Sunday, September 21

विचार

‘जेनजी’ भन्दै रास्वपा नेता गणेश कार्कीले बनाएर पठाए राष्ट्रपति कार्यालयमा सूची
राजनीति, विचार, समाचार

‘जेनजी’ भन्दै रास्वपा नेता गणेश कार्कीले बनाएर पठाए राष्ट्रपति कार्यालयमा सूची

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले जेनजीको नाम भन्दै आफैँले सूची तयार पारेर राष्ट्रपति कार्यालयमा पठाएका छन् । ‘वार्ताको लागि आह्‌वान भएपछि म आफैँले संवाद सचिवालयलाई सूची पठाएको हुँ,’  कार्कीले भने ‘जेनजी आन्दोलनमा सहभागी साथीहरुले दाइ तपाईंले पहल गरिदिनु भनेपछि मैले लिस्ट पठाएको हुँ । यो कुरा पार्टीसँग सल्लाह गरेर भएको होइन ।’ कार्कीले पठाएको सूचीमा युजन राजभण्डारी, प्रदीप ज्ञवाली, रक्षा बम, रिजन रानामगर, नवीन राई, उपार्जन चाम्लिङ, अनुषा खनाल, नीरज गौतम ‘गोतामे’, सुस्मिता क्षेत्री, आकृति घिमिरे, सुयशा शाक्य, मोनिषा चौधरी लगायतको नाम छ ।...
सर्वदलीय वा राष्ट्रिय सरकारको प्रस्ताव कांग्रेस नेता निधिले राखे
राजनीति, विचार, समाचार

सर्वदलीय वा राष्ट्रिय सरकारको प्रस्ताव कांग्रेस नेता निधिले राखे

नेपालअखबार,काठमाडौँ । कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले केपी ओली नेतृत्वको सरकारबाट तत्काल अलग हुनुपर्ने प्रस्ताव गरेका छन् । कांग्रेस पदाधिकारीको बैठकमा नेता निधिले व्यवस्था, प्रणालीमाथिनै खतरा उत्पन्न भएको भन्दै कांग्रेस सरकारबाट अलग हुनुपर्ने प्रस्ताव गरेका हुन् । ‘आजको घटनाबाट संविधान, व्यवस्था र प्रणालीमाथि खतरा आयो । यसलाई बचाउन कांग्रेस सत्ताबाट बाहिर निस्कनुपर्छ,’ उनको भनाइ उद्धृत गर्दै कांग्रेसका एक पदाधिकारीले भने,‘त्यसपछि कांग्रेसले राष्ट्रिय वा सर्वदलीय बैठकको प्रस्ताव गर्ने र त्यसको अग्रसरता पनि पार्टीले लिनेगरी जानुपर्छ ।’...
सरकारको औचित्य सकियो, कांग्रेसले तत्काल सत्ता छाड्नुपर्छ : कोइराला
राजनीति, विचार, समाचार

सरकारको औचित्य सकियो, कांग्रेसले तत्काल सत्ता छाड्नुपर्छ : कोइराला

नेपालअखबार, काठमाडौँ । कांग्रेस नेता शेखर कोइरालाले सरकारको औचित्व समाप्त भएको भन्दै तत्काल कांग्रेसले सरकार छाड्नुपर्ने बताएका छन् । उनले राजाको कालमा पनि नभएको दमन वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेको भन्दै कांग्रेस अब सरकारमा बसिरहन नमिल्ने बताए । ‘अब एउटा गृहमन्त्रीले राजीनामा दिनुको कुनै अर्थ छैन, कांग्रेस सरकारबाटै अलग हुनुपर्छ, यो सरकारमा अब एकछिन पनि रहन हुन्न’ कोइरालाले कान्तिपुरसँगको कुराकानीमा भने । करको दायरामा आएका सामाजिक सञ्जाललाई बन्द गर्ने सरकारको निर्णय आफ्नो अलोकप्रिय काम छोप्नका लागि मात्रै भएको कोइरालाको भनाइ थियो ।‘जेन–जीहरुको निकालेको शान्तिपूर्ण आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर राजाको शासनमासमेत नभएको घटनाको झल्को दिएको छ, यो कदम निरंकुश र अधिनायकवादको पराकाष्ठा हो, तत्काल जेन–जीहरुको माग पूरा गरिनुपर्छ,’ कोइरालाले भने,‘भ्रष्ट्राचार आजको आम नागरिकको मुद्दा...
कुनैपनि नेताले जिम्मेवारी लिइसकेपछि त्यो जिम्मेवारीलाई पूरा गर्नुपर्छ :अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

