Wednesday, July 8

राजनीति

एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने
राजनीति, समाचार

एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

नेपालअखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । समाजवादीको सचिवालय बैठकले जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको हो । शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक सञ्चालन गर्ने निर्णय भएको महासचिव बेदुराम भुसालले जानकारी दिए । प्रशिक्षक प्रशिक्षण सञ्चालन गरी देशभर नेतृत्व विकास तथा सङ्गठन सुदृढीकरण गरिनेछ । समसामयिक राजनीतिक अवस्थामा समेत छलफल गरेको बैठकले हालै सम्पन्न केन्द्रीय कमिटी, केन्द्रीय परिषद्को बैठकले पारित गरेका राजनीतिक प्रतिवेदनका साथै केही निर्णयमा समेत छलफल बैठकले गरेको छ ।...
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् ८ वटा सम्भावित कार्यसूची
राजनीति, समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् ८ वटा सम्भावित कार्यसूची

नेपालअखबार, काठमाडाैं । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा आठ वटा सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसद सचिवालयका अनुसार मन्त्रिमण्डल गठन सम्बन्ध पत्र बढेर सुनाउने पहिलो कार्यसूची रहेको छ । आजको बैठकमा  प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुई वटा प्रतिवेदन पेस गर्ने जनाएको छ । वन तथा वातावरणमन्त्री रामसहाय यादवले प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।...
जसपाले बुझायो नयाँ मन्त्रीहरूको नाम
राजनीति, समाचार

जसपाले बुझायो नयाँ मन्त्रीहरूको नाम

नेपालअखबार, काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) ले अहिले सरकारमा रहेका तीन जना मन्त्रीलाई फिर्ता बोलाएको छ। जसपाले भौतिक पूर्वाधार, वन र कृषि मन्त्रीलाई फिर्ता बोलाएको हो। भौतिक पूर्वाधार मन्त्री रेनु यादव, वनमन्त्री रामसहाय यादव र कृषि मन्त्री महिन्द्र राय यादवलाई जसपाले फिर्ता बोलाएको हो। साथै यी ठाउँमा पार्टीबाट नयाँ मन्त्री सिफारिस भएका छन्। जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बेलुकी बालुवाटारमा भेटेर पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीको नाम बुझाएका छन्। जसअनुसार जसपाबाट भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवलाई सिफारिस भएको छ। जसपाले अहिले सरकारमा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएको छ। ‘जसपाले तीन म...
तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरुबीच बैठक
राजनीति, समाचार

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरुबीच बैठक

नेपालअखबार,  काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँच सचिवालय सदस्यबीच आइतबार भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच भेटवार्ता भएको हो । उनीहरुबीच राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेस संगको गठबन्धन आदि विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । उनीहरुबीच छलफललाई निरन्तरता दिने समझदारी पनि भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । तत्कालीन नेकपामा ९ सदस्यीय सचिवालय समितिमा थियो । जसमा यी पाँच नेताबाहेक केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल पनि थिए ।...
मन्त्री बरालमाओबादी केन्द्रको केन्द्रिय सदस्य
राजनीति, समाचार

मन्त्री बरालमाओबादी केन्द्रको केन्द्रिय सदस्य

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बरालजीवननेकपामाओवादी केन्द्रले केन्द्रीयसदस्यमामनोनितभएका छन्। आइतबार बसेको केन्द्रीय समितिको बैठकले मन्त्री बराललाई केन्द्रिय सदस्यमामनोनित गरेको हो । पार्टीअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले केन्द्रीय समितिमाबराललाई केन्द्रिय सदस्यमामनोनितगर्ने प्रस्ताव पेश गरेकाथिए । मन्त्रीबराल यस अघि गण्डकी प्रदेशको पार्टी सदस्यभएकाथिए । त्यसै गरी बैठकले आसमान रोका, तेज कुमारी पौडेललाई समेत केन्द्रिय सदस्यमामनोनयन गरेको श्रोतको भनाई छ । मनोनितभएका सदस्यहरुलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टीको हेडक्वाटरमा सोमबार सपथ ग्रहण गराएको रोकाले जनाए । काठमाण्डौंमा सोमबार देखि सुरु भएको बैठकअसार २१ गतेसम्मचल्ने भएको उनले जनाए । गण्डकी प्रदेशको प्रदेश सभामा बजेट सम्बन्धि छलफल सोमबार देखि संचालनहुने भएको हुदामन्त्री बरालपोखरा फर्किदै गरेको श्रोतको भनाई ...
एमालेले सातै प्रदेशमा प्रशिक्षण दिने
राजनीति, समाचार

