Thursday, May 7

राजनीति

अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्छु : दिपक माइला
राजनीति, समाचार

अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्छु : दिपक माइला

पोखरा| पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र १ (ख) का दिपक गुरुङले ‘माइला’ ले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने बताएका छन् । मंगलबार पोखरा–१४ मा मतदाता भेटघाट कार्यक्रम र घरदैलो कार्यक्रममा उनले सुकुम्बासीका समाधान गर्ने बताए । ‘सुकुम्बासीका समस्या अध्ययन गरेर स्थायी रुपमै ती समस्या समाधान गर्नेछु,’ उनले भने, ‘पहिला हजुरले प्रदेश सांसद बनाएर पठाउनुहोस् ।’ उनले जनताको सेवाका लागि राजनीतिमा आएको सुनाउँदै जिम्मेवारी वहन गर्ने आतुर रहेको बताए । ‘जनतालाई खुशी र सुखी बनाउनेछु,’ उनले भने, ‘स्वार्थको राजनीति गर्नु छैन मलाई । जनताले आसपास रहेर काम गर्नेछु ।’ उनले राजनीतिक पहिचान बनाउने गरी काम गर्ने प्रतिवद्वता गरेका छन् । गुरुङले मतदाताले गर्व अनुभुति गर्ने गरी आफूले काम गर्ने उल्लेख गरे । उनले राजनीतिमा अनुशासन, मर्यादा र शुद्वता आ...
‘दिगो विकास लक्ष्य प्राप्तिका लागि बहुमतको सरकार’-एमाले उम्मेदवार भट्टराई
राजनीति, समाचार

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि बहुमतको सरकार’-एमाले उम्मेदवार भट्टराई

पोखरा । नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकमा दिगो विकासका लागि बहुमतको सरकार आवश्यक रहेको बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रचारप्रसार कार्यक्रमको अवसरमा मंगलवार पोखरा १६ मा भएको घरदैलो कार्यक्रममा उनले मुलुकको राष्ट्रियता, स्वाभिमान र समग्र विकासका लागि एउटै दलको बहुमतको सरकारको खाँचो औल्याईन् । घरदैलो कार्यक्रममा मतदातासँग मत माग्दै स्थानीयका आवश्यकता र सुझाव संकलन गर्दै आएकी उनले  सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतीकरण एवम् कृषि बजारीकरणमा प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरिन् । नेकपा एमालेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थक बनाउन बहुमतको सरकार आवश्यक रहेको बताउँदै उम्मेदवार भट्टराईले गठबन्धनको सरकारले मुलुकलाई अस्थिर बनाउने दावी गरिन् । जनतालाई रुवाएर होईन विकासले खुशीयाली ल्य...
‘समस्या सुल्झाउँछौं, सम्भावना खोज्छौं’: एमाले उम्मेदवार मीना गुरुङ
राजनीति, समाचार

‘समस्या सुल्झाउँछौं, सम्भावना खोज्छौं’: एमाले उम्मेदवार मीना गुरुङ

पोखरा । धेरै मानिस पहिला समस्या देख्छन्, सम्भावनातिर ध्यान दिँदैनन् । यसका कारण हुन्ः मान्छे नकारात्मक कुरामा रमाउँछ, सम्भावना देखिए पनि मेहनत गर्न र धर्य गर्न चाहँदैन । समस्या राम्ररी सुन्ने, बुझ्ने, योजना बनाउने र कार्यान्वयन गर्नेहरुले समाजको नेतृत्व गर्छन्, राजनीतिको नेतृत्व गर्छन् । मंगलबार एमाले नेतृ मीना गुरुङले पोखरा १६ का स्थानीयका समस्या सुनिन्, गुनासा बुझिन् । कास्की २ (२)मा एमालेकी प्रदेश सभाकी उम्मेदवार उनी समानुपातिकबाट निवर्तमान प्रदेशसभा सदस्य भएकाले धेरै कुराबारे जानकारै थिइन् । उनले भनिन्, ‘यहाँहरुका समस्याबारे केही हदमा जानकार छु । यहाँहरुकै सहभागिता र विज्ञको सुझाव अनुसार योजना बनाएर समृद्धिको यात्रा हामीअघि बढाउँछौं ।’ उम्मेदवार गुरुङले गएको कार्यकालमा स्रोतको सीमितता र सरकार परिवर्तनले धेरै काम गर्न नपाएको सुनाइन् । उनले सुन्दर भूगोल र प्रकृति रहेको यो क्षेत्र च...
अबको लडाई गरिवीको अन्त्य गर्ने हो’–मनबहादुर गुरूङ
राजनीति, समाचार