कुनैपनि नेताले जिम्मेवारी लिइसकेपछि त्यो जिम्मेवारीलाई पूरा गर्नुपर्छ :अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जिम्मेवारी लिएपछि पार्टी नेताले त्यसलाई पूरा गर्नुपर्ने बताएका छन् । प्रत्येक सदस्यले लिएको जिम्मेवारी पूरा गर्न सके मात्रै पार्टीलाई गतिशील बनाएर अघि बढाउन सकिने अध्यक्ष नेपालको भनाइ थियो । ‘कुनैपनि नेताले जिम्मेवारी लिइसकेपछि त्यो जिम्मेवारीलाई पूरा गर्नुपर्छ । जिम्मेवारी पूरा गरिएको छ कि छैन ? सोहीअनुसार काम गरिएको छ कि छैन भन्ने कुराको अनुगमन पनि हुनुपर्छ,’ उनले भने, ‘प्रतिवेदन नबुझाउनेलाई आवश्यक कारबाहीको प्रक्रिया पनि अगाडि बढाउनुपर्छ । यी सबै काम गर्न सकेको अवस्थामा मात्र पार्टीलाई गतिशील बनाएर अघि लैजान सकिन्छ ।’ सोमबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेपालको कम्युनिष्ट आन्दोलन गम्भीरसंकट र चुनौतीबाट गुज्...
निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न सकिँदैन : उपाध्यक्ष राई
राजनीति, विचार, समाचार

निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न सकिँदैन : उपाध्यक्ष राई

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्ष जयन्तीदेवी राईले निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न नसकिने बताएकी छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले निर्वाचन प्रणाली सबैभन्दा शुद्ध हुनुपर्ने समेत बताइन् । निर्वाचन प्रणाली शुद्ध गर्न नसकिए पछाडि परेका महिला, समुदाय, वर्ग, दलित, मुस्लिमहरूलाई अघि बढाउन नसकिने उनले बताइन् । सरकारले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक छिटो ल्याउनुपर्नेमा उनले जोड दिइन् । उनले भनिन्,‘निर्वाचन प्रणालीलाई सुधार गर्न सकेनौँ भने भ्रष्टाचारलाई कहिले पनि अन्त्य गर्न सकिँदैन । त्यसकारण निर्वाचन प्रणाली सबैभन्दा शुद्ध हुनुपर्छ । निर्वाचन प्रणाली शुद्ध गर्न सकिएन भने पछि परेको महिला, समुदाय, वर्ग, दलित, मुस्लिमहरू सबै पछि पर्दछन् । यो निर्वाचन...
मदन भण्डारीको जन्मजयन्ती व्यवस्थित बनाउन कार्यालय खोलिएको हो : ईश्वर पोखरेल
राजनीति, विचार, समाचार

मदन भण्डारीको जन्मजयन्ती व्यवस्थित बनाउन कार्यालय खोलिएको हो : ईश्वर पोखरेल

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने क्रममा कामलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय खोलेको बताएका छन् । काठमाडौंको थापागाउँमा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने सिलसिलामा मदन भण्डारी फाउन्डेशनद्वारा गठन गरिएको आयोजक समितिले आफ्नो कामलाई व्यवस्थित गर्नका लागि कार्यालय स्थापना गरेको हो । यो त्यही कार्यालय हो,’ पोखरेलले भने । आयोजक समितिले मदन भण्डारीको विचार र भूमिका विश्वमञ्चमा पुर्‍याउने उद्देश्य राखेर कार्यालय स्थापना भएको पोखरेलको भनाइ थियो । ‘के प्रतिबद्धता व्यक्त गरेको छ भने, आउने दिनमा जननेता मदन भण्डारीका विचार, उहाँको ऐतिहासिक भूमिका विश्व रंगमञ्चमा पुर्‍याउने उद्देश्य राखेर यो कार्यालय स्थापना गरेको मैले बुझेको छ । यो अनुसार...
राष्ट्रियताको प्रश्नमा सिङ्गो नेपाल एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनुपर्छ : विश्व प्रकाश शर्मा
राजनीति, विचार, समाचार

राष्ट्रियताको प्रश्नमा सिङ्गो नेपाल एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनुपर्छ : विश्व प्रकाश शर्मा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा सिङ्गो नेपाल एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनुपर्ने बताएका छन्।शर्माले बिहीबार सामाजिक सञ्जाल एक्समा लेख्दै नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तासँग जोडिएको यस विषयलाई लिएर फरक–फरक राजनीतिक धारणा भए पनि एउटै राष्ट्रिय दृष्टिकोणमा उभिन जरुरी रहेको उल्लेख गरेका हुन्। उनले राष्ट्रियतालाई सम्बोधन गर्न सरकार, संसद र सबै राजनीतिक दलबिच ऐक्यबद्ध पहल आवश्यक रहेको जनाउँदै ६ वटा प्रस्ताव अघि सारेका छन्। शर्माले प्रस्ताव गरेका ६ बुँदा यस्तो छ : १. सरकारले आह्वान गर्ने सर्वदलीय/सर्वपक्षीय बैठकमार्फत साझा दृष्टि निर्माण। २. बैठकमार्फत विकसित घटनाक्रममा हाम्रो ऐक्यबद्ध दृष्टि र साझा प्रतिबद्धता सुनिश्चित गर्ने। ३. संविधानको अनुसूची ३ मा २०७७ जेठ ३१ गते संसदले सर्वसम्मत ...
कमरेड यी प्रवृत्तिले नेपालमा बृहत् बाम एकता सम्भव छ र  ?
राजनीति, विचार, साहित्य \कला

कमरेड यी प्रवृत्तिले नेपालमा बृहत् बाम एकता सम्भव छ र  ?

