Saturday, August 8

राजनीति

अमेरिकाले भारतलाई लगाएको भन्सार शुल्क १८ प्रतिशतमा झार्‍यो, रूसी तेल नकिन्न भारत सहमत
राजनीति, विश्व, समाचार

अमेरिकाले भारतलाई लगाएको भन्सार शुल्क १८ प्रतिशतमा झार्‍यो, रूसी तेल नकिन्न भारत सहमत

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुमा लगाइँदै आएको भन्सार शुल्क ५० बाट घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गरेका छन्। यसको बदलामा भारतले रूसबाट तेल किन्न बन्द गरेर अमेरिकी तेल किन्न थाल्ने र व्यापारिक अवरोधहरू घटाउने सहमति जनाएको ट्रम्पले बताएका छन्। ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन संवादपछि सामाजिक सञ्जालमार्फत् नयाँ व्यापारिक सम्झौता भएको जानकारी दिएका हुन्। उनका अनुसार भारतले अब अमेरिकाबाट तेल खरिद गर्नेछ भने सम्भावित रूपमा भेनेजुएलाबाट पनि तेल किन्न सक्छ। भारत विश्वकै तेस्रो ठूलो तेल आयातकर्ता हो। भारतले आफूलाई आवश्यक पर्ने करिब ९० प्रतिशत तेल आयातबाट पूरा गर्छ। सस्तो रूसी तेलका कारण युक्रेन युद्धपछि भारतको आयात खर्च घटेको थियो। तर हालै भारतले रूसबाट तेल खरिद क्रमशः घटाउँदै लगेको छ। ह्वाइट हाउसका एक अधिकार...
जिल्ला अस्पतालमा ऐतिहासिक परिवर्तन : जनताको सेवामा उभिएका ज्ञानेन्द्र बहादुर कार्कीप्रति बढ्दो भरोसा
राजनीति, समाचार

जिल्ला अस्पतालमा ऐतिहासिक परिवर्तन : जनताको सेवामा उभिएका ज्ञानेन्द्र बहादुर कार्कीप्रति बढ्दो भरोसा

नेपालअखबार,इनरुवा । सुनसरी क्षेत्र नं. ४ का जनताले विकास र सेवाको वास्तविक अनुभूति गर्न थालेका छन्। वर्षौँसम्म सामान्य उपचारका लागि समेत धरान–विराटनगर धाउन बाध्य भोक्राहा, हरिनगर र कोशी गाउँपालिकाका नागरिक आज आफ्नै जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा पाउन थालेका छन्। यस क्षेत्र परिवर्तनको केन्द्रमा छन् — ज्ञानेन्द्र बहादुर कार्की जनताको आवश्यकता बुझेर काम गर्ने नेता मध्य १ नं मा पर्छ । सुनसरी सदरमुकाम इनरुवामा रहेका जिल्ला अस्पतालमा नागरिकले रेफर बाहेक केही पाउदैन थियो तर अहिले सो अस्पतालमा सुनसरीवासीहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाइरहेको छ। तात्कालिक जिल्ला अस्पताल इनरुवामा मेसुको रुपमा डाक्टर देबराज घिमिरेले आफ्नो फेसबुक वालमा लेख्नु हुन्छ जिल्ला अस्पतालको स्तरोन्नतिमा अग्रसर पुर्व मन्त्री तथा सुनसरी क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीको पहलले अस्...
निर्वाचन परिचालन प्रभावकारी बनाउन सातै प्रदेशमा नेकपाले तोक्यो जिम्मेवारी
राजनीति, समाचार

निर्वाचन परिचालन प्रभावकारी बनाउन सातै प्रदेशमा नेकपाले तोक्यो जिम्मेवारी

नेपालअखबार,काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को  निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ । बैठकमा निर्वाचन परिचालन समितिका सचिवालय सदस्यहरूले निर्वाचनको तयारी, समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रगत परिस्थितिबारे रिपोर्टिङ राखेका थिए । रिपोर्टिङ सुनेपछि संयोजक पुष्पकमल दाहाल प्रचण्डले समग्र राजनीतिक अवस्था र निर्वाचनसम्बन्धी विषयमा धारणा राखेका थिए । बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक २२ माघमा बोलाउने निर्णय गरेको छ । साथै, नेता तथा कार्यकर्ताको परिचालन, निर्वाचन अपिल प्रकाशन, घोषणापत्रको सम्पादन तथा प्रकाशन, सुरक्षा व्यवस्था, आर्थिक तथा मिडिया परिचालन, आचारसंहिता र निर्वाचन आयोगसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू बैठकले गरेको छ। बैठकबाट निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि प्रदेशगत...
सुनसरी–४ मा परिवर्तनको हुंकार : जगदीश कुसियैत तर्फ जनताको बढ्दो आकर्षण 
राजनीति, समाचार

