पेश भएको बताउँछन् । यो विधेयक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ फागुन २०७९ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रचण्ड नेतृत्व सरकारले प्राथमिकतामा राखेको भनिएको यो विधेयक उनको कार्यकालमा पास हुन सकेन ।...
गण्डकी प्रदेशसभा बैठक बस्दै
राजनीति, समाचार

गण्डकी प्रदेशसभा बैठक बस्दै

नेपालअखबार, पोखरा । लामो समय सत्ता समीकरणको उलटफेरका कारण रोकिएको गण्डकीको संसद् बैठक आजबाट नियमित चल्ने भएको छ । सभामुख कृष्णप्रसाद धितालले आज २ बजेका लागि बैठक बोलाएका छन् । असार १८ गते बजेट पारित भएपछि बैठक स्थगित भएको थियो । आजको बैठकमा सभामुखले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउनेछन् भने शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना कुरा राख्नेछन् । संसद् बैठकमा महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन पनि पेस हुनेछ । यस्तै, संसदमा यसअघि नै टेबुल भैसकेको जीवनाशक विषादी व्यवस्थापन विधेयक र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार र मर्मत सम्भार गर्ने विधेयक सम्बन्धित संसदीय समितिमा पठाउने कार्यसूची छ । आजकै संसद् बैठकमा २ वटा विधेयकहरू टेबुल हुनेछन् । गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्ने विधेयक र केही प्रदेश ऐन संशोधन विधेयक सभामा पेस ...
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
राजनीति, समाचार

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

नेपालअखबार, काठमाडौं । सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्र्ने निर्णय भएको जानकारी दिएका हुन् । उनले भने, ‘अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने भन्ने निर्णय भएको छ । यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु : १.२०६१ असोज २१ गते थाइल्याण्डमा आयोजना हुने Accelerating Implementation of the Action Plan to Strengthen Regional Co– operation on Social Protection बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति...
कांग्रेसको पर्यटन विभागमा १० जना सदस्य मनोनीत
राजनीति, समाज

कांग्रेसको पर्यटन विभागमा १० जना सदस्य मनोनीत

नेपालअखबार, काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहेको पर्यटन विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् । मनोनीत सदस्यहरूमा खुम सुवेदी, बीरबहादुर महरा, दिपेन्द्र पाण्डे ‘कपिल’, लक्की कार्की क्षेत्री, छिरिङ डोल्मा शेर्पा, दिनेश मगर, यज्ञमूर्ति आचार्य, रामप्रसाद पञ्जियार, ईश्वर लामिछाने र जंगबहादुर लामा रहेका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनीत गरेको जानकारी दिए ।...
अध्यक्ष नेपालले भने– कसैलाई जिताउन वा हराउन चिट बाँडेको छैन
राजनीति, समाचार

अध्यक्ष नेपालले भने– कसैलाई जिताउन वा हराउन चिट बाँडेको छैन

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको पदाधिकारी निर्वाचनमा आफू कसैको पक्षमा नलागेको स्पष्ट पारेका छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष नेपालले पार्टीको पदाधिकारी निर्वाचनमा कोही व्यक्ति विशेषलाई जिताउन वा हराउन आफूले चिट नबाँडेको स्पष्ट पारेका हुन् । उनले आफू पार्टी अध्यक्षको रूपमा सबैको साझा व्यक्ति भएको भन्दै निर्वाचनमा कुनै हस्तक्षेप नगरेको बताए । अध्यक्ष नेपालले निर्वाचनमा दश प्रकारका चिट बाँडिएको भन्दै चिटमा नाम परेकाहरू हार्ने र नाम नपरेकाहरू जित्ने परिणाम आएकाले चिटले काम नगरेको स्पष्ट भएको बताए । उनले पदाधिकारीमा सहमति जुटाउन नसकेपछि पदाधिकारीको व्यवस्था नै हटाउने प्रस्ताव आफूले राखेको भएपनि सो सम्भव नभएको बताए । सबैले निर्वाचनको माग गरेपछि निर्वाचन गर्न बाध्य भएको उनले बताए । अध्यक्ष नेपालले उम्मेदवारहरूले नै ...
जनताका आँखामा आँसु बहेको हामी देख्न सक्दैनौँ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

जनताका आँखामा आँसु बहेको हामी देख्न सक्दैनौँ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या नेताहरूको समस्या भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले सर्वोच्चको सो फैसलाले आम नागरिकहरूमा ठुलो असर परेको भन्दै नागरिकको पिरमर्काप्रति आफ्नो पार्टी संवेदनशील रहेको बताए । उनले जनताका आँखामा आँसु बहेको आफूहरूले देख्न नसक्ने बताए । उनले आफूहरूले जनताको अनुहारमा मुस्कान र जनताको उज्यालो अनुहार हेर्न चाहेको बताए । अध्यक्ष नेपालले कुनैपनि एउटा परिवारलाई पीडा हुँदा आफूलाई पोल्ने गरेको भन्दै न्यायपालिकाले फैसलाको पुनरावलोकन गर्नुपर्ने बताए । उनले आफू प्रधानमन्त्री भएको बेलामा ठुलाठुला निर्णयहरू गरेको दाबी गर्दै सो निर्णयले कतिपय नेताहरूको खुट्टा काँप्न था...
प्रतिनिधि सभाको बैठक आज बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभाको बैठक आज बस्दै

नेपालअखबार, काठमाडौँ । संघीय संसद् अन्तर्गत सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछिन्। आजै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यस्तै नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।...
प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा सङ्घर्ष आवश्यक छ : प्रचण्ड
राजनीति, समाचार

प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा सङ्घर्ष आवश्यक छ : प्रचण्ड

नेपालअखबार, काठमाडौँ ।पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध सङ्घर्ष गर्नुपर्ने स्थिति आएको बताए । क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसर भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरूले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको बताए । ‘हामीले गरेको परिवर्तनकारी र बलिदानपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र सङ्घर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौँ’– उनले भने– ‘तर, जसको मुख्य कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसका विरुद्ध सङ्घर्षको सङ्कल्प ...