अबको लडाई गरिवीको अन्त्य गर्ने हो’–मनबहादुर गुरूङ

पोखरा । नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मनबहादुर गुरूङले अबको लडाई गरिवी अन्त्य गर्ने लडाइँ रहेको बताएका छन् । मंसिर ४ गते हुने निर्वाचन केन्द्रित प्रचारप्रसार कार्यक्रम अन्तर्गत पोखरा २९ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेकपा एमालको कास्की जिल्ला अध्यक्ष समेत रहेका उनले देशमा राजनीतिक परिवर्तन आईसकेको र अव विकास र समृद्धिका लागि काम गर्ने बेला भएको उल्लेख गरे । तर, केही तत्व प्राप्त उपलब्धिलाई उल्ट्याउने खेलमा रहेको हुँदा जनता सचेत बन्नुपर्ने उनको भनाई छ । ‘राजनीतिक परिवर्तन भयो । अब विकास र समृद्धिका लागि काम गर्न मेरो उम्मेदवारी हो ।’ उनले भने –‘यसका लागि तपाईहरुले सुर्य चिन्हमा मतदान गरेर एमाले उम्मेदवारलाई विजयी गराउनुहुन म अनुरोध गर्दछु ।’...
गण्डकीका  मन्त्री खड्कालाई बर्खास्त
राजनीति, समाचार

गण्डकीका मन्त्री खड्कालाई बर्खास्त

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्‍णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई हटाएका छन्। आज मन्त्री खड्कालाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री पोखरेलले उक्त मन्त्रालय आफैँले हेर्ने गरी राखेका हुन्। मुख्यमन्त्री पोखरेलले मन्त्री खड्कालाई हटाएको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएका छन्। मन्त्री खड्का नेपाली कांग्रेसका निवर्तमान सांसद हुन्। उनी २०७४ सालमा समानुपातिक सांसद भएका थिए। पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा खड्कालाई मन्त्रीबाट हटाइएको मुख्यमन्त्री पोखरेलनिकट स्रोतले जनाएको छ। खड्का कास्की क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (ख) मा उम्मेदवार हुन आकांक्षी थिए। तर यहाँ कांग्रेसले विन्दुकुमार थापालाई उम्मेदवार बनाएपछि उनी असन्तुष्ट थिए। टिकट दौडमा दुई मन्त्रीको रस्साकस्सीले उनीहरुबीच सम...
रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी
प्रशासन, राजनीति, समाचार

रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेबिरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो । उम्मेदवार लामिछानेकोविरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । मंगलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले उम्मेदवार लामिछानेबिरुद्धको उजुरीपछि कानुनी व्यवस्था अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताए । उनले निर्वाचन अधिकृतले सम्ब...
‘तिव्र विकास र समृद्धि आफ्नो एक मात्र स्वार्थ’–एमाले उम्मेदवार कार्की
राजनीति, समाचार

‘तिव्र विकास र समृद्धि आफ्नो एक मात्र स्वार्थ’–एमाले उम्मेदवार कार्की

नेपालअखबार, पोखरा । नेकपा एमालेको तर्फबाट कास्की २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीले  तिव्र विकास र समृद्धि आफ्नो एक मात्र स्वार्थ भएको बताएका छन् । उनले देश विकास गर्ने योजना र तागत आफ्नो पार्टीसँग मात्रै भएको उल्लेख गर्दै समृद्ध नेपाल–सुखी नेपालीको सपना साकार पार्न आफु योजना र कार्यान्वयनको उपाय सहित निर्वाचनमा सामेल भएको स्पष्ट पारे । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्दै कार्कीले भने–‘जहिले पनि एमालेले सम्भव सपना देख्यो र तिनीहरुको सार्थक परिणाम पनि देखिइसकेको छ, अब पनि आफ्नो घोषणापत्रमा समृद्धिको अभियान उल्लेख गरेका छौँ ।’ राष्ट्रिय स्वाधिनताको रक्षासहित उज्यालो प्रदेश र क्षेत्र निर्माण गर्दै समृद्धिका सबै पूर्वाधारहरुको उत्कृष्टतापूर्वक निर्माणमा लाग्ने उनको प्रतिवद्धता छ । ‘जनताको जगमा उभिएको पार्टी हो, जनताको आशा र विश्वासलाई भरोसामा बदल्ने छु ।...
‘विपक्षीले रोक्ने कसरत गर्दा पनि बाटोको योजना प¥यो, अब सम्पन्न गर्ने जिम्मा’
राजनीति, समाचार

