Monday, August 24

विचार

मधेसमा पुरानै गठबन्धनमा बस्नुस्, मुख्यमन्त्री लिनुस्  भनियो : अध्यक्ष माधव नेपाल
राजनीति, विचार, समाचार

मधेसमा पुरानै गठबन्धनमा बस्नुस्, मुख्यमन्त्री लिनुस्  भनियो : अध्यक्ष माधव नेपाल

नेपालअखबार ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मधेसको मुख्यमन्त्री दिन्छौं आउनुपर्‍यो भनेर पटकपटक फोन आएको बताएका छन्। शनिबार एकीकृत समाजवादी पार्टीको कोशी कमिटीले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पटकपटक मुख्यमन्त्री दिन्छौं पूरानै गठबन्धनमा आउनपर्‍यो भनेर फोन आएपनि आफूले इन्कार गरेको बताएका हुन्। ‘मधेस प्रदेशमा हामीलाई मुख्यमन्त्री दिन प्रस्ताव आयो । यही पुरानै गठबन्धनमा बस्नुस्, मुख्यमन्त्री लिनुस्  भनियो । बिहान पनि त्यही फोन, बेलुका पनि त्यही फोन आउँछ । अहिले यसो गर्नु उचित हुँदैन भन्ने हामीले सोच्यौँ,’ उनले भने। केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु उपयुक्त नहुने पनि नेपालले बताए। एकीकृत समाजवादी संघमा बनेको गठबन्धनमै बस्नुपर्ने अवस्था रहेको र प्रधानमन्त्री पुष्पकमल दाहालले सकारात्मक भूमिका खेलेको उनको भनाइ छ। सुदूरपश्चिममा मन्त्...
हामी अत्यन्त खुशी छौ
कृषि, विचार, समाचार

हामी अत्यन्त खुशी छौ

नेपाल रिटर्ननी एशोसिएन सफलता उन्मुख अगाडि बढिरहेको छ धन्यवाद छ सरकारलाई हामीले उठाएको केही मुद्दाहरु। आगामी बजेटमा सम्बोधन गरेकोमा । हाम्रो  अभियान जारी छ विश्वास छ हाम्रै पहालम यो देशमा कृषिमा निर्भर हुँदै देश समृद्धिमा लान सक्नेछौं भन्ने थप आत्मविश्वास र ऊर्जाका साथ अगाडि बढी रहने छौ । सरकारले बजेटमा सम्बोधन गरेका बुँदाहरू: १३७. वैदेशिक रोजगारीमा गएका श्रमिकका आश्रित परिवारलाई कल्याणकारी कोषबाट प्रदान हुने लाभको दायरा विस्तार गरिनेछ । यससम्बन्धी सेवा स्थानीय तहबाट प्रवाह हुने व्यवस्था मिलाइनेछ । १३८. वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजी मार्फत उद्यमशीलता प्रवर्द्धन गर्न रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गरी कम्तीमा एक लाख रिटर्नीलाई स्वरोजगार बनाइनेछ । वैदेशिक १३१ रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधा...
सरकारसँग भएका सम्झौता कार्यान्वयन भएनन्ः लोसपा अध्यक्ष ठाकुर
राजनीति, विचार, समाचार

सरकारसँग भएका सम्झौता कार्यान्वयन भएनन्ः लोसपा अध्यक्ष ठाकुर

नेपालअखबार,काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले तत्कालीन मधेस आन्दोलनका क्रममा सरकारसँग भएका विभिन्न सम्झौता कार्यान्वयन नभएको गुनासो गरेका छन्। लोसपा नेपाल जिल्ला कार्यसमिति सर्लाहीद्वारा सदरमुकाम मलंगवामा आइतबार आयोजित सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 'जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ,' उनले भने, 'संविधान र कानुनलाई हाम्रो पार्टीले परिपालन गरिराखेको छ। हामी चुनाव लड्छौं। चुनाव लड्नु भनेको युद्धसरह हो। हामी शान्तिपूर्ण रूपमा अहिंसात्मक आन्दोलन गरिरहेका छौं।' मधेस आन्दोलन क्रममा नेता-कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा फिर्ता गर्न र जेलमा रहेको तथा मुद्दा लगाइएपछि फरार रहेकामाथिको मुद्दा फिर्ता गर्न पनि उनले सरकारसँग माग गरे। रासस...
संसदमा भइरहेका घटनाहरू दु:खद छैनन् : माधव नेपाल
राजनीति, विचार, समाचार

