५ एजेन्डासहित कांग्रेस इतर समूहका युवाद्वारा बृहत् भेला आह्वान
नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले ५ एजेन्डासहित ‘बृहत् युवा भेला’को आयोजना गरेका छन् । कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न इतर समूहका युवाहरूले जेठ ३० गते ‘बृहत् युवा भेला’ गर्न लागेका हुन् ।
दवदुर्गा पार्टी भेन्यु सुकेधारामा हुने भेलाका लागि ५ एजेन्डा तय गरिएको युवा नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए ।
शाहीका अनुसार फर्जी विशेष महाधिवेशनबाट गठन गरिएको समितिलाई खारेज गर्ने, भातृ संस्थामा गरिएको टीके नियुक्ति खारेज गरी निर्वाचन समितिमार्फत अधिवेशन सम्पन्न गर्ने, क्रियाशील सदस्यता अद्यावधिकको नाममा हुने धाँधली अन्त्य गर्ने तथा यसअघि नवीकरण भइसकेका सदस्यतालाई मान्यता दिने, आगामी भदौभित्र महाधिवेशन सम्पन्न गर्ने र पार्टीको नेतृत्व तथा जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गर्ने एजेन्डा भेलाका लागि तय गरिएको छ ।
भेलामा निवर्त...