एमालेले सातै प्रदेशमा प्रशिक्षण दिने

नेपालअखबार, काठमाडाैं । नेकपा एमालेले सातै प्रदेशमा कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ। आइतबार बसेको एमाले सचिवालय बैठकले सातै प्रदेशमा प्रशिक्षणका लागि उपाध्यक्षहरूलाई खटाउन लागेको हो। प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा सुरेन्द्र पाण्डे, बागमती प्रदेशमा विष्णु पौडेल, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवास नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशमा युवराज ज्ञवालीलाई खटाउने निर्णय गरेको हो। प्रशिक्षणको मिति भने तय भएको छैन। प्रशिक्षणमा समसामयिक राजनीतिक ओरियन्टेसन हुने, निर्वाचनको समीक्षा र आगामी निर्वाचनको तयारीबारे प्रशिक्षण हुने एमाले प्रचार प्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए। जनप्रतिनिधिलाई काममा सहजीकरण गर्ने, महंगी लगायतका जनविरोधी काममा जनसंगठनलाई परिचालन गर्ने, प्राकृतिक विपत्तिको अवस्थामा स्वयंसेवकलाई तयारी...
एकीकृत समाजवादीको झण्डासहित किर्गिस्तानको लेनिन पिक चढ्दै लालबहादुर
राजनीति, समाचार

एकीकृत समाजवादीको झण्डासहित किर्गिस्तानको लेनिन पिक चढ्दै लालबहादुर

नेपालअखबार, काठमाडाैं । आरोही लालबहादुर जिरेलले किर्गिस्तानको लेनिन पिक चढ्ने भएका छन् । नेपालका सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिससकेका जिरेलले किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लागेका हुन् । उनलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बिदाई गरे ।  जिरेलले उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम अंकित झण्डा फहराउने नेपालले बताएका छन् ।  सो अनुसार उनलाई पार्टी केन्द्रीय कार्यालयमा उक्त झण्डा हस्तान्तरण नेपालले बताए । दोलखा जिरी निवासी जिरेललाई आरोहण सफलताको शुभकामना पनि नेपालले दिएका छन् ।...
अध्यक्ष नेपाल  भारतीय राजदूत कोटेश्वरमा भेट्न
राजनीति, समाचार

अध्यक्ष नेपाल भारतीय राजदूत कोटेश्वरमा भेट्न

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच शनिबार भेटघाट भएको छ । राजदूत श्रीवास्तव कोटेश्वरस्थित आफ्नो निवासमा भेटघाटको लागि आइपुगेको अध्यक्ष नेपालले फेसबुकमार्फत् जानकारी दिएका छन् । अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । भेटमा नेपाल भारत सम्बन्ध र अहिले भइरहेको विविध समस्याका बारेमा कुरा भएको अध्यक्ष नेपालले जानकारी दिए । श्रीवास्तवले शिष्टाचार भेटपछि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने आश्वासन दिएको नेपालले जानकारी दिए ।...
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
राजनीति, समाचार

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

नेपालअखबार, काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने छ । बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार तथा नवीकरण र विभागहरूको काम व्यवस्थापनलगायत एजेण्डाहरुमा छलफल हुने नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।...
गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा
राजनीति, समाचार, हाइलाइट-समाचार

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा

नेपालअखबार । हाल निर्माणाधीन स्थानको विकल्प खोज्न दिएको सर्बोच्च अदालतको आदेश विपरीत सत्तारुढ गठबन्धनका नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई यथास्थितिबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली सेनाको हेलिकप्टर चढेर शनिबार निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्ने निस्किएका सत्तारुढ गठबन्धनका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई यथास्थितिबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनीहरु सबैले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विकल्प नभएको भन्दै तत्कालै काम सुरु गर्नुपर्ने धारणा ...