संसदमा भइरहेका घटनाहरू दु:खद छैनन् : माधव नेपाल

नेपालअखबार ,जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदमा भइरहेको घटना दु:खद भएको बताएका छन् । जनकपुरमा मंगलबार बिहान समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सांसदमा घटिरहेका घटना वार्ता र संवादबाट समाधान गर्नु पर्ने बताए । ‘संसदमा जुन किसिमका घटनाहरु घटिरहेका छन् । वास्तवमा ती घटनाहरू सुखद छैन । वार्ता र संवादबाट ती कुराहरुको समाधान खोज्नु पदर्छ,’ उनले भने । नेपालले आफ्नो दल उथलपुथलको राजनीतिमा नरहने समेत बताए । जसपा नेपाल विभाजति भएर विपक्षी गठबन्धनमा जाँदा समाजवादी मोर्चाको भविष्य के हुनेबारे दलहरुबीच बसेर छलफल गर्ने उनको भनाइ छ । यद्यपि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल केन्द्रमा विपक्षी गठबन्धनमा गएपनि अल्पमत मधेश सरकारमा एकीकृत समाजवादी छँदै छ । यसबारे भने नेपालले केही बताएनन् ।...
फरक पार्टीमा लागेकाहरूलाई मूलधारमा फर्कन उपेन्द्र यादवको आह्वान
राजनीति, विचार, समाचार

फरक पार्टीमा लागेकाहरूलाई मूलधारमा फर्कन उपेन्द्र यादवको आह्वान

नेपालअखबार , काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन गरी फरक पार्टीमा लागेकाहरूलाई मूलधारमा फर्कन आह्वान गरेको छ । शुक्रबार पार्टी अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै जसपा नेपाल विभाजन गरी अशोक राई नेतृत्वको जसपामा लागेकाहरूलाई मूलधारमा फर्कन आह्वान गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी, नेपाल एक विशिष्ट सोच, सिद्धान्त र एजेण्डा बोकेको पार्टी हो । जसले उत्पीडित राष्ट्रियताको मुक्ति, हिमाल, पहाड र तराई/मधेसबिचको पारस्परिक सम्मान र एकता निर्माण गर्ने सङ्गठन भएकोले पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै समाजवादी आन्दोलन, पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्र लगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमबस फरक पार्टीमा जानु भएका साथीहरूलाई गलत बाटो छोडेर आफ्‌नो मूलधारको जनता समाजवादी पार्टी, नेपालमा फर्किन हुन हार्दिक आह्वान गर्दछौँ...
माधव नेपाल नभएको भए संविधान मासिन सक्थ्यो: डा.रामवरण यादव
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

माधव नेपाल नभएको भए संविधान मासिन सक्थ्यो: डा.रामवरण यादव

नेपालअखबार,काठमाडौँ। ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक सार्वजनिक गरिएको छ। सार्वजनिक पुस्तकमा नेकपा (एकीकृत समाजवादी) का तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनमा खेल्नु भएको भूमिकालाई ब्याख्या गरिएको छ। पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा उक्त पुस्तक विमोचन गरिएको हो। राजधानीको पर्यटन बोर्डमा मंगलबार आयोजित पुस्तक विचोन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति डा.यादवले लोकतान्त्रिक आन्दोलनमा माधव नेपालको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। पूर्वराष्ट्रपति डा.यादवमा संसद विघटनप्रति संकेत गर्दै माधवकुमार नेपाल नभएको भए संविधान मासिने सक्ने खतरा रहेको स्मरण गराउनु भयो। उहाँले भन्नुभयो, ‘नेताहरू धेरै छन् । तर, माधवकुमार नेपाल जस्तो सालिन नेता कम छन्। पुष्पाल, मनमोहनपछि माधव नेपाल नेपाली कम्युनिष्ट आन्दोलनको राजनेता हो। उहाँको ...
पार्टीलाई कमजोर बनाउन बिभिन्न टिका टिप्पणि भैरहेको छ अफवाहको पछाडी नलाग्न कार्यकर्तालाई सुझाव: सम्मानित नेता झलनाथ
राजनीति, विचार, समाचार

पार्टीलाई कमजोर बनाउन बिभिन्न टिका टिप्पणि भैरहेको छ अफवाहको पछाडी नलाग्न कार्यकर्तालाई सुझाव: सम्मानित नेता झलनाथ

