समानुपातिक मतको मिटरः १ करोड २ लाख सदर मतमा कसले कति मत
नेपालअखबार, काठमाडाैं । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ।
बिहिबार बिहान साढे ७ बजेसम्म प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अझै ४ क्षेत्रको मतपरिणाम आउन बाँकी छ।
जसमध्ये दोलखामा आज निर्वाचन हुँदैछ भने बाजुरामा गणना हुन अझै सकेको छैन। गणना भइरहेको सुनसरी ४ र स्याङ्जा २ मा नेकपा एमालेले अग्रता लिएको छ।
यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल १ करोड २ लाख १३ हजार ५५४ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ।
एमालेले २७ लाख २६ हजार ३०३ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९३ हजार ७४२ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ५४ हजार १९४ मतका साथ तेस्रो स्थानमा रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ५ हजार ३७१ मत प्राप्त गर्दा राष्ट्रिय प्...








