Saturday, April 11

विदेश

बंगलादेशमा पूर्व प्रहरी आयुक्तसहित तीन वरिष्ठ प्रहरी अधिकारीलाई मृत्युदण्ड
राजनीति, विदेश, समाचार

बंगलादेशमा पूर्व प्रहरी आयुक्तसहित तीन वरिष्ठ प्रहरी अधिकारीलाई मृत्युदण्ड

नेपालअखबार,काठमाडौँ । बंगलादेशका पूर्व ढाका प्रहरी आयुक्तसहित तीन जना प्रहरी अधिकारीलाई सन् २०२४ को हिंसात्मक सडक आन्दोलन क्रममा उनीहरूको कथित भूमिकाका लागि सोमबार मृत्युदण्डको सजाय सुनाइएको छ। उक्त आन्दोलनकै कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सत्ता पतन भएको थियो। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणका न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुम्दरको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले पूर्व ढाका मेट्रोपोलिटन प्रहरी (डिएमपी) आयुक्त हबीबुर रहमान, पूर्व डीएमपी संयुक्त आयुक्त सुदीप कुमार चक्रवर्ती र अतिरिक्त उप–आयुक्त मोहम्मद अख्तरूल इस्लामलाई मृत्युदण्ड सुनाएको भारतीय अखबार 'द हिन्दु' ले लेखेको छ। यसअघि पुनर्गठित अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जामान खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइसकेको थियो। यो उक्त न्या...
भारत आज ७७ औं गणतन्त्र दिवस मनाउँदै
राजनीति, विदेश, समाचार

भारत आज ७७ औं गणतन्त्र दिवस मनाउँदै

नेपालअखबार,काठमाडौं । छिमेकी मुलुक भारतले आज (सोमबार) ७७ औं गणतन्त्र दिवस मनाउँदै छ । भारतमा आजकै दिन सन् १९५० मा संविधान लागू भएको थियो । गणतन्त्र दिवस समारोहका अवसरमा भारत आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गर्दैछ । समाचर एजेन्सी पीटीआईका अनुसार समारोहमा प्रदर्शन गरिने परेडमा हालै गठन भएका सैन्य इकाईहरूका साथै ‘अपरेशन सिन्दुर’ का दौरान तैनाथ प्रमुख हथियार प्रणालीहरूको मोडल पनि समावेश हुने छ । युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो लुईस सान्तोस दा कोस्टा र युरोपियन कमीशनका अध्यक्ष उर्सुला वान डेर लेयेन गणतन्त्र दिवस समारोहमा मख्य अतिथि रहने छन् । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले समारोहको अगुवाइ गर्ने बताइएको छ । कार्यक्रम भारतीय समयअनुसार बिहान साढे १० बजे सुरू हुने र ९० मिनेटसम्म चल्ने छ । परेडको सुरूवात अघि झण्डै १०० सांस्कृतिक कलाकारले ‘विवि...
अहिलेसम्मकै न्यूनस्तरमा ओर्लियो चीनको जन्मदर
विदेश, समाचार, समाज

अहिलेसम्मकै न्यूनस्तरमा ओर्लियो चीनको जन्मदर

नेपालअखबार,बेइजिङ । २०२५ मा चीनको जन्मदर इतिहासकै सबैभन्दा न्यूनस्तरमा झरेको छ । त्यहाँको राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार प्रति हजार जनसंख्यामा जन्मदर ५ दशलमव ६३ मात्र रहेको छ । यो २०२३ को कीर्तिमानी न्यून स्तरभन्दा पनि कम हो । २०२३ मा चीनको प्रतिहजार जन्मदर ६ दशमलव ३९ कम थियो । यससँगै चीनको जनसंख्या लगातार चौथो वर्ष घटेको छ । जन्मदर घट्दै जानुले दशकौंसम्मको ‘एक सन्तान नीति’ खारेज गरेपछि पनि युवा पुस्तालाई सन्तान जन्माउन प्रेरित गर्ने चीन सरकारको प्रयासलाई ठूलो धक्का पुगेको विश्लेषकहरूले बताएका छन् । यो प्रवृत्तिले दीर्घकालमा विश्वकै दोस्रो ठूलो अर्थतन्त्रमा गहिरो असर पार्ने चिन्ता बढाएको छ । गत वर्ष चीनमा ७९ लाख २० हजार शिशु जन्मिएका थिए भने १ करोड १३ लाख १० हजार जनाको मृत्यु भयो । सो अवधिमा चीनको कुल जनसंख्या ३३ लाख ९० हजारले घटेर २०२५ मा १ अर्ब ४० करोड मा झरेको छ । भारतपछि चीन ...
पाकिस्तानकाे सपिङ मलमा आगलागी : मर्नेको सङ्ख्या ८ पुग्यो
विदेश, समाचार, समाज

