Thursday, October 15

विचार

पुष्पलालको योगदान र हाम्रो दायित्व
राजनीति, विचार, समाचार

पुष्पलालको योगदान र हाम्रो दायित्व

बुद्ध महर्जन नेपालको राजनैतिक इतिहासको कालखण्डमा पृथ्वीनारायण शाहले शुरुआत गरेको नेपाल एकीकरणको अभियान भिमसेन थापासम्म चल्यो । सो अवधिमा नेपालको राजनैतिक राज्यसत्ता र शक्तिको खिचातानी पनि सँगसँगै मौलाइरहेको थियो । शाहवंशको शक्ति खिचातानीको रुप राज्यलक्ष्मीसम्म आईपुग्दा  राजनैतिक शक्तिको हस्तान्तरण जंगबहादुरको हातमा पुग्यो र राणा शासनकोे उदय भयो । १०४ वर्षसम्म जहानियाँ राणा शासन चल्यो । सो दौरानमा राणाहरूले आफ्नो शासन सत्ता टिकाउनका लागि जनताको मौलिक हक अधिकारहरूमाथि अंकुश लगाए भने जनजीविकाका सवालमा ज्यादै कमजोर भएको इतिहासबाट प्रष्ट हुन्छ । तर राणाहरूले राष्ट्र र राष्ट्रियताका सवालमा भने सतिसाल झैं दरो र निर्भिकतापूर्वक विश्वराजनीतिमा उभ्याए । जुन सबैका लागि एउटा अनुशरणीय, प्रशंसनीय र गौरवमय छ । मातृभूमिको अस्मिताका खातिर देखाएको वीरता र कुटनीतिक चातुर्यता सिंगो नेपाल र नेपालीको लागि गौ...
समाजवाद
विचार, साहित्य \कला

समाजवाद

समाजवाद धोका र कपटसँग साँठगाँठ गरेर अपराध र स्वार्थका विस्कुन सुकाएर न्यायलाई काखी च्यापेर वुट बजार्दैमा आउँदैन समाजवाद । श्रम र पसिनाको मूल्यसँगै स्वाभिमानमा बाँच्न पाउनु विश्व भाइचाराको नाता र सम्बन्ध गाँस्दै स्वतन्त्रताको श्वास फेर्दै हाँसीखुसी बाँच्नु र रमाउनु हो समाजवाद । रोग शोक र भोकमा कमिसनको व्यापर शिक्षामा नवउद्धार सबैखाले सामाजिक विभेदको अन्त्यसँगै समानतामा ढुकक हुनु हो समाजवाद ।...
‘समाजवाद बहस र संघर्ष’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार
राजनीति, विचार, समाचार

‘समाजवाद बहस र संघर्ष’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार

नेपालअखबार, काठमाडौँ। समाजवाद अध्यक्ष केन्द्र धनकुटा नेपालले समाजवाद बहस र संघर्ष' विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। संघीय राजधानी काठमाडौँको कदलादिस्थित प्रज्ञा भवनको पारिजात प्रवचन हलमा शनिबार उक्त अन्तरक्रिया कार्यक्रम राखिएको आयोजकले जनाएको छ। दिउँसो १२:४५ बजेदेखि सुरु हुने कार्यक्रमलाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल, नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, पम्फा भुसाल, डा.खगेन्द्र प्रसाई र अशेष घिमिरेले लगायतका समावादी नेताहरुले सम्बोधन गर्नु हुनेछ।...
मेयर साहेब तपाँईलाई मेरो शुभकामना छ
विचार, साहित्य \कला

