Tuesday, July 28

विचार

छरिएको रकम जम्मा गरी अर्थतन्त्र चलायमान बनाउनुपर्छ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

छरिएको रकम जम्मा गरी अर्थतन्त्र चलायमान बनाउनुपर्छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न ठाउँमा छरिएर रहेका साना–साना रकमहरु पुँजीको रुपमा जम्मा गर्नसके अर्थतन्त्रलाई चलायमान बनाउन थप सहज हुने बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले घरघरमा छरिएका साना–साना रकमहरु पुँजीको रुपमा जम्मा गर्नसके वर्तमान अर्थतन्त्रका केही समस्याको सम्बोधन हुने बताए । अध्यक्ष नेपालले भने– ‘सहकारीको बेग्लै महत्व हुनेगर्छ । कसैले सहकारीलाई निजी भित्र राखेर दुईवटाको चर्चा मात्रै गरे हुन्छ भन्ने गर्छन् । होइन, यसलाई महत्व दिने हो भने यसलाई तीन वटा क्षेत्रको रुपमा तीनवटा खम्बाको रुपमा, यसलाई तीन खम्बे अर्थतन्त्र पनि भन्छन् । तीन खम्बे अर्थतन्त्र अहिलेको नेपालको संविधानले तीन खम्बे अर्थतन्त्रको मान्यतालाई अघि सारेको छ । यो तीन ख...
इतिहासको रथ अगाडि बढिसकेको छ पछाडि फर्कन सक्दैन -अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

इतिहासको रथ अगाडि बढिसकेको छ पछाडि फर्कन सक्दैन -अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं  ।  नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले इतिहासको रथ पछि नफर्कने बताउनु भएको छ । बुधबार नेकपा एकीकृत समाजवादीको  प्रचार विभागले आयोजना गरेको सम्पादकसँगको  भेटघाट कार्यक्रममा बोल्दै नेपालले गणतन्त्रविरूद्ध औंला उठाउनेहरूका उद्धेश्य पूरा हुन नदिने भन्दै अव इतिहासको रथ पछि नफर्कने बताउनु भयो । अध्यक्ष नेपालले अगाडि बढिसकेको नेपाललाई पछाडि फर्काउन मेहनत गरिरहेकाहरूको उद्देश्य सफल नहुने बताउनु भयो ।  ‘इतिहासको रथ अगाडि बढिसकेको छ, पछाडि फर्कन सक्दैन। यो उल्टो दिशामा जान सक्दैन,’ भन्दै  ‘त्यस्ता प्रवृत्तिलाई कुनैपनि हालतमा सफल हुन दिँदैनौं।’ भन्दै , ‘ जो परीक्षामा फेल भइसकेका छन्, त्यस्ताहरूले यो व्यवस्था माथि औलो ठड्याउनु सुहाउँदो कुरा नभएको बताउनु भयो ।’ अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गर्दै  ढुक्क हुन आग्रह गर्नुभयो  ।...
सरकारले ४ खर्बबाट १७ खर्ब ऋणको भार बोकी रहँदा के गर्नु पर्दथ्यो।
अर्थ, विचार, साहित्य \कला

