गठबन्धन सरकारप्रति पार्टीमा ठुलो असन्तुष्टि छ : झलनाथ खनाल
नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीभित्र उनकै शव्दमा वृहत असन्तुष्टि रहेको बताएका छन् । बुधवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन् ।
खनालले सरकारमा आफ्नो पार्टी निमित्तमा सहभागी बनेको जिकिर गर्दै गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताए ।
उनले देशले नयाँ कोर्षको माग गरिरहेको भन्दै आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोंचविचार, नीति कार्यक्रमबजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गरे ।
गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले जनतालाई छुन नसकेको भन्दै खनालले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको बताए ।
उद्योगबाट आउने राजश्व देशमा विक्रमसम्बत १९९५ को भन्दा कम रहेको भन्दै उनले त्यसवेला नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १...










