वन बढाएकोमा अब अर्ब होइन, खर्ब क्षतिपूर्ति पाउनुपर्छ : माधव नेपाल
नेपालअखबार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जलवायु न्याय र उचित क्षतिपूर्तिका लागि तथ्य र प्रमाणसहित अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउनुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित विश्व तापमानमा वृद्धि, हिमाली क्षेत्रमा पार्ने असरले नेपालमा पार्ने जोखिम र जलवायु न्याय विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।
जलवायु परिवर्तन न्यूनीकरणमा नेपालले पुर्याएको योगदानको व्यापक प्रचारप्रसार गर्दै क्षतिपूर्तिका लागि बलियो कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ।
‘वन बढाएकोमा अब अर्ब होइन, खर्ब क्षतिपूर्ति पाउनुपर्छ’
नेपालले वन संरक्षण र विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै उनले यसलाई विश्वसामु बार्गेनिङ टुलका रूपमा पेस गर्नुपर्ने बताए।
‘नेपालमा ३६ प्रतिशत मात्र रहेको जंगल अहिले ४६ प्रतिशत पुगेको छ। विभिन्न १३ ...










