Thursday, July 9

राजनीति

अनुसन्धानका लागि गण्डकी प्रदेश छुट्यायो १० करोड
प्रदेश ४, राजनीति, समाचार

अनुसन्धानका लागि गण्डकी प्रदेश छुट्यायो १० करोड

नेपालअखबार, पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान गरिएको हो । उक्त अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पु¥याउन सफल भएको भन्दै प्रशंसा गरे । शिक्षण पेसामा आबद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले पुन यो स्थानमा पुगेको बताए । गण्डकी प्रदेश सरकारले निकै राम्रो कामको थालनी गरेको भन्दै आगामी वर्षमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त...
प्रतिनिधिसभाबाट यौन हिंसासम्बन्धी विधेयक पारित
राजनीति, समाचार

प्रतिनिधिसभाबाट यौन हिंसासम्बन्धी विधेयक पारित

नेपालअखार, काठमाडाैं । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भयो । उक्त विधेयक उपर बैठकमा छलफल भई उठेका प्रश्नको कानूनमन्त्री कोइरालाले जवाफ दिएपछि विधेयक पारित गरिएको थियो । यौन हिंसासम्बन्धी विधेयकलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद झपटबहादुर रावलले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गरेका थिए । नेपालको संविधानको धारा ९४ मा संघीय संसद्को कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न ...
निर्वाचनअघि कुनै पार्टीसँग एकता हुँदैन : माधव नेपाल
राजनीति, समाचार

निर्वाचनअघि कुनै पार्टीसँग एकता हुँदैन : माधव नेपाल

नेपालअखबार, धनगढी । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पनि पार्टीसँग एकता नगर्ने बताएका छन् । प्रेस संगठन धनगढीले सोमबार बिहान गरेको पत्रकार भेटघाटका क्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म एकता सम्भव नभएको तर वाम शक्तिहरूबीचको एकता आवश्यक रहेको बताएका हुन् । ‘वाम शक्तिलाई एक ठाउँमा ल्याउन विगतमा पनि हामीले भूमिका खेलेका छौं । अझंै पनि विभिन्न हिसाबले विचार मिल्ने वाम शक्तिहरूसँग सहकार्य गरेर जान तयार छौं’ नेपालले भने, ‘यस अर्थमा संविधान मिच्ने काममा भूमिका नखेलेका, प्रगति र परिवर्तनको पक्षमा भएका तथा समाजवादको यात्रामा रहेका शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्छौं ।’ नेकपा (माओवादी केन्द्र)सँग एकीकरण हुने चर्चा चलेको विषयमा नेपालले अगामी निर्वाचनअघि नै कुनै पार्टीसँग एकता नहुने जवाफ दिए । एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको न...
एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे

नेपालअखबार, बुटवल ।  नेकपा (एकीकृत समाजवादी) को लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन हुनुभएको  छ । शनिबार बुटवलमा सम्पन्न पार्टीको प्रदेश कमिटी वैठकले संघीय सांसदसमेत रहनुभएका  पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघिका प्रदेश अध्यक्ष मेटमणि चौधरी शहरी विकास मन्त्री नियुक्त भएपछि पाण्डेलाई अध्यक्ष बनाइएको हो । उपाध्यक्षहरुमा श्रीराम यादव र  चीनबहादुर गुरुङ, सचिवमा सरिता श्रीस, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मीरा श्रेष्ठ चयन हुनुभएको छ  । वैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ वटै जिल्लामा निर्वाचन अभियान थाल्ने निर्णय गरेको छ । वैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा ५ दलीय गठबन्धन कायम रहने भएपनि गठबन्धनको मात्र भर नपरी संगठन विस्तार र परिचालनमा केन्द्रित हुन निर्देशन दिनुभएको थियो  ।...
वामपन्थी दलहरू मिल्दा काँग्रेस आत्तिनु भएन : माधव नेपाल
राजनीति, समाचार