सुनसरी–४ मा परिवर्तनको हुंकार : जगदीश कुसियैत तर्फ जनताको बढ्दो आकर्षण 

समाचार दाता । सद्दाम हुसैन लौकही । सुनसरी क्षेत्र नं. ४ को वर्तमान राजनीतिक माहोल हेर्दा एक कुरा स्पष्ट देखिन्छ—जनता अब पुरानै शैलीको राजनीति स्वीकार गर्न तयार छैनन्। घर–आँगनदेखि चोक–चौतारासम्म एउटै आवाज गुञ्जिएको छ, “अब परिवर्तन चाहियो, अनुभवी र जनतासँग जोडिएको नेतृत्व चाहियो।” लामो समयदेखि जनताको दुःख–सुखमा साथ दिँदै आएका, विकास र स्थायित्वको स्पष्ट दृष्टिकोण बोकेका नेता जगदीश कुसियत अहिले सुनसरी क्षेत्र नं. ४ मा आशाको केन्द्र बनेका छन्। युवादेखि वृद्धसम्म, किसानदेखि व्यवसायीसम्म—सबै वर्गको भरोसा जगदीश कुसियैततर्फ केन्द्रीत हुँदै गएको देखिन्छ। स्थानीय बासिन्दाहरू भन्छन्, “हामीले धेरै वाचा सुनेका छौँ, अब काम गर्ने नेता चाहिन्छ।” यही अपेक्षालाई सम्बोधन गर्ने पात्रका रूपमा कुसियैतलाई नागरिकहरूले हेर्न थालेका छन्। उनको सरल स्वभाव, जनतामै बसेर राजनीति गर्ने शैली र विकासप्रति प्रतिबद्धता...
भोट मात्रै होइन, पारिवारिक सम्बन्ध जोड्दै नेता आले
राजनीति, समाचार

भोट मात्रै होइन, पारिवारिक सम्बन्ध जोड्दै नेता आले

कैलाली, १७ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आले पछिल्लो समय राजनीतिक भेटघाटसँगै सामाजिक तथा पारिवारिक सम्बन्ध विस्तारमा समेत सक्रिय देखिनु भएको छ । जनतासँगको आत्मीय सम्बन्धलाई प्राथमिकतामा राख्दै उहाँ कैलाली जिल्लाका विभिन्न स्थानमा पुगेर आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै आउनु भएको छ ।   जेन–जी युवादेखि ज्येष्ठ नागरिकसम्म माझ लोकप्रिय छवि बनाउन सफल नेता आले हाल कैलाली निर्वाचन क्षेत्र नं. ५ अन्तर्गतका गाउँ–बस्ती तथा टोलटोलमा पुगेर जनताको सुख–दुःख बुझ्ने, उनीहरूका समस्या सुन्ने र सम्भव भएसम्म समाधानका लागि पहल गर्ने कार्यमा व्यस्त रहनु भएको छ । उहाँको यो सक्रियताले स्थानीय बासिन्दामा सकारात्मक सन्देश प्रवाह भएको देखिन्छ ।   कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहनु भएका पूर्वमन्त्री आले...
अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् : प्रधानमन्त्री कार्की
राजनीति, समाचार

अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् : प्रधानमन्त्री कार्की

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन् । साथै उनले अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना गरेकी छन् । प्रधानमन्त्री कार्कीले शहीद दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ, अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् । न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूलाई पनि नमन ।’ नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबैप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले सन्देशमा शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व प्रत्येक शासकको स्मरणमा सदा रहनु...
हर्ककाे “पास्टर डिलिट” अभियानले ३०औँ लाख क्रिस्चियनहरु उपेक्षित, मत फेर्दै इसाईहरु
राजनीति, समाचार

हर्ककाे “पास्टर डिलिट” अभियानले ३०औँ लाख क्रिस्चियनहरु उपेक्षित, मत फेर्दै इसाईहरु