मेयर साहेब तपाँईलाई मेरो शुभकामना छ

देश संघीयतामा गएपश्चातदोश्रो कार्यकालकालागिगत वैशाख३०, २०७९ मा देशै भर हर्षउल्लहासका साथ शान्तिपूर्ण वातावरणमा संविधानको रक्षाका निम्तिप्रतिगमनकारी शक्तिहरु र प्रतिगमनकाविरुद्व एक जुट भएका विभिन्न राजनैतिकशक्तिहरुका बिचमा निर्वाचन सम्पन्नभयो । देश संघीय लोकतन्त्रिगणतन्त्रमा गएको पहिलो चार वर्षमैशिशुअवस्थामा रहेको संविधान माथिधावा बोल्ने, संविधानकुल्चने जस्ता कार्य भएको मात्यसका विरुद्व देशकाप्रमुख राजनैतिक दलहरु एक जुट भई बामलोकतान्त्रि मोर्चा निर्माण गरि प्रतिगमनलाई परास्तगरि संविधानजोगाउने कार्यमा सफलता हासिल गर्दै तिनै बामलोकतान्त्रि शक्तिहरु सगँसगै निर्वाचनमा होमिएको कुरा आम सर्वसाधारणमा जगजाएर छ ,त्यसैले यस बारेमा धेरै विश्लेषण गरेर समय वर्वाद गर्नुको कुनै औचित्य छैन । पाँचदलिय गठबन्धनबाट पोखरा महानगरपालिका प्रमुखको दाबेदारी सहितनिर्वाचन माहोमिएका अत्यन्तै सरल, प्रभावशाली एंवबहुआयमी...
ललिता निवास प्रकरणका जो सुकैले कसुर गरे पनि दोषीलाई कारबाही हुनुपर्छ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

ललिता निवास प्रकरणका जो सुकैले कसुर गरे पनि दोषीलाई कारबाही हुनुपर्छ : अध्यक्ष नेपाल

नेपालअखबार, पाल्पा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा कसुर देखिएका दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार तानसेनमा राखेको पत्रकार भेटमा उनले ललिता निवास प्रकरणका दोषीलाई कारबाही हुनुपर्ने बताएका हुन् । उनले भने, ‘सरकारी जग्गा हिनामिना प्रकरणमा जो सुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ । कारबाहीको भागिदार हुनुपर्छ ।’ उनले आफ्नो नाम पनि यस प्रकरणमा जोडिएको स्विकार्दै निर्णय गर्नेको नाम आउनु स्वाभाविक भएको बताए । नाम आउनेबित्तिकै आफूले बदमासी गरेको छैन भने आत्तिहाल्नुपर्ने अवस्था नहुने अध्यक्ष नेपालले बताए । ‘जुनसुकै तहका मान्छेले बदमासी गर्न सक्छन्,’ उनले भने, ‘त्यसमा जोडिएको, संलग्न, हिस्सेदार छ वा छैन भन्ने कुरासँग पनि जोडिएको हुन्छ ।’ उनले ‘सि...
अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भए पछि पीडितहरुको आन्दोलनलाई एक्यवद्धता
राजनीति, विचार, समाचार

अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भए पछि पीडितहरुको आन्दोलनलाई एक्यवद्धता

नेपालअखबार, काठमाडौ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भए पछि पीडितहरुको आन्दोलनलाई एक्यवद्धता जनाएको छ। संघका उपमहासचिव एवं प्रवक्ता सन्जिप राइले सामाजिक संजाल फेसबुक मार्फत धारणा व्यक्त गर्दै देशभक्त-प्रगतिशील, लोकतान्त्रिक- समाजवादी युवाहरूलाई आन्दोलनमा उत्रन आह्वान गर्दै युवा संघ नेपालको एक्यवद्धता रहेको जानकारी गराएका छन् । प्रवक्ता राईले सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक षड्यन्त्र पुर्वक संसदबाट निष्क्रिय तुलाएको र यो मानव मारा दलाल पुजीवादी व्यवस्थाको फेरि एक पल्ट डटेर सामना गरौ..! मिटर ब्याजी सांसदहरु र दलको पहिचान गरौ भनी आक्रोश व्...
पुष्पलालको सम्झना
राजनीति, विचार, समाचार

पुष्पलालको सम्झना

बसन्त कुमार विश्वकर्मा संसारमा बेला बेलामा विलक्षण प्रतिभा र संकल्प शक्ति भएका मानिसहरु जन्मन्छन्। जसले आफ्ना लागि मात्र होइन । सिंगै देश, जनता र मानव समुदायको हितका खातिर आफ्नो जीवन समर्पण गरेका हुन्छन् । कमरेड पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको शिखर व्यक्तित्व हुनुहुन्छ र नेपालको प्रजातान्त्रिक आन्दोलनलाई अघि बढाउनमा महत्वपूर्ण योगदान पुर्याउनु भएको इतिहास साँक्षि । वि.सं. १९८१ असार १५ गते रामेछाप नगरपालिका वडा नं. ८, भँगेरीमा जन्मनु भएका पुष्पलालले करिव १६ वर्षको उमेरदेखि सक्रिय राजनीतिक जीवनकाे सुरुवात गर्नु भएकाे थियो। ३८ वर्षसम्म नेपाल र नेपाली जनताको स्वतन्त्रता, मुक्ति र समृद्धिका निम्ति अनबरत संघर्ष गरेर नेपाली राजनीतिक आकाशमा एउटा उज्वल नक्षत्रका रुपमा आफूलाई स्थापित गर्नुभयो। नेपालको एकतन्त्रिय जहाँनिया राणाशासनको विरुद्धमा प्रजातान्त्रिक आन्दोलनका आदरणीय शहीद गंगालाल श्रेष...
उपेन्द्र यादवको दाबीः जसपाकै कारण संघीयता आयो
राजनीति, विचार, समाचार