वामपन्थी दलहरू मिल्दा काँग्रेस आत्तिनु भएन : माधव नेपाल

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय  गठबन्धनले देशलाई सङ्कटबाट बचाएको दाबी गरेका छन् । उनले गठबन्धनले संविधान जोगाउनुका साथै देशमा देखिएको अस्थिरतालाई कम गरेको बताए । समाजवादी प्रेस सङ्गठनले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले गठबन्धन चुनावमा जाँदा पार्टीलाई भएको फाइदा बताउँदै आगामी चुनावसम्म गठबन्धन  कायमै रहने बताए । अघिल्लो चुनावमा भएका कमजोरीहरूलाई सच्याउँदै पाँच दलीय गठबन्धन कायम रहनुपर्नेमा उनको जोड थियो। यद्यपि उनले चुनावमा गठबन्धनको मात्रै भर नपर्ने बताए । राजनीतिमा विश्वासले पनि सम्बन्ध कायम राख्ने बताउँदै विगतमा काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग गरिएका कतिपय सम्झौताले पनि यसको आधार तय गरेको उनले बताए । उनले भने, ‘२०६३ सालमा मैले गिरिजाप्रसादलाई प्रधानमन्त्री बनाए र २०६६ मा उनले मलाई प्...
बेलायत नेपालको महत्वपूर्ण विकास साझेदार हो : प्रधानमन्त्री देउवा
राजनीति, समाचार

बेलायत नेपालको महत्वपूर्ण विकास साझेदार हो : प्रधानमन्त्री देउवा

नेपालअखबार, काठमाडाै । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको एउटा महत्वपूर्ण विकास साझेदार भएको बताएका छन् ।  प्रधानमन्त्री देउवाले नेपाल पत्रकार महासंघ युकेको स्थापनाको दश वर्ष पूरा भएको अवसरमा एक सन्देश दिदै दुई मुलुकसँग दुई सयभन्दा बढी लामो ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरेका छन्। देउवाले ठूलो संख्यामा रहेका भूतपूर्व गोर्खा सैनिकका समस्या तथा मागहरु सम्बन्धित क्षेत्रसम्म पुराउन बेलायतस्थित नेपाली सञ्चारकर्मीहरूले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे । देउवाले आइतवार हुने विषेश समारोहको सफलताको लागि शुभकामना व्यक्त गर्दै  आगामी दिनमा पनि बेलायतमा कार्यरत पत्रकारहरुले नेपाल–बेलायत सम्बन्ध मजबुत पार्न रचनात्मक भूमिका निर्वाह गर्ने  विश्वास लिएका छन् । उनले सन् १९९० पछि नेपालीहरु संसारभर पुगेका प्रवासी नेपाली समुदायले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न सक्दो...
बेलायती प्रधानमन्त्री जोन्सनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने
राजनीति, विश्व, समाचार

बेलायती प्रधानमन्त्री जोन्सनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने

नेपालअखबार , एजेन्सि । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् । शरद ऋतुसम्म प्रधानमन्त्रीमा भने रहिरहने उनले बताए । पछिल्लो समय एकपछि अर्को मन्त्रीले राजीनामा दिएपछि जोन्सनमाथि सरकार छाड्नुपर्ने दबाव बढेको थियो । तर उनले प्रधानमन्त्रीको साटो पार्टी नेताबाट राजीनामा दिने तयारी गरेका हुन् । यौन दुर्व्यवहारमा संलग्न रहेका व्यक्तिलाई उनको विगतबारे जानकारी हुँदा हुँदै पनि नियुक्ति दिएको पाइएपछि जोन्सनको कार्यक्षमतामाथि प्रश्न उठाउँदै केही मन्त्री र सरकारका सहयोगीहरुले राजीनामा दिएका थिए ।...
सरकारले आज प्रतिनिधि सभाबाट नागरिकता विधेयक फिर्ता लिँदै
राजनीति, समाचार

