हर्क साम्पाङ भन्छन्- हाम्रो उपमेयरलाई काठमाडौं बसुन्जेल पखाला लाग्यो अनि मैले व्यंग्य गरेँ
नेपालअखबार, काठमाडाैं । धरानका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोरमैला र खासगरी मेयर बालेन शाहलाई लक्षित गरी सामाजिक सञ्जालमा लगातार टिप्पणी लेखिरहेका छन्। उनले आफ्ना फेसबुक स्ट्याटस र भिडिओमा प्रयोग गरेको भाषाशैलीलाई लिएर सामाजिक सञ्जालमा विरोध पनि भइरहेको छ।
यसै सन्दर्भमा नेपालअखबारसंग धरानका मेयर साम्पाङलाई उनका स्ट्याटसहरूबारे कुराकानी गरेको छ।
हामीले उनलाई सोध्यौं, ‘तपाईंले किन बालेनलाई नै लक्षित गरी स्ट्याटस राख्नुभयो?'
जवाफमा साम्पाङले काठमाडौं सबैको साझा राजधानी भएकाले टिप्पणी गर्नु आफ्नो अधिकार भएको बताए।
‘यो हामी सबैको राजधानी होइन? कि तपाईंहरूको मात्र हो?’ उनले भने, ‘हामी सबैको हो भने यो मेरो पनि राजधानी हो। मैले मेरो राजधानीमा कुनै कुरा भएको छैन भनेर बोल्न पाउने कि नपाउने?’
उनले अगाडि भने, 'मैले धरानको मेयरका रूपमा होइन, एक आममानिसका रूपमा काठमाडौंका...










