Friday, July 10

राजनीति

बंगलादेशमा पूर्व प्रहरी आयुक्तसहित तीन वरिष्ठ प्रहरी अधिकारीलाई मृत्युदण्ड
राजनीति, विदेश, समाचार

बंगलादेशमा पूर्व प्रहरी आयुक्तसहित तीन वरिष्ठ प्रहरी अधिकारीलाई मृत्युदण्ड

नेपालअखबार,काठमाडौँ । बंगलादेशका पूर्व ढाका प्रहरी आयुक्तसहित तीन जना प्रहरी अधिकारीलाई सन् २०२४ को हिंसात्मक सडक आन्दोलन क्रममा उनीहरूको कथित भूमिकाका लागि सोमबार मृत्युदण्डको सजाय सुनाइएको छ। उक्त आन्दोलनकै कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सत्ता पतन भएको थियो। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणका न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुम्दरको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले पूर्व ढाका मेट्रोपोलिटन प्रहरी (डिएमपी) आयुक्त हबीबुर रहमान, पूर्व डीएमपी संयुक्त आयुक्त सुदीप कुमार चक्रवर्ती र अतिरिक्त उप–आयुक्त मोहम्मद अख्तरूल इस्लामलाई मृत्युदण्ड सुनाएको भारतीय अखबार 'द हिन्दु' ले लेखेको छ। यसअघि पुनर्गठित अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जामान खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइसकेको थियो। यो उक्त न्या...
हरिबोल गजुरेललाई कारबाही गर्ने निर्णय फिर्ता गरी पार्टीको आकस्मिक बैठक बोलाउन झलनाथ खनालको माग
राजनीति, समाचार

हरिबोल गजुरेललाई कारबाही गर्ने निर्णय फिर्ता गरी पार्टीको आकस्मिक बैठक बोलाउन झलनाथ खनालको माग

नेपालअखबार,काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेता हरिबोल गजुरेललाई निष्कासन गरिएको विषयमा असन्तुष्टि जनाएका छन्। सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर नेता खनालले गजुरेललाई स्पष्टीकरणको मौका समेत नदिई पार्टीबाट निष्कासन गरिएको र त्यसबारे पार्टीभित्र छलफल नभएकोप्रति असन्तुष्टि जनाएका हुन्। 'एकाध व्यक्तिहरूको इच्छा बमोजिम ठूल्ठुला निर्णयहरू गर्न थालिनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेलजस्ता वरिष्ठ नेताहरूमाथि स्पष्टीकरण दिने मौका पनि नदिइकन पार्टीबाट निष्कासन सम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रूपमा जानकारीसम्म पनि नहुनु र एकैचोटी सार्वजनिक सञ्चर माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएका छन्,' उनले लेखेका छन्। नेता खनालले उक्त कारबाही तत्काल स्थगित गर्न माग गरेका छन्। साथै पार्टीलाई संस्थागत बनाउन र गजुरेलसहित नेतृत्व...
भारत आज ७७ औं गणतन्त्र दिवस मनाउँदै
राजनीति, विदेश, समाचार

भारत आज ७७ औं गणतन्त्र दिवस मनाउँदै

नेपालअखबार,काठमाडौं । छिमेकी मुलुक भारतले आज (सोमबार) ७७ औं गणतन्त्र दिवस मनाउँदै छ । भारतमा आजकै दिन सन् १९५० मा संविधान लागू भएको थियो । गणतन्त्र दिवस समारोहका अवसरमा भारत आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गर्दैछ । समाचर एजेन्सी पीटीआईका अनुसार समारोहमा प्रदर्शन गरिने परेडमा हालै गठन भएका सैन्य इकाईहरूका साथै ‘अपरेशन सिन्दुर’ का दौरान तैनाथ प्रमुख हथियार प्रणालीहरूको मोडल पनि समावेश हुने छ । युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो लुईस सान्तोस दा कोस्टा र युरोपियन कमीशनका अध्यक्ष उर्सुला वान डेर लेयेन गणतन्त्र दिवस समारोहमा मख्य अतिथि रहने छन् । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले समारोहको अगुवाइ गर्ने बताइएको छ । कार्यक्रम भारतीय समयअनुसार बिहान साढे १० बजे सुरू हुने र ९० मिनेटसम्म चल्ने छ । परेडको सुरूवात अघि झण्डै १०० सांस्कृतिक कलाकारले ‘विवि...
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकी: संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
प्रशासन, राजनीति, समाचार