सरकारले आज प्रतिनिधि सभाबाट नागरिकता विधेयक फिर्ता लिँदै

नेपालअखबार, काठमाडाै । सरकारले प्रतिनिधि सभा बैठकबाट नागरिकता विधेयक फिर्ता लिने भएको छ। प्रतिनिधि सभाको कार्यसूची अनुसार गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाको बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन्। सरकारले नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक संसदबाट फास्ट ट्र्याकमा अघि बढाउने जनाएको छ। राज्य व्यवस्था समितिले नागरिकता सम्बन्धी विधेयकको छलफल टुंगो लगाएर प्रतिवेदन प्रतिनिधि सभामा बुझाएको थियो। उक्त प्रतिवेदनमा वैवाहिक अंगिकृत नागरिकता लिन चाहने व्यक्तिले नेपालमा निरन्तर सात वर्ष बसोबास गरेको हुनुपर्ने व्यवस्था गरेको थियो। राज्य व्यवस्था समितिबाट उक्त विधेयक अघि बढाउँदा बहुमतको आधारमा अघि बढाइएको थियो। उक्त प्रावधानको मधेश केन्द्रित दलका सांसद र नेपाली कांग्रेसका सांसदहरूले विरोध गरेका थिए। २०७५ सालको साउन २८ प्रतिनिधि सभामा प्रस्तुत भएको नागरिकता सम्ब...
स्वास्थ्य मन्त्रीद्वारा राज्यमन्त्रीलाई अधिकार प्रत्यायोजन
राजनीति, समाचार, स्वास्थ्य

स्वास्थ्य मन्त्रीद्वारा राज्यमन्त्रीलाई अधिकार प्रत्यायोजन

नेपालअखबार, काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले आफ्नो क्षेत्राधिकारभित्रका विभिन्न काम राज्यमन्त्रीलाई प्रत्यायोजन गर्नुभएको छ । मन्त्री खापुङले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन केसीलाई केही जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । मन्त्री खापुङले राज्यमन्त्री केसीलाई दिनुभएको पत्र अनुसार ५ वटा कामको जिम्मेवारी दिइएको छ । राज्यमन्त्री केसीले पाउनु भएको अधिकार  १. मन्त्रालय वा अन्तर्गत निकाय वा सो अन्तर्गत रहेका परिषद, विभाग, अस्पताल, प्रतिष्ठान, बोर्ड, केन्द्र र आयोजना लगायतका सम्पूर्णको अनुगमन गर्ने समन्वय गर्ने र नीतिगत सुधारका लागि विषयमा रायसहित पेश गर्ने। २. विशिष्टीकृत अस्पतालहरुको सेवा प्रवाहको अनुगमन गर्ने, नीतिगत सुधारका लागि निर्देशन दिने विषयमा रायसहित पेश गर्ने । ३. विशिष्टिकृत अस्पतालहरुको न्युनतम सेवा मापदण्ड  सम्बन्धी विस्तृ...
श्रममन्त्री कुँवर र  युएइका राजदुत नक्विबीच भेटवार्ता
राजनीति, समाचार

श्रममन्त्री कुँवर र युएइका राजदुत नक्विबीच भेटवार्ता

नेपालअखबार,काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेटस (युएइ) का राजदुत साइद अल नक्विबीच भेटवार्ता भएको छ । राजदुत नक्वि मन्त्री कुँवरलाई भेट्न बुधबार मन्त्रालय पुग्नु भएको थियो । उहाँहरुबीच नेपाल र युएईबीचको सम्बन्ध अझै मजबुद्ध बनाउने विषयमा छलफल भएको छ । युइएमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजिकरण गर्ने विषयमा पनि कुराकानी भयो । राजदुत नक्विलाई मन्त्री कुँवरले युएइबाट कामदारको विषयमा कुनै नयाँ प्रस्ताव आएमा दुई देशबीच आपसमा सरसल्लाह गरेर अगाडी बढ्ने जानकारी गराउनु भएको थियो । साथै उहाँले संयुक्त अरब इमिरेटसका ठुला लगानीकर्ताहरुलाई नेपालको पर्यटन उद्योग, हाइड्रोपावर, चिकित्सा शिक्षा, इजिनियरिङ र सेवा क्षेत्रमा लगानी गर्न आव्हान समेत गर्नु भएको छ । भेटमा मन्त्री कुँवरले केही समयपछि युएइका मन्त्रीलाई नेपाल भ्रमणमा आउनका ल...