नेपालअखबार,पोखरा। नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी का सम्मानित नेता झलनाथ खनालले कास्की जिल्ला पार्टी कार्यलयमा कार्यकर्ता संग भेटघाट गरेका छन । नेकपा एकिकृत समाजवादी कास्की जिल्ला कमिटी को आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता खड्क हमालले गरेका थिए भने प्रमुख अतिथीको रूपमा नेकपा एसका सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल रहनु भएको थियो ।  यसै गरि कार्यक्रममा बिशेष अतिथी तुलबहादुर गुरूगं , श्रीनाथ बराल , पोखरा महानगरपालीका प्रमुख धनराज आचार्य रहनु भएको थियो भने कार्यक्रमको संचालन डि.बी राईले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी झलनाथ खनालले पार्टीको महाधिवेशनको समयमा हाम्रो पार्टीलाई कमजोर बनाउन बिभिन्न टिका टिप्पणि भैरहेका छन अफवाहको पछाडी नलाग्न कार्यकर्तालाई सुझाव दिनुभयो । समाजवादी क्रान्तिको लागी त्यसका लक्ष्य , कार्यदिशा लगायतका बिषयमा अब आउने महा...
नवौं महाधिवेशनमा छुटेको देश बनाउने कार्यक्रम पुन:लेखन सुरू भएको छ: महासचिव भुसाल
राजनीति, विचार, समाचार

नवौं महाधिवेशनमा छुटेको देश बनाउने कार्यक्रम पुन:लेखन सुरू भएको छ: महासचिव भुसाल

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नवौँ महाधिवेशनबाट छुटेको देश बनाउने कार्यक्रम पुन: लेखन सुरू भएको जानकारी दिनु भएको छ। सोमबार कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रम फायर साइडमा बोल्दै महासचिव भुसालले उक्त कुरा जानकारी दिनुभएको हो। उहाँले भन्नुभएको छ,‘हामी पार्टीको महाधिवेशनमा जुटिरहेका छौं। आगामी १०औं महाधिवेशनमा हामीले नवौं महाधिवेशनमा छुटेका कुराहरू पुन: लेख्नेछौं। हाम्रो जीवनमा एउटा ठूलो प्रक्रिया टुटेको छ। हामीले नवौं महाधिवेशनबाट समृद्ध नेपाल सुखी नेपाली बनाउने अब बाटो यो हो भनेर भन्नेसम्म देखाएका थियौँ। अझै स्पष्ट कार्यक्रम भनेको समृद्ध नेपाल सुखी नेपाली हुनका लागि कृषिमा के हुनुपर्छ? उद्योगमा के हुनुपर्छ ? शिक्षा, स्वास्थ्य, रोजगारमा के हुने ? पूर्वाधार र अरु उत्पादनका क्षेत्रमा के गर्ने ? समृद्ध नेपाल सुखी नेपाली बनाउने राजनीति...
उपेन्द्र यादवले भने ‘महाधिवेशनको प्रक्रिया रोकिने छैन’
राजनीति, विचार, समाचार

उपेन्द्र यादवले भने ‘महाधिवेशनको प्रक्रिया रोकिने छैन’

नेपालअखबार,काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीले निर्णय गरे अनुसार महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने बताएका छन् । गए राति अमेरिकाबाट कतार हुँदै नेपाल आइ पुगेका अध्यक्ष यादवले एयरपोर्टमा आफ्ना पार्टीका नेताहरूसँग कुरा गर्दै सो कुरा बताएका हुन् । एयरपोर्टमा स्वागतका लागि पुगेका नेताहरूसँग अनौपचारिक कुराकानीमा उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले महाधिवेशनको विषयमा पार्टीमा निर्णय भइसकेको छ, त्यो नरोकिने बताएका थिए । जसपाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । त्यसको तयारी चलिरहेको बेला अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको छ । अशोक राईले जनता समाजवादी पार्टी नामको पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेको छन् । जसपा नेपालमा १२ जना सांसद छन् । त्यसमध्ये सात जना सांसदले अशोक राइलाई साथ दिएका छन् भने पाँच जना उपेन्द्र यादवको ...
हामी प्रधानमन्त्री बन्छौं भनेर कतिलाई पोलेको होला : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

हामी प्रधानमन्त्री बन्छौं भनेर कतिलाई पोलेको होला : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडाैं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले जनताको मन जित्दै गएकोमा समाजका केही प्रवृत्तिलाई पोलेको बताएका छन्। सोमबार पार्टीनिकट अनेमसंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री बन्छन् कि भनेर त्यस्ता प्रवृत्तिलाई पोल्ने गरेको बताएका हुन्। ‘कम्युनिष्ट पार्टीले जनताको विश्वास जित्दै आएको छ। हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छ। तिनिहरूलाई पोले पोलोस्। दनदनी आगोले पोलिदियोस्,’ उनले भने, ‘त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ।’ अध्यक्ष नेपालले एकीकृत समाजवादी प्रधानमन्त्री बन्न भन्दा देश विकासको सवालमा चिन्तित रहेको बताए। ‘कसै कसैलाई लागेको छ हाम्रो पार्टी पनि सरकारमा जान चिन्तित छ कि, मन्त्री प्रधानमन्त्री बन्न मरिहत्ते गरिरहेको छ कि,’ उनले भने, ‘ती लोभीपापीहरूको कुरा हो। इमानदार मान्छ...