Monday, July 6

राजनीति

पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु
राजनीति, विश्व, समाचार

पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु

नेपालअखबार, पाकिस्तान । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लङ्घन गरी गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको र १४ जना घाइते भएको जनाएको छ । तालिबानका अनुसार आक्रमणले दुई देशबीचको तनावलाई थप चर्काएको छ र सीमावर्ती क्षेत्रमा असुरक्षाको अवस्था गम्भीर बनेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले मङ्गलबार राति र बुधबार बिहानको बीचमा पाकिस्तानले कुनार, खोस्त र पक्तिका प्रान्तका बस्तीहरूलाई लक्षित गरी बमबारी गरेको बताए । उनका अनुसार उक्त आक्रमणमा ११ बालबालिका, एक महिला र एक वृद्ध पुरुषको मृत्यु भएको छ । मुजाहिदले आक्रमणका क्रममा १४ जना महिला घाइते भएको जानकारी दिँदै घटनापछिका तस्बिरसमेत सार्वजनिक गर्नुभयो । तालिबानले यसलाई अफगानिस्तानको सार्वभौमसत्तामाथिको प्रत्यक्ष उल्लङ्घन र नागरिकमाथिको आक्रमणका रूपमा व्याख्या गरेको छ । अफगान अ...
५ एजेन्डासहित कांग्रेस इतर समूहका युवाद्वारा  बृहत् भेला आह्वान
राजनीति, समाचार

५ एजेन्डासहित कांग्रेस इतर समूहका युवाद्वारा बृहत् भेला आह्वान

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले ५ एजेन्डासहित ‘बृहत् युवा भेला’को आयोजना गरेका छन् । कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न इतर समूहका युवाहरूले जेठ ३० गते ‘बृहत् युवा भेला’ गर्न लागेका हुन् । दवदुर्गा पार्टी भेन्यु सुकेधारामा हुने भेलाका लागि ५ एजेन्डा तय गरिएको युवा नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए । शाहीका अनुसार फर्जी विशेष महाधिवेशनबाट गठन गरिएको समितिलाई खारेज गर्ने, भातृ संस्थामा गरिएको टीके नियुक्ति खारेज गरी निर्वाचन समितिमार्फत अधिवेशन सम्पन्न गर्ने, क्रियाशील सदस्यता अद्यावधिकको नाममा हुने धाँधली अन्त्य गर्ने तथा यसअघि नवीकरण भइसकेका सदस्यतालाई मान्यता दिने, आगामी भदौभित्र महाधिवेशन सम्पन्न गर्ने र पार्टीको नेतृत्व तथा जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गर्ने एजेन्डा भेलाका लागि तय गरिएको छ । भेलामा निवर्त...
बहराइनमा अमेरिकी नौसेनाको कमान्ड सेन्टरमा इरानको हमला
राजनीति, विश्व, समाचार

बहराइनमा अमेरिकी नौसेनाको कमान्ड सेन्टरमा इरानको हमला

नेपालअखबार,काठमाडौँ । अमेरिकाले हर्मुज आसपासका इरानी भूभागमा आक्रमण गरेपछि इरानले त्यसको जबाफ दिएको छ। इरानले बहराइनस्थित अमेरिकी नौसैनिक अड्डा 'फिफ्थ फ्लिट' मा ड्रोन हमला गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ। फिफ्थ फ्लिट मध्यपूर्वमा अमेरिकी नौसेनाको कमान्ड सेन्टर हो। यहाँ करिब ९ हजार अमेरिकी सैनिक रहेको बताइन्छ। गएराति इरानले फिफ्थ फ्लिट, जोर्डनको सैन्य अड्डा लगायत विभिन्न ठाउँका अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरेर २१ पटक ड्रोन हमला गरिएको दाबी गरेको भनेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले भने इरानको उक्त दाबी झुठो भएको बताएको छ। फिफ्थ फ्लिटमा भने सम्भावित ड्रोन हमलाका कारण साइरन बजेको र हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको भनेर कतारी मिडिया अल जजिराले लेखेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर...
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
राजनीति, समाचार

रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति

नेपालअखबार, काठमाडौँ । जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ । जिल्ला अदालत पर्साका न्यायाधीश मोहन सुवेदीले लामिछानेको मागअनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएका हुन् । सुवेदीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो । उक्त इजलासले लामिछानेको सहकारी ठगीसम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ । विशाल सहनी गोढीलगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको तथा लामिछानेलगायत प्रतिवादी रहेको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, पर्साले अभियोगपत्र संशोधनको निवेदन दायर गरेको थियो । अब पर्सा जिल्ला अदालतमा सानो पाइला सहकारी ठगी मुद्दा मात्रै बाँक...
एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै
राजनीति, समाचार

एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक मंगलबार (आज) बस्दैछ। कार्यदलको बैठक मंगलबार १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको सचिव छविलाल विश्वकर्माले जानकारी दिए। 'पहिलो बैठक भोलि बस्ने गरी आह्वान भएको छ। बैठक नै पहिलो पटक बस्न लागेकाले थप विषय अहिले नै भन्ने कुरा भएन,' उनले भने। जेठ १० गते सचिवालयको आठौं बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल बनाएको थियो। उपाध्यक्ष रामबहादुर थापा ’बादल’ को नेतृत्वमा रहेको उक्त १५ सदस्यीय कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने समयसीमा तोकिएको छ। पहिलो बैठक नै १५ दिनपछि बस्न लागेको हो। बैठकले कार्यविधि तय गरेर प्रदेश, प्रदेश र आवश्यक परे जिल्ला जिल्लामा गएर सुझाव संकलन गर्ने तयारी गरे...
इरानको अडान : न युद्धबाट पछि हट्छौं न वार्ताबाट; धम्कीसामु झुक्दैनौं
राजनीति, विश्व, समाचार

