नवौं महाधिवेशनमा छुटेको देश बनाउने कार्यक्रम पुन:लेखन सुरू भएको छ: महासचिव भुसाल
नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नवौँ महाधिवेशनबाट छुटेको देश बनाउने कार्यक्रम पुन: लेखन सुरू भएको जानकारी दिनु भएको छ।
सोमबार कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रम फायर साइडमा बोल्दै महासचिव भुसालले उक्त कुरा जानकारी दिनुभएको हो।
उहाँले भन्नुभएको छ,‘हामी पार्टीको महाधिवेशनमा जुटिरहेका छौं। आगामी १०औं महाधिवेशनमा हामीले नवौं महाधिवेशनमा छुटेका कुराहरू पुन: लेख्नेछौं। हाम्रो जीवनमा एउटा ठूलो प्रक्रिया टुटेको छ। हामीले नवौं महाधिवेशनबाट समृद्ध नेपाल सुखी नेपाली बनाउने अब बाटो यो हो भनेर भन्नेसम्म देखाएका थियौँ। अझै स्पष्ट कार्यक्रम भनेको समृद्ध नेपाल सुखी नेपाली हुनका लागि कृषिमा के हुनुपर्छ? उद्योगमा के हुनुपर्छ ? शिक्षा, स्वास्थ्य, रोजगारमा के हुने ? पूर्वाधार र अरु उत्पादनका क्षेत्रमा के गर्ने ? समृद्ध नेपाल सुखी नेपाली बनाउने राजनीति...









