Monday, August 24

विचार

स्वतन्त्रता, स्वाधिनता, राष्ट्रिय एकता, शान्ति, अग्रगति र समृद्धिका निम्ति हार्दिक शुभकामना :पूर्वप्रधानमन्त्री खनाल
राजनीति, विचार, समाचार

स्वतन्त्रता, स्वाधिनता, राष्ट्रिय एकता, शान्ति, अग्रगति र समृद्धिका निम्ति हार्दिक शुभकामना :पूर्वप्रधानमन्त्री खनाल

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय एकता दिवसको अवसरमा हार्दिक शुभकामना पूर्वप्रधानमन्त्री सम्मानित नेता तथा विदेश विभाग प्रमुख नेकपा (एकीकृत समाजवादी)झलनाथ खनालले व्यत्त गरेका छन् । पूर्वप्रधानमन्त्री खनालले हाम्रो प्रिय मातृभूमि नेपाल राज्यका निर्माता तथा नेपाल एकिकरणका अभियन्ता श्री पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको ऐतिहासिक दिन हो । यस दिनको सुखद अवसरमा म देश र विदेशमा समेत रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा स्वतन्त्रता, स्वाधिनता, राष्ट्रिय एकता, शान्ति, अग्रगति र समृद्धिका निम्ति हार्दिक शुभकामना व्यक्त गरेका छन्  । तत्कालिन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको राज्य विस्तारको प्रक्रियाले उपत्यका एकिकृत भएपछि नेपालको ऐतिहासिक एकिकरणको अभियानको रूप लिएको कुरा सर्वविदित कुरा हो । त्यहि क्रममा नेपालका पूर्व पश्चिम, हिमाल, पहाड र तराईम...
समृद्धिका निम्ति समाजवादी व्यवस्था आवश्यक छ: अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

समृद्धिका निम्ति समाजवादी व्यवस्था आवश्यक छ: अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समानता र समतामुलक समाज निर्माणका निम्ति समाजवाद आवश्यक रहेको बताउनु भएको छ। शुक्रबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो। संगठनका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेपालले भन्नुभयो, ‘समानता र समतामुलक समाज निर्माणका निम्ति समाजवादी व्यवस्था आवश्यक छ। देशलाई समृद्ध बनाउने हो भने, जनताको जीवनलाई समृद्ध बनाउने हो भने मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ। जसको कार्यभार हामीले बोकेर हिडि रहेका छौं। तपाईंहरूले पार्टीको यस कार्यभारलाई पूरा गर्नेगरी जनस्तरमा काम गर्नुहोस्।’ पर्ट...
इतिहास भइसकेको राजतन्त्र फर्किने कुनै सम्भव छैन: अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

इतिहास भइसकेको राजतन्त्र फर्किने कुनै सम्भव छैन: अध्यक्ष नेपाल

नेपालअखबार, टीकापुर । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहास भइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन् । टिकापुरमा नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा बोल्दै नेपालले राजतन्त्र फर्काउन केही व्यक्तिले खुट्टा उचालिरहेको बताउँछदै त्यो सम्भव नभएको दाबी गरेका हुन् । ‘गणतन्त्रका विरुद्धमा, हराइसकेको, बितिसकेको कामै नलाग्ने अवस्थामा पुगेको संस्थाको विषयमा आवाज उठ्न थालेको छ ’ नेपालले भने, ‘केही मान्छेले खुट्टा उचालिरहेका छन् । राजतन्त्र इतिहास भइसकेको छ अब त्यो सम्भव छैन । ’ नेपालले फेरि दास बनाउने कुरा स्वीकार नहुने बताउदै बरू अहिलेकै व्यवस्थामा रहेर विकल्प खोज्न सकिने बताए । “एउटा पार्टी ठीक छैन भने अर्को आउँछ एउटा नेता ठीक छैन भने अर्को नेता आउँछ तर फेरि दास बनाउने कुरा स्वीकार्य हुदैन् ।’ उनले भने । नेपालले रेशम...
जस्तो सुकै हतकण्डा अपनाउने व्यक्तिको नाम हो केपी ओली: महासचिव घनश्याम भुसाल
राजनीति, विचार, समाचार

