समाजवादका ठुला कुरा गरेर मात्रै जनताको पीडा कम हुर्दैन : अध्यक्ष नेपाल
नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताबाट अलग भएपनि समाजवाद आउन नसक्ने र समाजवादी पार्टीहरुको पनि बिजोग हुने बताएका छन् । मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नरोक्ने, जनताका कुरा नसुन्ने हो भने समाजवाद आउन नसक्ने बताए ।
अध्यक्ष नेपालले भने,‘जनताबाट जब हामी अलग हुन्छौँ, अलग भइसकेपछि समाजवादको बेहाल हुन्छ । समाजवादी पार्टीहरूको बिजोग हुन्छ । विभिन्न देशहरूको अनुभवले बताएको छ, धेरै टाढा जानै पर्दैन हाम्रो छिमेकी देश भारतको एउटा प्रान्त पश्चिम बंगाल । हिजो कसैले फर्केर हेर्न सक्दैनथ्यो त्यहाँ जितौँला भनेर । आज त्यहाँ कम्युनिस्ट पार्टी खोज्न टर्च बाल्नुपर्ने अवस्था रहेको छ । यो आत्मसमिक्षा गर्ने कुरा छ ।’
उनले समाजवादका ठुला ठुला कुरा गरेर नहुने बताउँदै जनताको पीडा, बेदनासँग जोडिएका छौँ कि छैनौँ भननेमा ध्यान ...