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकी: संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

नेपालअखबार,काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो । आयोग परिसरमा स्थापना भएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गरेका थिए । उनले कुनै निर्वाचन क्षेत्रमा केही समस्या आएमा तत्काल समाधान गर्न केन्द्रले काम गर्ने जानकारी दिए । मतदान केन्द्रमा समाधान हुन नसक्ने समस्या केन्द्रबाट समाधान गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उल्लेख गरे । आयोगका सचिवको नेतृत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, न...
उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरीको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश
राजनीति, समाचार

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरीको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

नेपालअखबार,काठमाडौं । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशमलाल चौधरीको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका थिए । उक्त रिटमा आइतबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । उनले आफ्नो उम्मेदवारी यथावत रहनुपर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग समेत गरेका थिए । आइतबार प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । अन्तरिम आदेश जारी गर्नुपर्ने/नपर्ने विषयमा छलफल गर्न विपक्षीलाई पनि सर्वोच्चले बोलाएको छ ।...
नेपालमै अवसर पहिचान गर्नुपर्छ : प्रधानमन्त्री कार्की
राजनीति, समाचार

नेपालमै अवसर पहिचान गर्नुपर्छ : प्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गरेकी छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वदेशमा नै बसेर मुलुक बनाउनुपर्ने भन्दै नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गरेकी हुन्। उनले मुलुकमा देखिने तमाम व्यथितिबाट भाग्ने नभई आफै डटेर सामना गर्नुपर्नेमा जोड दिइन् । अवसर नभएका ठाउँमा नयाँ अवसरहरूको सिर्जना गरेर जहाँ गए पनि नेपालले गर्व गर्न सक्ने नागरिक भएर अघि बढ्न आग्रह गरिन् । मारोहमा कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिन् । तीमध्ये समारोहमा एक सय ९१ को उप...
रास्वपातिर बगेको ‘हावा’ बिस्तारै कमजोर हुँदैछ, गोरखामा जित निश्चित छ : प्रचण्ड
राजनीति, समाचार

रास्वपातिर बगेको ‘हावा’ बिस्तारै कमजोर हुँदैछ, गोरखामा जित निश्चित छ : प्रचण्ड

नेपालअखबार,काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको दाबी गरेका छन्। आइतबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले २० वटा दल मिलेर बनेको नयाँ पार्टीले जनमत र क्षमताका आधारमा उम्मेदवार उठाएकाले नतिजा राम्रो आउने जिकिर गरे। प्रचण्डले ‘जेन्जी आन्दोलन’ र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै सुध्रिएको बताए। अन्य पुराना दलहरूको तुलनामा नेकपाको अवस्था सकारात्मक रहेको र युवा पुस्ताले पनि तीन प्रमुख दलमध्ये नेकपा र यसको नेतृत्वलाई फरक रूपमा हेर्न थालेको उनको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आक्रामक देखिएका प्रचण्डले सो पार्टीको उत्साह बिस्तारै कमजोर हुँदै गएको टिप्पणी गरे। रास्वपाका उम...
एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी
राजनीति, समाचार, समाज

एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी

नेपालअखबार,काठमाडौं । नेकपा एमालेले ६ लाख ६७ हजारभन्दा बढी जनालाई एकै कुरा लेखेको चिठी पठाएको छ। एमालेले पार्टीका संगठित सदस्यहरू ६ लाख ६७ हजार जनाभन्दा बढीलाई चिठी पठाएको हो। पहिले संगठित सदस्य रहेका र अहिले नवीकरण नगरेका सदस्यहरूलाई पनि चिठी पुगेको छ। आफूलाई चिठी आएको भन्दै केहीले सामाजिक सञ्जालमा पनि पोस्ट गर्न थालेका छन्। एमालेले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित एकै कुरा लेखेको चिठी सदस्यहरूलाई पठाएको हो। अध्यक्ष ओलीले निर्वाचनलक्षित चिठी सदस्यहरूलाई पठाएका हुन्। फागुन २१ को 'निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने हारजितको फैसला गर्ने' कुरा उल्लेख गर्दै अध्यक्ष ओलीको हस्ताक्षरसहित चिठी सदस्यहरूलाई पठाइएको एमालेले जनाएको छ। ओलीले देश निर्माणका लागि एमालेलाई बहुमतको आवश्यक रहेको पनि उल्लेख गरेका छन्। यसअघि ओलीको हस्ताक्षरसहित ...
आफ्नो निर्वाचन क्षेत्रमा लोकप्रिय नेता कुसियैत
राजनीति, समाचार

आफ्नो निर्वाचन क्षेत्रमा लोकप्रिय नेता कुसियैत

मुस्ताक आलम सुनसरी, लौकही। तत्कालीन १ नम्बर प्रदेश सभा निर्वाचन २०७४ सालमा बाम गठबन्धनबाट जगदिश कुसियैत निर्वाचित भएको थियो। निर्वाचित भएपछि उनी प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री पनि भए । कुसियैत मन्त्री भएपछि आफ्नो निर्वाचन क्षेत्रमा पुयाएको विकासका कारण भोट दिने सो क्षेत्रका मतदाताहरु बताउँछन् । मन्त्री पदको जिम्मेवारीमा हुदा आफ्नो क्षेत्रमा मात्र नभई सिंगो सुनसरी जिल्लामा बिकासको फेरिस्त यस्तो रहेको छ। साबिकको सुनसरी क्षेत्र नं ५ मा स्वर्गीय गिरिजाप्रसाद कोइराला यस क्षेत्रबाट कयौंपटक निर्वाचित भइ मुलुकको प्रधानमन्त्री सम्म भए तर यो क्षेत्र बिकासको नाममा जहिले पछाडि परेको अवस्था रहेको त्यसैगरी उपेन्द्र यादव समेत दुई पटक जितेर जनतालाई ठग्ने बाहेक बिकासको नाम केही गरेको छैन । २०७४ सालमा ४ नं निर्वाचन क्षेत्रबाट ज्ञानेन्द्र कार्कीलाई पनि यस क्षेत्रको जनताले दुई पटक निर्व...
नागरिक अगुवा युग पाठक नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
राजनीति, समाचार

नागरिक अगुवा युग पाठक नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

नेपालअखबार,काठमाडौं । नागरिक अगुवा, लेखक एवं राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । शनिवार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेर पाठक पार्टी प्रवेश गरेका हुन् । पाठकलाई सह–संयोजक माधवकुमार नेपाललगायतका नेताले खादामालासहित पार्टीमा भित्र्याएका छन् । सो अवसरमा संयोजक प्रचण्डले पाठकलाई पार्टीमा भित्र्याउन पाउँदा आफूलाई खुसी र गर्वको महशुस भएको बताए । सह–संयोजक नेपालले पार्टीभित्र पाठकको उपस्थिति सशक्त र प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरे । पाठकलाई भित्र्याउँदा नेकपाका अन्य नेताहरू वेदुराम भुसाल, प्रमेश हमाल, रञ्जिता श्रेष्ठ लगायत उपस्थित थिए । युग पाठकको नागरिकताको नाम भने दिपककुमार पाठक हो ।  उनका उर्गेनको घोडा र मांगेना पुस्तक चर्चित छन् । पाठक अघिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा क्षेत्र नम्बर ५ बाट चुनाव ल...