जस्तो सुकै हतकण्डा अपनाउने व्यक्तिको नाम हो केपी ओली: महासचिव घनश्याम भुसाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओली आफ्नो स्वार्थका निम्ति जस्तो सुकै कार्य गर्ने नेता भएको टिप्पणी गर्नु भएको छ। बुधबार पार्टी निकट विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव भुसालले उक्त कुरा बताउनु भएको हो। सदस्यता विस्तार तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै महासचिव भुसालले भन्नुभयो, ‘आफ्नो स्वार्थका लागि मर्न, मार्न, संसद विघटन गर्न, पार्टी विभाजन गर्न, सबै हथकण्डा अपनाउने प्रवृत्तिको नाम हो केपी ओली।’ उहाँले अगाडि भन्नुभयो, ‘गरिबको नाम धनबहादुर, निरिहको नाम बलबहादुर भए जस्तै आज एमालेको हालत यस्तै नाम मात्र छ। आज एमाले ओलीतिर गयो। ओलीको मनमौजी, स्वछन्दतामा एमाले चलिरहेको छ। ओली आफ्नो स्वार्थका निम्ति सबै जायज ठान्छन्।’ महासचिव भुसालले एमाले भित्र ज्ञान र चिन्तनको संस्कृति हराएको बताउनु भएको ...
प्रधानमन्त्री “प्रचण्ड” र सभामुख घिमिरेलाई ज्ञापन पत्र सभापति खानले बुझाए
राजनीति, विचार, समाचार

प्रधानमन्त्री “प्रचण्ड” र सभामुख घिमिरेलाई ज्ञापन पत्र सभापति खानले बुझाए

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री "प्रचण्ड" र सभामुख घिमिरेलाई ज्ञापन पत्र सभापति खानले बुझाएका छन् । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खानले  जनमत पार्टीले  राष्ट्रिय पोशाक दिवस मनाउन गएकाे त्रममा संघीय  सहित प्रतिनिधी सभा सदस्यहरुलाई अकारण प्रहरीले धरपकड गरी पक्राउ गरेको विषयमा दुख व्यत्त गर्दै सरकारकाे ध्यानाकर्षण गराएका छन् । सभापति खानले  स्वायम् तपाइलाई  नै यस्ताे विभेद प्रहरी प्रशासनकाे तर्फबाट भएकाे भए के हुन्थ्याे भनि प्रश्न गरेका थिए । मधेसी भएका कारण नै विभेद गर्न नहुने सभापति खानले भने छन् ।...
सम्झनामा जलेका यि अनन्त वेथा
विचार, साहित्य \कला

सम्झनामा जलेका यि अनन्त वेथा

कविता सम्झनामा जलेका यि अनन्त वेथा, बुजि दिने को छ र? ! विरहमा बगेका यि आशुका थोपा, रुजि दिने को छ र? ! अनन्त र अन्धा प्रेम गर्ने ,प्रेमी म उस्कै नाममा जीवन जिए। पराईकै आगनमा बाधिएको तिमी विरहका पिडन मेैले लिए। जब खुल्ला आखाले देखेका ति सपनाका घर जल्यो, तिम्रा स्मृतिमा बाच्ने यि हिर्दयमा आगोका ज्वाला बल्यो। तर अफसोस त्यो आगोमा म आफै जले रहयो त केवल अवशेष रहयो, अब त ति सम्झनाका अवशेश पनि आशु का थोपा सँगै बहयो। सन्जु आले , पाेखरा...
भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रियता विरोधी : झलनाथ खनाल
राजनीति, विचार, समाचार

भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रियता विरोधी : झलनाथ खनाल

नेपालअखबार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालस्थित भारतीय राजदूतावासलाई सोझै २० करोडका योजना लागू गर्न दिने सम्झौताको विरोध गरेका छन् । यो सम्झौता नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथिको खेलवाड भएको पूर्वप्रधानमन्त्री खनालको ठहर छ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीबार काठमाडौंस्थित भारतीय दूतावासले सिधै २० करोडका योजनामा खर्च गर्न पाउने सम्झौता भएको थियो । त्यसप्रति असहमत खनालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विदेशी राजदूतावासलाई सोझै २० करोडका योजनाहरू लागू गर्न दिने अकल्पनीय राष्ट्रियता विरोधी सम्झौता गर्न पुगेको छ । यो लापरवाहीपूर्ण र राष्ट्रहित विरोधी सम्झौता मात्र होइन, यो नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथि नै खेलबाड समेत हो । म यस सम्झौताको सम्पूर्ण देशभक्त ने...
मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकता थप बलियो बन्नेछ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकता थप बलियो बन्नेछ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताएका छन् । तमु ल्होसारका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्रीले विभिन्न जातजातिकाले परम्परागत रुपमा मनाउँदै आएका पर्वको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी  सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताए । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा उनले  विज्ञप्तिमा जोड दिएका छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतिलाई अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्...
एकीकृत समाजवादीकाे विधान सम्बन्धि पार्टी प्रदेश अध्यक्षहरूले धारणा राखे
राजनीति, विचार, समाचार

एकीकृत समाजवादीकाे विधान सम्बन्धि पार्टी प्रदेश अध्यक्षहरूले धारणा राखे

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को सातौं कमिटी वैठक जारी छ। ललितपुरको बालकुमारी स्थित कान्तिपुर गार्डेनमा जारी वठैकमा पार्टीका केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिरहनु भएको छ। वैठकको पहिलो दिन १५ जनाले आफ्ना धारणा राख्नु भएको थियो भने दोस्रो दिन ८० जना केन्द्रीय सदस्यले धारणा राख्नु भएको छ। वैठक बुधबारदेखि सुरू भएको हो। विधान संशोधन सम्बन्धि जारी छलफलमा भाग लिएका प्रदेश कमिटीका अध्यक्षहरूका धारणालाई यहाँ प्रस्तुत गरेका छौं: व्यक्ति केन्द्रीत विधान बन्नु हुँदैन: बलदेव चौधरी (अध्यक्ष-कोशी प्रदेश कमिटी)  पार्टीको कोशी प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीले उमेर हद कायम गर्नुपर्ने बताउनु भएको छ। उहाँले विधानबारे सोधिएका १० प्रश्न अपुग रहेको बताउँदै आफूले थप धारणा राखेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘अहिलेको विधान नेताका निम्ति मेरो सिट कहाँ सुरक्षित कहाँ छ? भन्ने खालको छ...
क्रान्तिकारी पार्टी निर्माणमा जुट्न सम्मानित नेता खनालको आग्रह
राजनीति, विचार, समाचार

क्रान्तिकारी पार्टी निर्माणमा जुट्न सम्मानित नेता खनालको आग्रह

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई वर्ग आधारित पार्टी बनाउनुपर्ने बताउनु भएको छ। बुधबार पार्टीको सातौं केन्द्रीय कमिटी वैठकलाई सम्बोधन गर्दै नेता खनालले उक्त कुरा बताउनु भएको हो। नेता खनालले पापार्टीलाई क्रान्तिकारी पार्टीका रुपमा विकास गर्न विधानमाथि बहस गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘जीवन्त पार्टीभित्र छलफल हुन्छ। बहस हुन्छ। हामी पनि पार्टीलाई क्रान्तिकारी पार्टी बनाउनका निम्ति छलफल गर्दैछौं। मैले छैटौं केन्द्रीय कमिटी वैठकमा पनि भनेको थिएँ। आज पनि भन्छु, यो पार्टी अन्य पार्टी जस्तो पार्टी होइन, हाम्रो पार्टी क्रान्तिकारी पार्टी हो। यसलाई थप क्रान्तिकारी जनताको पार्टी बनाउनका निम्ति सातौं केन्द्रीय कमिटीको वैठकमा खुलेर छलफल गरौं। पदाधिकारीका बारेमा के गर्ने? केन्द्रीय कमिटीका बारेमा के गर्ने? भन्...