उपेन्द्र यादवको दाबीः जसपाकै कारण संघीयता आयो

नेपालअखबार, काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपाकै कारण देशभा संघीयता आएको बताएका छन्। आइतबार पार्टीको विधान महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष यादवले जसपा नभएको भए मुलुकमा संघीयता आउँदै नआउने बताए। ‘नेपालमा सङ्घीयता कहिल्यै आउने थिएन,’ उनले भने, ‘जसपा नभइदिएको भए धर्मनिरपेक्षता, समावेशिताजस्ता कुरा कल्पनाका कुरा मात्रै हुने थिए,’ उनले भने। यादवले जसपाकै कारण अहिले नागरिकताको समस्या सामाधान भएको पनि बताएका छन्। ‘अहिले जनता समाजवादी पार्टी नभइदिएको भए नागरिकता समस्या कहिल्यै हल हुने थिएन,’ उनले भने।...
समाजवादको मूल उद्देश्य भनेको पुँजीवादको समाप्ति र उन्मूलन हो -नेता पौडेल
राजनीति, विचार, समाज

समाजवादको मूल उद्देश्य भनेको पुँजीवादको समाप्ति र उन्मूलन हो -नेता पौडेल

नेपालअखबार,माडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य लक्ष्मण पौडेलले समाजवाद पुँजीवादी राज्यसत्ता बिरूद्धको वैचारिक राजनैतिक र सांगठनिक हतियार भएको बताउनु भएको छ । समाजिक संजाल फेसबुकमा समाजवादी मोर्चाका साथीहरूलाई समर्पित भन्दै नेता पौडेलले आफ्नो स्टाटसमा लेख्नु भएको छ । उहाँले लेख्नु भएको छ समाजवाद ब्यक्तिबाद होइन । नत हो यो व्यक्तिवादी बिचार र दृष्टिकोण नै । हामीहरू किन पनि पूँजीवादको उन्नमूलनको कुरा गरीरहेका छौं भने विश्व  पुँजीवाद आर्थिक असमानता र मानबिय शोषणको मूलकारण  बन्न गयो । यो जून ढंगबाट अघि बढीरहेको छ सम्पन्नता तर्फ हैन गरीबी र विपन्नता बिचको खाडल अरू गहिरिदै गएको छ र शोषण उत्पीडनका नयाँ नयाँ रूपहरू देखा पर्दै छन् । उहाँले थप लेख्नु भएको छ-  समाजको आन्तरिक जीवनमा यसले बर्गसंघर्षलाई अरू तीखो बनाएको छ र अन्तराष्ट्रिय क्षेत्रमा दलाल पुँजीवादको एबं साम्राज्यवादी दृष...
अध्यक्ष ओलीले भने–नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ
राजनीति, विचार, समाचार

अध्यक्ष ओलीले भने–नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ

नेपालअखबार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् । आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण गर्दै उनले नेकपा   विभाजनका कारणहरुको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने बताए । उनले पार्टी किन विभाजनसम्म पुग्यो ? कस्तो पृष्ठभूमिबाट विभाजनसम्म पुग्यो ? भन्नेकुराको यथार्थ नागरिकले थाहा पाउनुपर्ने आवश्यक रहेको बताए । अध्यक्ष ओलीले नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परिचालित के थियो ? त्यसको विश्लेषण जरुरी रहेको बताए । उनले भने, ‘अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन । त्यसका पछाडिका कारणहरु के थिए । उद्देश्यहरु के थिए । किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? यी कुराहरु अलिकति आउनुपर्...