Tuesday, August 18

राजनीति

एकीकृत सरकारी कर्मचारी संगठन परित्याग गरेको सचिव तामाङका घोषणा
राजनीति, विचार, समाचार

एकीकृत सरकारी कर्मचारी संगठन परित्याग गरेको सचिव तामाङका घोषणा

नेपालअखबार,काठमाडौँ। एकीकृत सरकारी कर्मचारी संगठन, नेपालका केन्द्रीय सचिव प्रतीक तामाङले उक्त पद परित्याग  गरेका छन् । संगठनको प्रथम अधिवेशनमा भएको सहमति र  विधान विपरीत संगठनले गरेका गतिविधिहरूको विरोध गर्दै एकीकृत सरकारी कर्मचारी संगठन परित्याग गरेको केन्द्रीय सचिव  तामाङले घोषणा गर्नुभएको हाे । प्रतीक तामाङले २०५२ साल देखि  संगठनको सदस्यता लिएका थिए ।  तामाङले  संगठनको सञ्चार विभागीय सचिव र अध्यक्ष हुदै  केन्द्रीय सदस्य बन्नु भएकाे थियाे ।   पछिल्लो समय गठन भएको एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको पहिलो राष्ट्रिय अधिवेशनबाट केन्द्रीय केन्द्रीय सचिवमा निर्वाचित भएका थिए ।  कार्यालय व्यवस्थापन विभागको जिम्मेवारी लिएर सचिवको रुपमा  कार्यरत रहँदै आएका छन् । पूर्व अध्यक्ष मोहनकुमार घिमिरे,गगन विष्ट लगायतले आफू निकटका कर्मचारीलाई अध्यक्ष बनाए पछि । यस अघि नै शरण गुरुङहरुको समूहले ...
 नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वदेश फिर्ता
राजनीति, समाचार

 नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वदेश फिर्ता

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वदेश फिर्ता हुनुभएको छ।  अध्यक्ष नेपाल यहि भदौ १६ गते रुस प्रस्थान गर्नुभएको थियो। शनिबार दिउँसो साढे १२ बजे अध्यक्ष नेपाल काठमाडौँ ओर्लिनुभएको अध्यक्षका स्वकिय लक्ष्मण रेग्मीले जानकारी दिनु भएको छ। मल्टी पोलारिटी फोरम विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल रुस जानु भएको थियो। सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म चलेको थियो। साथै अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूहगत छलफलमा पनि भाग लिनुभएको थियो। रुसमा सम्पन्न कम्युनिष्ट नेताहरुको बैठकमा भाग लिन पुग्नु भएका अध्यक्ष नेपालले चीन, रुसलगायत देशका कम्युनिष्ट नेताहरुबीचको बैठकमासमते भाग लिनुभएको थियो। अध्यक्ष नेपाल स्वदेश फर्किएसँगै पार्टीका विभिन्न केन्द्रीय विभाग, इन्चार्जसहितको जिम्मेवारी तोकिने तयारी रहेको उपाध्यक्ष ज...
प्रधानमन्त्री ओलीले प्रचण्डलाई चेतावनी हिंसाको महिमा मण्डन नगर्नुस्
राजनीति, समाचार

प्रधानमन्त्री ओलीले प्रचण्डलाई चेतावनी हिंसाको महिमा मण्डन नगर्नुस्

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन् । शनिवार काठमाडौँमा २१ औँ निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा (माओवादी केन्द्र) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रह गरे । उनले देशमा हिंसा रहेको र त्यसलाई व्यवस्थापन गर्नुपर्ने अवस्थाअनुसार व्यवस्थापन भएको बताए । उनले माओवादी युद्ध महान थियो भने किन छोडेको, किन शान्ति प्रक्रियामा आएको भन्दै प्रश्न समेत गरे । उनले महान जनयुद्ध भएको भए सफल हुनुपर्ने भन्दै जनआन्दोलन फेल नहुने बताए । ओलीले जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहरका लागि निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोजे देशले स्वीकार नगर्ने बताए । झापा आन्दोलनताका ...
चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाउनुपर्छ : अध्यक्ष नेपाल
राजनीति, समाचार

चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाउनुपर्छ : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा मौलिक संस्कृति संवर्द्धन गर्दै संस्कारयुक्त आदर्शको विकास गर्न सकिने बताएका छन् । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजका अवसरमा शुभकामना दिँदै उनले सामाजिक एकता तथा एकापसमा सद्‌भाव वातावरण तयार गर्न यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाउनुपर्ने बताएका हुन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्‌भाव एवं सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्दै अध्यक्ष नेपालले यस पर्वले समाजमा विद्यमान महिलाविरुद्ध हुने विभिन्न विभेद र महिला सशक्तीकरण लागि प्रेरित गर्ने विश्वास व्यक्त गरे । समतामूलक एवं प्रगतिशील समाज निर्माण गर्न समाजमा विद्यमान सबै प्रकारका वर्गीय शोषण साथै जातीय विभेद अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक न्याय तथा...
‘कर्मचारीतन्त्र अस्तव्यस्त भयो यथाशीघ्र विधेयक पारित गरौं’
राजनीति, समाचार

‘कर्मचारीतन्त्र अस्तव्यस्त भयो यथाशीघ्र विधेयक पारित गरौं’

नेपालअखबार, काठमाडौँ । संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि बिहीबारदेखि सैद्धान्तिक छलफल सुरु भएको छ। छलफलमा विधेयक यथाशीघ्र पारित गर्नुपर्नेमा समितिका सदस्यहरूले जोड दिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले महत्वपूर्ण विधेयकलाई प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्नेमा जोड दिए। ‘कर्मचारीतन्त्रलाई थप व्यवस्थित गर्न यो विधेयक छिटो पारित गर्न आवश्यक छ,’ उनले भने। समितिका सभापति रामहरि खतिवडाले कुनै पनि राजनीतिक दलको झल्को नदिइकन सबैको एकतामा विधेयक बनाउने प्रतिबद्धता जनाए। बैठकमा सांसद दुर्गा राईले राज्य सञ्चालनको मुख्य जिम्मेवारी निजामती कर्मचारीको हातमा रहेको भन्दै समयमा विधायन संशोधन हुन आवश्यक रहेकामा जोड दिए।  सांसद मेनुकाकुमारी पोखरेलले कर्मच...
राष्ट्रिय संकट अन्त्य गर्न दुई ठूला दल मिलेर सरकार बनायौं: शंकर पोखरेल
राजनीति, समाचार

राष्ट्रिय संकट अन्त्य गर्न दुई ठूला दल मिलेर सरकार बनायौं: शंकर पोखरेल

नेपालअखबार, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकमा विद्यमान राष्ट्रिय संकट अन्त्य गर्न दुई ठूला दलबीच गठबन्धन भएको बताएका छन्। नेकपा एमाले कर्णाली प्रदेश समितिको सचिवालय बैठकमा सहभागी हुन आएका महासचिव पोखेरलले आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेस र एमालेबीचको समीकरणको उद्देश्य मुलुकलाई संकटबाट बचाउनु रहेको उल्लेख गरे। ‘समीमकरणको मूल उद्देश्य मुलुकको लोकतन्त्रलाई सही दिशामा लैजाने, अहिलेसम्मका संवैधानिक कानुनी अभ्यासको समीक्षा गर्ने र संविधानको आवश्यक सुधार गरी मुलुकलाई स्थायित्व प्रदान गर्ने संकल्प हो,’ उनले भने। महासचिव पोखरेलले नयाँ सरकार बनेपछि अर्थतन्त्र चलायमान हुन थालेको भन्दै युवाहरुलाई स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न ‘स्टार्टअप’ परियोजना सुरु गरी बिना धितो कर्जा लिने व्यवस्था गरिएको पनि जानकारी दिए। उनले एमालेलाई निर्णायक श...
एसियाली मुलुकका निर्वाचन निकायको साझा मञ्चले भेट्यो राष्ट्रपतिलाई
राजनीति, समाचार