‘विपक्षीले रोक्ने कसरत गर्दा पनि बाटोको योजना प¥यो, अब सम्पन्न गर्ने जिम्मा’

नेपालअखबार, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले गठबन्धन विरोधीले धेरै रोक्ने कोसिस गर्दा पनि घट्टेखोला धम्पुस बाटोको योजना पार्न सफल भएको दावी गरेका छन् । उनले यो योजना अब टेण्डरमा गईसकेकोले यो बाटोलाई सम्पन्न गर्नुपर्ने जिम्मा पनि आफुहरुकै काँधमा आएको बताए । माछापुछ«े गाउँपालिकाको धम्पुसमा आयोजना गरिएको चुनावी सभामा बोल्दै बरालले भने, ‘हामीले यो बाटो ल्याउन पहल ग¥यौं, विपक्षीहरुले रोक्न धेरै प्रयास गरे, तर हामीले उनीहरुको अबरोध चिर्दै योजना पारेका छौं ।’ उनले अगाडी थपे, ‘अब यो बाटो टेण्डरको प्रकृयामा गईसकेकोले सम्पन्न पनि हामीले नै गर्ने हो ।’ बरालले आफु प्रदेश सभामा हुँदा धेरै कामहरुको थालनी भएको बताउँदै ति कामहरु पनि पुरा गर्न प्रदेश सभामा पनि गठबन्धनका उम्मेदवारले बिताए । ‘ यहाँ थाँती रहेका योजना सम्पन्न गर्न र नयाँ योजना ...
नक्कली सुन धितो राखेर बैंकबाट लिए २४ लाख ऋण!
राजनीति, समाचार

नक्कली सुन धितो राखेर बैंकबाट लिए २४ लाख ऋण!

नेपालअखबार, पाेखरा । पोखरामा प्रहरीले नक्कली सुन धितो राखी ऋण लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पर्वतको कुश्मा घर भई पोखरा महानगरपालिका-२५ सराङकोटका २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। उनका अनुसार सुनारले बैंकमा नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण लिएका थिए। यस्तै, सुनारले बिरौटास्थित वाणिज्य बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोकस्थित शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ ऋण लिएको खुलेको प्रहरी उपरीक्षक तिवारीले बताए। उनका अनुसार ऋणको किस्ता तिर्न सुनार नआएपछि सुन जाँच गर्दा नक्कली भेटिएको हो। अनुसन्धानका क्रममा निजले धितो राखेको सुनचाँदी व्यवसायी संघ कास्कीमा चेकजाँच गर्न पठाउँदा धितो राखिएको गहना नक्कली भेटिएको परीक्षण प्रतिवेदन उल्लेख भएको उनले बताए। सुनारमाथि ठगी, आपराधिक विश्वास...
गठबन्धनको प्रतिबद्धता : माध्यमिकतहमै पर्यटनविषयको पाठ्यक्रम
राजनीति, समाचार

गठबन्धनको प्रतिबद्धता : माध्यमिकतहमै पर्यटनविषयको पाठ्यक्रम

नेपालअखबार, पोखरा । कास्की २ कापाँचदलीय गठबन्धनका साझा उमेदवारहरुले पोखराको पर्यटनलाई बढवादिनमाध्यामिकतहमै पाठ्यक्रमबनाउनपहल पर्ने प्रतिवद्धता जनाएको छ । पोखरा पर्यटन क्षेत्र भएकाले यस क्षेत्रमा आवश्यक दक्षजनशक्ति उत्पादनगर्न माध्यमिकतहमै पर्यटनका विषयमा पठनपाठन गर्न पहलगर्ने बताएको छ । जसका लागि सार्वजनिक र सामुदायिकविद्यालयसँग सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै सूचना, सञ्चार तथाप्रविधिको बढ्दो आवश्यकतालाई सम्बोधनगर्न महानगरीय आईसिटी एकेडेमी स्थापनागर्न महानगरसँग सहकार्य गर्ने बताएको छ । यो सँगै शिक्षा क्षेत्रमा खोजमुलक पठनपाठन तथा अनुसन्धान संस्कृतिको विकास गरी गु्णस्तरीय शिक्षाहासिलगर्ने अवसरको सुनिश्चितता गर्न एक मेट्रो लाईब्रेरी र वडास्तरमालाई ब्रेरी स्थापनाका लागि पहल गर्ने बताएको छ । विद्यार्थीहरुका लागिआत्मनिर्भर सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि गरे...