पाकिस्तानकाे सपिङ मलमा आगलागी : मर्नेको सङ्ख्या ८ पुग्यो

नेपालअखबार, कराँची । पाकिस्तानको सबैभन्दा ठुलो सहर कराँचीमा रहेको गुल प्लाजामा भएको भीषण आगलागीमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना दमकलकर्मी भएको बताइएको छ । दर्जनौँ मानिस अझै बेपत्ता रहेको आशङ्कामा उद्धारकर्मीहरूले खोजी कार्य तीव्र बनाएका छन् । शनिबार राति सुरु भएको आगो निभाउन दमकलकर्मीलाई २४ घण्टाभन्दा बढी समय लागेको थियो । करिब ८ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको यस प्लाजामा झन्डै १ हजार २०० पसल सञ्चालनमा थिए । आगलागीपछि भवनका विभिन्न भाग भत्किएका छन् । यसले गर्दा उद्धार कार्यमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन् । भेन्टिलेसनको अभाव र भग्नावशेषले खोजी कार्यलाई थप जटिल बनाएको छ । परिवारका सदस्यहरूका अनुसार ५८ जना सम्पर्कविहीन छन् । बेपत्ता भएका मानिसका आफन्तहरू भवन बाहिर खबर पर्खिरहेका छन् । सहर प्रशासनले बेपत्ताहरूको विवरण सङ्कलन गर्न विशेष डेस्क स्थापना गर...
थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २८ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २८ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा कम्तीमा २८ जनाको मृत्यु भएको छ । घटनामा ६४ जना घाइते भएका छन् । तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बुधबार बिहान बैंककको नोङ नाम खुन स्टेसनबाट देशको उत्तरपूर्वी प्रान्त नाखोन रात्चासिमातर्फ छुटेको रेलमा क्रेन खसेको थियो । क्रेन खस्दा रेल नै आधा चिरा भएको थियो । थाइल्याण्डलाई चीनसँग जोड्ने तीव्र गतिको रेल्वे ट्र्याक निर्माणको काममा उक्त क्रेन प्रयोग गरिएको थियो । क्रेन खस्दा रेलको एउटा डब्बा लिकबाट बाहिर खसेको र अर्कोमा आगो लागेको बताइएको छ । दुघर्टनाको समयमा रेलमा अधिकांश विद्यार्थी र कामदारहरू सवार थिए । अधिकारीहरूले मृतकको पहिचान गरिरहेको र घाइतेलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थाइल्याण्डका उपप्रधान तथा यातायात मन्त्री फिपट रत्चकितप्रकर्णले जानकारी दिएका छन् । स्टेट...
यौनजन्य सामग्री बनाएको भन्दै मलेसिया र इन्डोनेसियामा मस्कको ‘ग्रोक’माथि प्रतिबन्ध
विदेश, समाचार, समाज

यौनजन्य सामग्री बनाएको भन्दै मलेसिया र इन्डोनेसियामा मस्कको ‘ग्रोक’माथि प्रतिबन्ध

नेपालअखबार,क्वालालम्पुर । मलेसिया र इन्डोनेसियाले यौनजन्य डीपफेक सामग्री बनाउन सक्ने भन्दै अमेरिकी खर्बपति व्यापारी एलन मस्कको एआई च्याटबोट ग्रोकमाथि प्रतिबन्ध लगाएका छन् । ग्रोक मस्कको माइक्रो ब्लगिङ वेबसाइट एक्समा  प्रयोग हुने एउटा टूल हो । वास्तविक मान्छेको अनुमति नै नलिईकन उनीहरूको आपत्तिजनक तस्बिर बनाउन यसको दुरुपयोग गरिएको पाइएको छ । महिला र बालबालिकाको सुरक्षा जोखिममा परेको भन्दै प्रतिबन्ध लगाइएको दुवै देशका सञ्चार मन्त्रालयहरूले जनाएका छन् । प्रभावकारी सुरक्षा उपाय नअपनाएसम्म ग्रोकमाथि रोक कायम रहने बताइएको छ । कुनै एआई टूलमाथि यसरी प्रतिबन्ध लगाइएको यो विश्वमै पहिलो पटक हो । हालैका दिनमा ग्रोक र यसलाई बनाउने कम्पनी एक्सआईले भारत, बेलायत लगायत देशमा यौनजन्य डिपफेक कन्टेन्टको मामिाला दबाबको सामना गर्नु परिरहेको छ ।...
४० जनाको मृत्यु र ११९ जना जलेर घाइते भएको आगलागीको कारण खुल्यो
विदेश, समाचार, समाज

४० जनाको मृत्यु र ११९ जना जलेर घाइते भएको आगलागीको कारण खुल्यो

नेपालअखबार,काठमाडाैँ ।  स्वीट्जरल्याण्डको चर्चित स्की रिसोर्ट क्रान्स–मोन्टानास्थित ले कन्स्टेलेसन बारमा नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा भएको भीषण आगलागी हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ। घटनामा ११९ जना घाइते भएका छन्। तीमध्ये धेरैको अवस्था गम्भीर रहेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन्। स्थानीय अभियोजक बेअट्रिस पिल्लोले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आगलागीको कारणबारे प्रारम्भिक अनुसन्धानबाट खुलेको विषय सार्वजनिक गरेकी छन्। आगलागीको कारण श्याम्पेन बोतलमा राखिएको स्पार्कलर (फोहोरा मैनबत्ती) हुनसक्ने उनले बताएकी छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युवाहरूले नयाँ वर्षको खुसीमा स्पार्कलर जडित श्याम्पेनका बोत्तल छतनजिक पुर्‍याएका थिए। त्यसबाट छतमा आगो सल्कलिएको र त्यो तुरून्तै फैलिएको बताइएको छ। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले आगलागी...
रक्सी पसलभित्र चल्यो अन्धाधुन्ध गोली, ९ जनाको मृत्यु
विदेश, समाचार, समाज

