Tuesday, July 7

राजनीति

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले पारित
प्रदेश ५, राजनीति, समाचार

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले पारित

नेपाल अखबार। प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ। विशेषगरी प्रदेश नम्बर ५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा मंगलबारको भोटिङबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ भने प्रदेशको नाम पनि लुम्बिनी भएको छ । प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भयो । भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताए । उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको राजधानीको छिनोफानो गर्ने भोटिङमा ८२ सांसद उपस्थित रहे । भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे । हाल प्रदेशको अस्थायी राजधानी रुपन्देहीको बुटवलमा रहेको थियो । सत्तारुढ नेकपाले सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्व...

कोरोना नियन्त्रणमा सरकारी उदासिनताले सीमा नाघ्यो- कांग्रेस
राजनीति, विचार, समाचार

कोरोना नियन्त्रणमा सरकारी उदासिनताले सीमा नाघ्यो- कांग्रेस

नेपाल अखबार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना संक्रमणको रोकथाममा सरकारी उदासिनताले पराकाष्ठा नाघेको आरोप लगाएको छ । काँग्रेस सहमहामन्त्री एवं कोभिड—१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमितहरुको सम्पर्कमा आएकाको ट्रेसिङ गरी परिक्षण र आइसोलेसनको व्यवस्था गर्न नसकेको बताए । ‘विशेषत काठमाडौं उपत्यकामा जसको आइसोलेसनमा बस्नको लागि समुचित व्यवस्था छैन, जो डेरामा बस्छन् या घरै भएपनि मापदण्ड अनुरुप बस्ने व्यवस्था छैन, उनीहरुको विचल्ली भएको छ र यी संक्रमितहरुबाट थप संक्रमण फैलने परिस्थिति बनेको छ,’ महतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘कतिपय संक्रमितहरु जो डेरामा बस्छन् या बाहिरबाट आएर परीक्षण गर्दा पोजेटिभ देखिएका छन्, सरकारी निकायहरुसँग फोन गरी आइसोलेसनमा बस्न माग गरेका छन्, उनीहरुलाई समेत केही दिनपछि सम्पर्क गर्नु भनेर पन्छाएको स्...
नेकपाको सचिवालय बैठक भोलि
राजनीति, समाचार

नेकपाको सचिवालय बैठक भोलि

नेपाल अखबार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच भेट भएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । दुई अध्यक्ष बीच भएको भेटपछि नेकपाले सचिवालय बैठक बोलाइएको छ ।आइतबार स्थगित भएको सचिवालय बैठक भोलि (मंगलबार) दिउँसो चार बजे बोलाइएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए । उनका अनुसार दुई अध्यक्षबीच बैठकको एजेण्डाबारे समेत सामान्य छलफल भएको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएपछि नेकपामा असन्तुष्टि देखिएको छ । सोमबारको बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने भएको छ । नेकपाले सचिवालय बैठक शनिबार नै बोलाइएको भए पनि तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो । तर, शनिबार दिउँसो प्रधानमन्त्रीका सचिवालय सदस...
प्रदेशसभा बैठकमा बबाल, काँग्रेस सांसदद्वारा कुर्सी तोडफोड
प्रदेश ५, राजनीति, समाचार

प्रदेशसभा बैठकमा बबाल, काँग्रेस सांसदद्वारा कुर्सी तोडफोड

नेपाल अखबार, काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तनाव भएको छ । प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गरेका छन् भने सो क्रममा कुर्सी तोडफोड समेत भएको छ । राजधानी दाङ बनाउने प्रस्ताव सरकारले प्रदेशसभामा पेश गरेपछि तनाव बढेको छ । सोही क्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबारको पहिलो बैठक पनि अवरुद्ध गरेको थियो । पहिलो बैठक अवरुद्ध भएपछि बोलाइएको दोस्रो बैठकमा थप तनाव उत्पन्न भएको हो । बैठकमा कांग्रेस सांसदहरूले नाराबाजीसहित कुर्सी भाँचेका हुन् । काँग्रेसको नाराबाजी र तोडफोडका बीच पनि सभामुखले बैठक अघि बढाएका छन् । सभामुखले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केशीलाई बोल्न दिएका छन् । अहिले बोल्ने र विरोध गर्ने क्रम जारी छ । कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केही दिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन आग्रह गरेको थियो...
पक्राउ परेका नेता–कार्यकर्ता बिना सर्त छाड्न नेविसंघको आग्रह
राजनीति, समाचार