नेपालअखबार, काठमाडौं । कमरेड यी प्रवृत्तिले नेपालमा बृहत् बाम एकता सम्भव छ र  ? सर्वप्रथम बृहत बामपंथी एकता लागि पहिले आफू भित्रको एकता बलियो बनाउनुस । मन भित्रको पश्चाताप हटाउनुस अनिमात्र बृहत् बाम एकताका कुरा उठाउनुस् । बामपंथी एकताका कुरा सतहमा देखाउने तर व्यवहारमा पार्टीको इज्जत घटाउने प्रविधि स्वीकारे हुँदैन ? बाम एकताको मुद्दा उठाएर आफनो स्वार्थ वा राजनीति साध्ने तर संगठनलाई असहज बनाउने प्रवृत्तिको अन्त्य हुन आवश्यक छ । बाहिर बाम एकताको प्रचार गर्ने गराउने पार्टी कमिटी भित्र मनोबल कमजोर पार्ने र कुनै निर्णय कार्यन्वयन हुन नदिने सोच र प्रवृत्ति भएका कमरेडहरुको दोहोरोचरित्रका कारण नै आज पार्टीलाई कमजोर बनाउने गतिविधि स्पष्ट देखा परेको छ । भाषणमा मात्र बृहत् बाम एकताको कुरा गरेर पक्कै गन्तव्यमा पुगिदैन कमरेड । सबै भन्दा पहिला आफ्नो धराताल आफ्नो पार्टीलाई बलियो बनाएर अघि बढ्नु पर्ने ...
नेताहरूको नाममा प्रतिष्ठानहरू स्थापना गर्ने र पछि व्यक्तिहरुले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने : प्रधानमन्त्री ओली
राजनीति, विचार, समाचार

नेताहरूको नाममा प्रतिष्ठानहरू स्थापना गर्ने र पछि व्यक्तिहरुले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने : प्रधानमन्त्री ओली

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेशन पार्टीले नबनाएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मदन—आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले पुष्पलाल प्रतिष्ठान र मनमोहन प्रतिष्ठान पार्टीले बनाएको उल्लेख गर्दै संस्थाहरू सामूहिक संस्था हुनुपर्ने उनको भनाइ थियो । ‘पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो । मनमोहन प्रतिष्ठान पार्टीले नै बनाएको हो । अरु प्रतिष्ठानहरू पनि हामीले, पार्टीले बनाएका छौँ । कतिपय पार्टीले गर्दछ, कतिपय व्यक्तिका हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो खालको परिपाटी छ । त्यो हुनु हुँदैन । हाम्रा संस्थाहरू एकदमै सामूहिक संस्था हुनुपर्छ । मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन...
अमेरिकी उदारवादी व्यवस्था विघटन हुँदै, भारत, चीन र रूस अबको महाशक्ति : अग्नि सापकोटा
राजनीति, विचार, समाचार

अमेरिकी उदारवादी व्यवस्था विघटन हुँदै, भारत, चीन र रूस अबको महाशक्ति : अग्नि सापकोटा

नेपालअखबार,काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकाको वैश्विक प्रभाव कमजोर बन्दै निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकले अमेरिकाको नेतृत्वको उदारवादी विश्व व्यवस्था अब विघटन हुने दाबी गरेको हो । ‘विश्व एक प्रकारले अब एक धुव्रबाट बहुधुव्रतर्फ गइरहेको छ, मुख्यत: अमेरिकाको नेतृत्वमा भएको उदारवादी विश्व व्यवस्था अब विघटन हुँदैछ’, माओवादी बैठकको निष्कर्ष छ । डलरको साम्राज्य कमजोर बन्दै गएको भन्दै भारत, चीन र रूस सम्मिलित समूह ब्रिक्सले प्रचलनमा ल्याउने भनेको मुद्राले डलरलाई प्रतिस्थापन गर्ने माओवादी केन्द्रको बुझाइ छ । शुक्रबारदेखि सुरु भएको बैठकमा विश्व परिस्थितिबारे पनि कुरा उठेको भन्दै उपाध्यक्ष अग्नी सापकोटाले आइतबार पत्रकारहरुसँग भने, ‘अमेरिकाको नेतृत्वमा भएको उदारवादी व्यवस्था अब विघटन हुँदैछ, खासगरी चीन, रूस र भारत विश्व शक्तिका रुपमा...