इरानको अडान : न युद्धबाट पछि हट्छौं न वार्ताबाट; धम्कीसामु झुक्दैनौं

नेपालअखबार,काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो देशको सबैभन्दा ठूलो प्राथमिकता राष्ट्रिय सुरक्षा र नागरिकको शान्ति रहेको बताएका छन्। सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा उनले इरानले आफ्नो अधिकारको दृढतापूर्वक रक्षा गर्ने र कुनै पनि धम्कीसामु पछि नहट्ने स्पष्ट पारेका छन्। राष्ट्रपति पेजेस्कियानले देशको शक्ति रक्षामा मात्र नभई वार्तामा पनि रहेको बताए। उनका अनुसार इरानले न त आफ्नो रक्षाको तयारी छाडेको छ न त वार्ताको बाटो बन्द गरेको छ। यसअघि इरानले चेतावनी दिँदै इजरायलले आफ्नो कारबाही जारी राख्यो वा दक्षिणी लेबनानमा फेरि हमला गर्‍यो भने उसलाई पहिलेभन्दा अझ कडा जवाफ दिइनेछ। रिपोर्टहरूका अनुसार ट्रम्पले नेतन्याहुलाई इरानमाथि जवाफी हमला नगर्न भनेका थिए। अमेरिकी र इजरायली अडानमा मतभेद रहेको चर्चा चुलिएको छ। यद्यपि, ट्रम्पले इरानसँग हुने कुनै पनि सम्झौता नेतन्याहुले मान...
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राजनीति, समाचार

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालअखबार,काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३-०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त प्रस्ताव स्वीकृत भएपश्चात् बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची तय गरिएको छ ।...
आज मन्त्रिपरिषद बैठक बस्दै
राजनीति, समाचार

आज मन्त्रिपरिषद बैठक बस्दै

नेपालअखबार, काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने छ ।साथै सरकारका कामकारबाहीबारे पनि छलफल गर्ने तयारी छ ।
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
प्रशासन, राजनीति, समाचार

वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा

नेपालअखबार, काठमाडौँ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंह निलम्बनमा परेका छन्। सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहविरुद्ध विशेष अदालत काठमाडौँमा अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको ठहरसहित मुद्दा दायर गरेसँगै सिंह निलम्बनमा परेका हुन् । भ्रष्टाचार मुद्दा दायर भएपछि सार्वजनिक पदमा भएका व्यक्तिको पद निलम्बन हुने कानुनी व्यवस्था छ। सिंहले सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईकी छोरीलाई आफ्नै छोरी ‘रुविना श्रेष्ठ’ कायम गरी नागरिकता दिलाएका थिए । यस कार्यमा वीरगन्ज महानगरपालिकाका तत्कालीन कर्मचारी, जिल्ला प्रशासन कार्यालयका अधिकृत र गृह मन्त्रालयका छानबिन समितिका सदस्यहरूको समेत मिलेमतो देखिएको अख्तियारको ठहर छ । अनुसन्धानका क्रममा मेयर सिंहले रुविना श्रेष्ठको जन्म दर्ता बनाउन आफैँ सूचक बनेर २...
इरानसँग वार्ता गर्ने अमेरिकी अधिकारीमाथि इसराइलले जासुसी गरेको आशंका
राजनीति, विश्व, समाचार

इरानसँग वार्ता गर्ने अमेरिकी अधिकारीमाथि इसराइलले जासुसी गरेको आशंका

नेपालअखबार, काठमाडौं । अमेरिकाले इरानसँगको शान्ति सम्झौतामा काम गरिरहेका वार्ताकारमाथि इसराइलले जासुसी गरेको शंका गरेको छ। इसराइलले गोप्य रूपमा अमेरिकी वार्ताकारको कुराकानी सुनेको भन्दै अमेरिकी खुफिया संस्थाहरूले चिन्ता व्यक्त गरेको द न्यूयोर्क टाइम्सले जनाएको छ। अमेरिका र इसराइलले फेब्रुअरी २८ मा संयुक्त रूपमा सुरू गरेको युद्ध रोक्न अमेरिका र इरानले अप्रिल ७ मा दुई साताको युद्धविराम घोषणा गरेका थिए। सो युद्धविरामपछि युद्ध अन्त्यका लागि शान्ति सम्झौता गर्न हाल अमेरिका र इरानले वार्ता गरिरहेका छन्। इसराइल संलग्न नरहेको सो वार्तामा इसराइली स्वार्थ विपरीत ट्रम्पले इरानसँग सम्झौता गर्ला भन्ने इसराइललाई चिन्ता छ। त्यसैले सो वार्तामा छलफल भएका सर्तहरूका बारेमा थाहा पाउने इसराइलले अमेरिकी अधाकरीमाथि जासूसी गरेको मानिन्छ। ‍इसराइल र अमेरिकाले खुफिया साझेदारी गरे पनि एक-अर्काको अलि-अल...