रक्सी पसलभित्र चल्यो अन्धाधुन्ध गोली, ९ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं ।दक्षिण अफ्रिकाको जोहन्सबर्ग नजिकैको एउटा सहरमा अन्धाधुन्ध गोली चलेको छ। बेकर्सडाल टाउनसिपमा रहेको एउटा रक्सी पसलभित्रै छिरेर एक समूहले गोली चलाउँदा  ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। आइतबार मध्यराति १ बजे एउटा गाडीमा आएका बन्दुकधारीहरूले मदिरा पिउँदै बसेका व्यक्तिहरूमाथि गोली चलाएका थिए। घटनामा १० जना घाइते भएका छन्। गोली चलेपछि भागेका केही मानिसहरूलाई लखेटी लखेटी बन्दुकधारीहरूले गोली हानेका थिए। घाइतेहरूलाई विभिन्न स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ। गोलीकाण्डको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। रोयटर्सका अनुसार बेकर्सडाल रहेको र्‍याण्ड वेस्ट सिटी बेरोजगारी र गरिबीले प्रभावित मानिन्छ। सो क्षेत्र सुन खानी उद्योग पतन भएपछि आर्थिक संकटले ग्रस्त बनेको स्थानीय सरकारको वेबसाइटमा उल्लेख छ। अफ्रिकाको ...
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नीलाई १७ वर्ष जेल सजाय
राजनीति, विदेश, समाचार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नीलाई १७ वर्ष जेल सजाय

नेपालअखबार, काठमाडौं। पाकिस्तानको अदालतले  पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई १७/१७ वर्षको जेल सजाय सजाय सुनाएको छ। शनिबार इस्लामाबादको विशेष अदालतले सरकारी उपहार आफ्नो फाइदाका लागि दुरूपयोग गरेको मुद्दामा पूर्वप्रधानमन्त्री खान र उनकी श्रीमति बुशरालाई १७/१७ वर्षको जेल सजाय सुनाएको हो। यो मुद्दा सन् २०२१ मा साउदी युवराजले दिएको महँगो गहनासेटसँग जोडिएको भनेर पाकिस्तानी अनलाइन डनले लेखेको छ। करिब ८० करोड रुपैयाँ पर्ने गहना इमरानले २ करोड ९० लाखमा किनेको आरोप प्रमाणित भएको अदालतको ठहर छ। अदालतले यसलाई सरकारी उपहार आफ्नो फाइदामा दुरुपयोग गरेको मानेको छ। फैसला रावलपिन्डोको अदियाला जेलमै सुनाइयो, जहाँ इमरान पहिले नै अर्को  भ्रष्टाचार मुद्दामा १४ वर्षको सजाय काटिरहेका छन्। नयाँ १७ वर्षको सजाय पुरानो सजाय सकिएपछि मात्रै सुरु हुने  पनि पाकिस्तानका सञ्चारमन्त्री अत...
बङ्गलादेशमा हिन्दु युवाको हत्या प्रकरणमा १० जना पक्राउ
राजनीति, विदेश, समाचार

बङ्गलादेशमा हिन्दु युवाको हत्या प्रकरणमा १० जना पक्राउ

नेपालअखबार, ढाका । बङ्गलादेशको मयमनसिंह जिल्लामा २७ वर्षीय हिन्दु युवा दिपु चन्द्र दासलाई कुटपिट गरी हत्या गरिएको घटनामा सुरक्षा निकायहरूले ठुलो कारबाही गर्दै १० जना अभियुक्तलाई पक्राउ गरेका छन्। यो जानकारी बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा शेयर गरेका छन्। यस घटनामा र्‍यापिड एक्सन बटालियनले सात जना संदिग्धहरूलाई पक्राउ गरेको मुहम्मद युनुसले बताएका छन् । स्थानीय प्रहरीले तीन जना अभियुक्तलाई पक्राउ गरेको बताइएको छ। यि गिरफ्तारी विभिन्न क्षेत्रमा गरिएको विशेष अपरेशनको भागको रूपमा गरिएको थियो। भीडले कुटपिट गरी हत्या गरेर दिपु चन्द्र दासको शरीरमा आगो लगाएको थियो । दिपु चन्द्र दासलाई ईश्वरनिन्दाको आरोपमा भीडले क्रूर रूपमा कुटपिट गरेर उनको शरीरलाई रूखमा झुण्ड्याएर आगो लगाइएको समाचार आएका छन् । पक्राउ परेका अभियुक्तहरूको नाम सार...