सरकारले ४ खर्बबाट १७ खर्ब ऋणको भार बोकी रहँदा के गर्नु पर्दथ्यो।

सरकारले विदेशी मुद्राको संचित बढाउन विदेशी मुद्रामा ऋण लिने कुरा यदाकदा सुन्नमा आएको छ । यसरी लिएको ऋण तलब भत्ताको साथै निहित स्वार्थको विकाश र सुविधामा खर्चिदै ऋणको भार थप्नु कति सम्म जायज हुन्छ होला? केपी ओली को ३/४ वर्षे शासनकालमा करिब ४ खर्बबाट १६ खर्ब भन्दा बढी बोकाइएको ऋणको भार घटाउनुको सट्टा थपेर कहीले सम्म देश चलाउने र जनताले कति सम्म ऋणको भार बोकिदिनु पर्ने होला। यसरी देश चलाई रहँदा अहिलेका राजनीतिज्ञ र प्रशासकले कस्तो आर्थिक अवस्था भएको देश भावी पुस्तालाई हस्तान्तरण गर्ने भन्ने चिन्तनमा हुनुहुन्छ होला यो सोचनीय विषय बनेको छ । यसो भन्दै गर्दा ऋण लिनै नहुने भन्ने आशय भने पक्कै होइन तर लिएको ऋणलाई उचित खर्च र लगानी गरी दीर्घकालीन रूपमा ऋण लिएर तलब भत्ता र सुविधामा मात्र खर्चनु उचित होइन भन्ने हो । चालुखर्चको लागि मात्र ऋण लिँदा आर्थिक भार मात्र बढाउँछ र देश झन् झन् आर्थि...
युवा र खेलाडीलाई सबैभन्दा बढी महत्त्व दिएको छु : प्रधानमन्त्री
राजनीति, विचार, समाचार

युवा र खेलाडीलाई सबैभन्दा बढी महत्त्व दिएको छु : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीहरूलाई सबैभन्दा बढी महत्व दिएको बताएका छन् । शनिबार भरतपुरमा नेपाल कराते महासंघको ७ औँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिताको समारोहलाई बालुवाटारबाट भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने गरेको बताए । प्रधानमन्त्रीले भने, ‘मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु। तीन महिनाको अवधिमा मैदानमै पुगेर खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूलाई बोलाएर खेल क्षेत्रको विकास, खेलाडीहरूको भविष्य निर्...
मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने -अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने -अध्यक्ष नेपाल

नेपालअखबार, सिन्धुपाल्चोक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष  माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताउनु भएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा  शनिबार आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्नुभयो  । अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा प्रति लक्षित गर्दै भन्नुभयो , ‘आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन ।’ गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो । संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजे...
राष्ट्रपति भएपछि रामचन्द्र पौडेलले कांग्रेस छाडे
राजनीति, विचार, समाचार

राष्ट्रपति भएपछि रामचन्द्र पौडेलले कांग्रेस छाडे

नेपालअखबार, काठमाडाैं। राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेल नेपाली कांग्रेसबाट अलग भएका छन्। उनले पार्टीसँगको संलग्नता त्याग गरेका हुन्। कांग्रेस वरिष्ठ नेतासमेत रहेका पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए। पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकोले पार्टी सदस्यबाट अलग भएको जानकारी गराएका छन्। ‘उहाँले पार्टी सदस्यबाट अलग भएको लिखित जानकारी केन्द्रीय कार्यालयमा पठाउनुभएको छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने। राष्ट्रपतिमा निर्वाचित व्यक्ति पार्टी सदस्य रहन नहुने व्यवस्था छ। नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे गर्ने तयारी छ। पौडेल गत मंसिर ४ को चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति भएपछि यो क्षेत्रमा प्रतिनिधि सभा सदस्य पनि रिक्त भएको छ। यहाँ छ ...
‘फुटाऊ र राज गर’ को बाटो त्याग्ने कि ओलीलाई मेटमणिको कटाक्ष
राजनीति, विचार, समाचार