पक्राउ परेका नेता–कार्यकर्ता बिना सर्त छाड्न नेविसंघको आग्रह

नेपाल अखबार, काठमाडौं । प्रदेश नम्बर पाँचको राजधानी सम्बन्धमा सरकारको निर्णयपछि बुटवलमा भइरहेका प्रदर्शन, सरकारी दमन र धरपकडप्रति नेपाल विद्यार्थी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। छलफल, संवाद, वार्ता र सहमतिको माध्यमबाट निकास खोज्ने र सकारात्मक एवं यथोचित मागलाई उचित सम्बोधन गर्नको सट्टा उल्टै धरपकड‌, दमन, कर्फ्यु र सत्ताको आडमा बर्बरतापुर्बक बल प्रयोग गर्न उद्धत हुनु सरकारको पराजित मानसिकताको उपज भएको नेविसङ्घका महामन्त्री बलदेव तिमल्सिनाले बताए । नेविसंघका महामन्त्री तिमल्सिनाद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण ढंगबाट छलफल गरिरहेको अबस्थामा नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल तथा नेपाली कॉंग्रेसका नेताहरु हरिलाल पाण्डे, शिव गैरे,बिष्णु पोख्रेल, ज्ञानेन्द्र कार्की, तरुण नेता प्रकाश गैरे पत्रकार कमला पाण्डे लगायतलाई गरिएको गिरफ्तारीप्रति घोर भर्त्सना गर्दै...
पोखरामा जनपत्रकार शहीद पहारीको १६ औ स्मृति दिवस
राजनीति, समाचार, समाज

पोखरामा जनपत्रकार शहीद पहारीको १६ औ स्मृति दिवस

नेपाल अखबार, पाेखरा। जनपत्रकार शहीद महेश पहारीको १६ औ स्मृति दिवस पोखरामा मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वडा कमिटी पोखरा–१० ले आयोजना गरेको स्मृति सभामा नेकपामा केन्द्र, प्रदेश जिल्ला तथा स्थानीय नेता कार्यकर्ता, सञ्चारकर्मी तथा स्थानीयवासीले पहारीको बुद्धचोकस्थित घरमा पुगेर शहीदको तस्वीरमा माल्र्यापण गरी स्मरण गरे । कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं नेकपा गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारीले शहीद,घाइते तथा बेपत्ता योद्धाहरुको परिवारको व्यवस्थापनका लागि पार्टीभित्र छुट्टै विभाग आवश्यक रहेको बताए। शहीदले देश र जनता केन्द्रित भएर गरेको बलिदानीबाट हालको उपलव्धी हासिल भएकाले जनयुद्ध, जनआन्दोलन तथा परिर्वतनका लागि भएका सङ्घर्षका शहीद, बेपत्ता तथा घाइतेका परिवारजनप्रति पार्टीले विशेष ध्यान उनले बताउ । “शहीदले हामीलाई पीडालाई बिर्साउदै निरन्तर क्रियाशील ...
देउवाको आग्रह प्रधानमन्त्रीलाई –डा. केसीसँग अविलम्ब वार्ता गर
राजनीति, विचार, समाचार

देउवाको आग्रह प्रधानमन्त्रीलाई –डा. केसीसँग अविलम्ब वार्ता गर

नेपाल अखबार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत डा. गाविन्द केसीसँग अविलम्ब वार्ता गरी उनको जीवन रक्षा गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । देउवाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएका कारण अविलम्ब वार्ता गरी उनको जीवन रक्षा गर्न ढिलाइ नगर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उहाँको जीवन रक्षा गर्न किन्चित ढिलाइ नगर्न आग्रह गर्दै, ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत म दिन चाहन्छु ।’ २१ दिनदेखि अनशनमा बस्दै आएका डा. केसीको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग सम्बोधन गर्न कुनै गम्भीरता नदेखाउनु अत्यन्तै दुःखद र गम्भीर विषय भएको देउवाको भन...
नेकपा सचिवालय बैठक स्थगित
राजनीति, समाचार

नेकपा सचिवालय बैठक स्थगित

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो । पछिल्लो समय सरकारले गरेको राजनीतिक नियुक्तबारे पार्टीमा प्रश्न उठेपछि बैठक बोलाइएको थियो । अर्को बैठकको मिति तोकिएको छैन ।...
राप्रपाका भीमदत्त नगरका अध्यक्षसहित १०० कार्यकर्ता नेकपा प्रवेश
राजनीति, समाचार

राप्रपाका भीमदत्त नगरका अध्यक्षसहित १०० कार्यकर्ता नेकपा प्रवेश

नेपाल अखबार, कञ्चनपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्त नगरका अध्यक्ष तुलबहादुर थापासहित १०० नेता–कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपा प्रवेश गर्नेमा राप्रपाको युवक सङ्गठनका केन्द्रीय सदस्य तेजेन्द्र ऐर, एकीकृत राप्रपाका जिल्ला उपाध्यक्ष मानबहादुर कार्कीलगायत १०० जना छन् । नेकपाको भीमदत्त नगर कमिटीले शनिबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराएको हो । नेकपाका केन्द्रीय सदस्य कञ्चनपुर सहइन्चार्ज लालबहादुर विकले नेता थापासहित उनीहरु सबैलाई टीका र दोसल्ला ओढाएर पार्टी प्रवेश गराए । रासस...