दिपेश श्रेष्ठ, कामाडौं । संविधानमा लेखिएकाे धर्मनिरपेक्षकाे उपहास गर्दै नेपालका विभिन्न राजनिति दल र तिनका जिम्मेवार नेताहरुले अल्पसंख्यक धार्मिक समुदाय माथि खुलमखुल्ला धावा बाेल्न थालेका छन्। केही समय यता हर्क साम्पाङ्गलाई पास्टर शब्द Delete गरेँ भनी अल्पसंख्यक क्रिस्चियन धर्मका सम्मानित पदलाई बदनाम हुने साथै इसाई समुदायको धर्मगुरुको अपमान गर्दै मन्दिर पसाउने ढोगाउने क्रियाकलाप देखिन थालेका छन । धरान उपमहानगरका पूर्व प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका हर्क साम्पाङ्ग क्रिश्चियन हैन , पास्टर हैन भन्ने कुरा सारा नेपालीलाई अवगत नै भएको कुरा हो तर, हर्कको अहिलेको गतिविधिले लाखौ लाख इसाई समुदायको मतदाताहरुले गम्भीर रूपमा लिएका बताएका छन । हर्क साम्पाङ्ग हिन्दुकरणको विषयलाई किरात , बुद्दिस्ट, मुसलीम र इसाई समुदायले गम्भीरताका साथ लिएका बताएका छन । भोट आउने धार्मिक समुद...
आज बझाङ, बाजुरा र अछाममा बालेन शाहको घण्टी अभिवादन कार्यक्रम
राजनीति, समाचार

आज बझाङ, बाजुरा र अछाममा बालेन शाहको घण्टी अभिवादन कार्यक्रम

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रममा सहभागी हुने भएका छन् । पार्टीका अनुसार बालेनको कार्यक्रम बिहीबार बझाङ, बाजुरा र अछाम जिल्लामा तय गरिएको हो । कार्यक्रमअन्तर्गत उनले स्थानीय नागरिकसँग भेटघाट गर्ने तथा पार्टीको ‘घण्टी’ चुनाव चिह्नमार्फत अभिवादन गर्नेछन् । कार्यक्रम तालिकाअनुसार बिहान ७ः३० बजे बझाङको चैनपुरबाट जनसम्पर्क कार्यक्रम सुरु भएको छ । त्यसपछि बिहान ११ः३० बजे बाजुराको मार्तडीमा कार्यक्रम आयोजना गरिनेछ । त्यसैगरी दिउँसो १२ः१५ बजे अछामको साँफेबगर र दिउँसो २ः१५ बजे मंगलसेनमा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम हुनेछ । पार्टीले जनसम्पर्क कार्यक्रममार्फत संगठन विस्तार, स्थानीय समस्या बुझ्ने र आगामी राजनीतिक रणनीतिबारे कार्यकर्ता तथा ...
हिन्द महासागरबाट इरानतर्फ अघि बढ्यो अमेरिकी लडाकू विमानबाहक युद्धपोत
राजनीति, विश्व, समाचार

हिन्द महासागरबाट इरानतर्फ अघि बढ्यो अमेरिकी लडाकू विमानबाहक युद्धपोत

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा यसअघिको भन्दा शक्तिशाली हमला हुन सक्ने चेतावनी दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसियलमा पोस्ट लेखेर परमाणु कार्यक्रमबारे इरान वार्ताको टेबुलमा नआए अघिल्लो वर्षको जुन महिनामा भएको भन्दा शक्तिशाली हमला हुन सक्ने चेतावनी दिएका हुन्। 'इरान छिट्टै वार्ताको टेबुलमा आएर परमाणु सम्झौता गर्छ भन्नेमा आशावादी छौं। समय घर्किसकेको छ। सम्झौता नभए उसले पहिलेको भन्दा धेरै विनाशकारी आक्रमणको सामना गर्नुपर्नेछ,' ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार ट्रम्पले अमेरिकी नौसेनाको एउटा ठूलो विमानबाहक युद्धपोत 'युएसएस अब्राहम लिंकन' इरानतर्फ पठाइसकेका छन्। यूएसएस अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप सोमबार हिन्द महासागरमा प्रवेश गरिसकेको र इरानको नजिक सरिरहेको भनेर सिएनएनल...
संसद् भवनभित्र सुरक्षा फौजमाथि आक्रमण भएपछि गोली चल्यो : केपी ओली
राजनीति, विचार, समाचार

संसद् भवनभित्र सुरक्षा फौजमाथि आक्रमण भएपछि गोली चल्यो : केपी ओली

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चलेको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा गत भदौमा भएको जेनजी आन्दोलनबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् । संसद् भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले आन्दोलन नभई राज्यविरुद्धको  हमला मान्ने उनले बताए । उनले भने,'त्यस दिन सुरक्षाकर्मीले आफ्ना हतियार खोसिन दिएका भए? यदि संसद् भवन जलेको भए? के त्यतिबेला पनि ज्यान जाने थिएन? विस्फोटक सामग्रीसहित आएका उनीहरू त्यसै फर्किन्थे ?' उनले आफ्नो राजीनामापछि नै सिंहदरबार,राष्ट्रपति भवन, सर्वोच्च अदालत लगायत सबै धरोहरहरू जलाइएको समेत बताए ।...