‘फुटाऊ र राज गर’ को बाटो त्याग्ने कि ओलीलाई मेटमणिको कटाक्ष

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का पोलिट्ब्युरो  सदस्य एवं पूर्वमन्त्री मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीलाई घुमाउरो शैलीमा कटाक्ष गर्नु भएको छ । राष्ट्रपति निर्वाचनमा नौ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल भारी मत सहित विजयी भएपछि उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ  ‘अझै पनि राजनीतिमा ढाँटको खेती गर्ने, झुक्याएर अघि बढ्ने, विभाजन गर्ने र अरुको अपमान गरेर रमाइलो मान्ने चेतना भइरह्यो भने सधैँ भरिलाई एक्लो भइन्छ ।’ एकीकृत समाजवादीका सांसद समेत रहेका चौधरीले केपी ओलीप्रति लक्षित गर्दै घमण्ड त्याग्न, सत्य कुरा गर्न र अरुले महसुस गर्ने गरि व्यवहारमा देखाउन सुझाउनु भएको छ ।  राष्ट्रपति निर्वाचन अघि माधव नेपालसँगको वार्तामा ओलीले ३ घण्टा गफ दिएको प्रसङ्ग कोट्याउदै सांसद चौधरीले फेसबुकमा लेख्नु भएको छ  ‘अरुको अपमान हुनेगरि ३ घण्टा बोलेर बहादुर र जान्ने भइन्छ भन्ने चेत...
गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्छ – अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्छ – अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी )  का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिन सङ्घीय संसद् भवन पुग्नुभएका नेपालले सञ्चारकर्मीसँग  प्रतिक्रिया दिँदै गठबन्धनको सरकार बनिसकेपछि स्वाभाविकरूपमा राष्ट्र र जनताप्रति गम्भीर जिम्मेवारी हुने उल्लेख गर्नुभयो । “भागबन्डामा अल्मलिने भन्दा पनि देश र जनताको निम्ति के गर्ने भन्ने कुरा चिन्ताको विषय हुन्छ”, उहाँले भन्नुभयो, “कुनै पनि समस्याको वैज्ञानिक समाधान खोज्नुपर्छ, सहकार्यको निम्ति पनि औचित्यपूर्ण ढङ्गबाट पुष्टि गर्ने किसिमबाट अगाडि बढ्नुपर्छ, त्यसो भयो भने सबै समस्याको समाधान हुन्छ ।” नेता नेपालले राष्ट्रपतिको मतपरिणामलाई अत्यन्तै सकारात्मक र उत्साहवर्द्धक रूपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जस्तो प्रकारको गठबन...
म राष्ट्रपतिमा निर्वाचित भए शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् : वरिष्ठ नेता पौडेल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

म राष्ट्रपतिमा निर्वाचित भए शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् : वरिष्ठ नेता पौडेल

नेपालअखबार, काठमाडैँ । आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन् । यही फागुन २५ गते हुने राज्य प्रमुखको उम्मेदवारीका सन्दर्भमा कुराकानी गर्दै उनले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गरे । पूर्वसभामुख पौडेलले भने, “संविधान र लोकतन्त्रसहित परिवर्तनका उपलब्धिको रक्षा गर्ने सन्दर्भमा राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुन्छ । राष्ट्रपतिको उम्मेदवारीका लागि भएका छलफलमा सबै दल र साथीहरूको सहमतिपछि म उम्मेदवार भएँ, जनताले अपेक्षा गरेअनुसारको यदि मैले आचरण र संविधानको परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् ।” पूर्वउप...
हामीले चाहेमा मुलुकको राजनीतिक कोर्ष नै चेन्ज गर्न सक्छौं : माधव नेपाल
राजनीति, विचार, समाचार

हामीले चाहेमा मुलुकको राजनीतिक कोर्ष नै चेन्ज गर्न सक्छौं : माधव नेपाल

नेपालअखबार, सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरुले चाहे मुलुकको राजनीतिक कोर्ष परिवर्तन हुनसक्ने बताएका छन् । सोमबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई राष्ट्रिय राजनीतिमा क्रान्तिकारी धार भएको पार्टीको रुपमा अगाडि बढाउन चाहिरहेको बताए । यसअघिका निर्वाचनमा अपेक्षा गरेअनुसार नतिजा नआएको बताउँदै उनले त्यसलाई नकरात्मक भन्दा पनि सकारात्मक रुपम लिँदै पार्टीलाई सुदृढीकरण गरिने बताए । नेपालले आफुहरुले आँट गरेको खण्डमा राजनीतिकको कोर्ष नै परिवर्तन गर्न सकिने दाबी गरे । ‘यसअघि पनि हामीले पटक–पटक त्यस्ता कार्य गर्न सफल भएकै हो, अहिले कुन ठुलो कुरा भयो र ?,’ नेपालले भने, ‘हामीलाई बेवास्ता गरेर कसैले मुलुकलाई चलाउन खोज्छ भने त्यो सम्भव छैन ।’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ने...