एसियाली मुलुकका निर्वाचन निकायको साझा मञ्चले भेट्यो राष्ट्रपतिलाई

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मञ्चको १२ औँ सम्मेलनमा सहभागिता हुन नेपाल आएका मञ्चका सदस्य मुलुकहरूका प्रमुख निर्वाचन आयुक्तहरूले शीष्टाचार भेट गरेका छन् । भेटमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै राज्यमाथि जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने स्पष्ट पारे । उनले राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित गर्नका लागि निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित हुनुपर्ने पनि बताए । राष्ट्रपति पौडेलले यो सम्मेलनले दक्षिण एसियाका मुलुकहरूमा हुने निर्वाचनलाई व्यवस्थित गर्दै अझ स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सहयोगी सिद्ध होस् भन्ने शुभकामना पनि दिए । उनले भने–‘समग्र दक्षिण एसिया क्षेत्रमा स्वच्छ, पारदर्शी र विश्वसनीय निर्वाचन प्रणालीको माध्यमद्वारा लोकतन्त्रको प्रवर्द्धन र सुदृढ...
अध्यक्ष ओलीले भने एमाले ढल होइन
राजनीति, समाचार

अध्यक्ष ओलीले भने एमाले ढल होइन

नेपालअखबार, काठमाडौँ । आगामी निर्वाचनमा पार्टीलाई राष्ट्रिय शक्ति बनाउने लगायतका निर्णय गर्दै एमाले पोलिटब्युरो बैठक सकिएको छ । मंगलबारदेखि सुरु भएको बैठकमा करिब ५१ जना पोलिटब्युरो सदस्यहरूले राय राखेपछि अध्यक्ष केपी शर्मा ओलीले निष्कर्ष सुनाउँदै बैठक समापन भएको हो । बैठकमा अध्यक्ष ओलीले पार्टीलाई बलियो, सुदृढ र निर्णायक शक्ति बनाउने उद्देश्य अनुसार अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । त्यस्तै पार्टीभित्र अनुशासनहीन, चरित्रहीन गतिविधि बढे भनेर उठेका प्रश्नमा अध्यक्ष ओलीले एमाले कुनै ढल नभएको बताएका थिए । ‘कि राजनीति गर कि इन्ज्वोए गर’, ओलीले भने, ‘राजनीति र इन्ज्वे गर्न पाइँदैन । चरित्र, आचरण, नैतिकहीन कुरा पार्टीलाई सह्य  छैन ।’ त्यस्तै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लै निर्वाचन लड्ने तथा तत्काल वामपन्थी एकता वा मो...
पाँचवटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

पाँचवटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । बुधबार पाँच वटा संसदीय समितिको बैठक बस्दैछ। प्रतिनिधि सभा अन्तर्गतका दुई, राष्ट्रिय सभातर्फको दुई र संसदीय सुनुवाइ समितिको बैठक आज बस्न लागेको हो। प्रतिनिधि सभातर्फको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे छलफल हुने कार्यसूची छ। त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे नै बस्ने कार्यसूची छ। बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संसोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ। राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विज्ञसँग छलफल गर्ने कार्यसूची छ। दिउँसो २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको पाँचौं वार्षिक प्रतिवेदनमाथि छलफल हुने...
शिक्षामा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्छ : मन्त्री थापा
राजनीति, समाचार

शिक्षामा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्छ : मन्त्री थापा

नेपालअखबार, पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन् । मन्त्रालयले मंगलबार तनहुुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रित रहेको जानकारी गराए । उनले प्रदेशमा भएका विभिन्न जातजातिको भाषालाई संरक्षण गर्न मातृभाषा शिक्षालाई समेत प्राथामिकता राखेको उल्लेख गरे । “हामी नैतिक शिक्षालाई आत्मसात् गर्दै अगाडि बढीरहेका छौं । शिक्षामा आमुल परिवर्तन ल्याउनका लागि तीनै तहको सरकार एक भएर लाग्नुपर्ने आवश्यकता छ । स्थानीय तहलाई अझ बढी जिम्मेवार भई शिक्षामा सुधार ल्याउन सकिन्छ ।”, उनले भने । मन्त्री थापाले प्रदेश सरकारको नयाँ कार्यक्रम फ्राइडे फर फ्युचरले वि...