Tuesday, November 4

विदेश

सनई टाकाइचीलाई नयाँ नेताको रूपमा निर्वाचित गरेपछि जापानले पहिलो महिला प्रधानमन्त्री पाउने
राजनीति, विदेश, समाचार

सनई टाकाइचीलाई नयाँ नेताको रूपमा निर्वाचित गरेपछि जापानले पहिलो महिला प्रधानमन्त्री पाउने

नेपालअखबार,काठमाडौं ।  जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीले (एलडिपी) सनई टाकाइचीलाई नयाँ नेताको रूपमा निर्वाचित गरेपछि जापानले पहिलो महिला प्रधानमन्त्री पाउने भएको छ। सन् २०२१ र गत वर्ष गरी दुई पटकको दलको नेताको निर्वाचन हारेकी ६४ वर्षीया टाकाइची शनिबार तेस्रो प्रयासमा एलडिपीको नेता चुनिएकी छिन्। सत्तारूढ एलडिपीको नेता चुनिएपछि टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी हुन्। संसदमा एलडिपीको बहुमत नभए पनि उनलाई संसदले प्रधानमन्त्री अनुमोदन गर्ने अपेक्षा गरिएको छ। अनुमोदन गरेपछि परम्परावादी सोच भएको जापानको उनी पहिलो महिला प्रधानमन्त्री बन्नेछिन्। एलडिपीले पार्टी नेतृत्वको चुनाव दुई वर्ष अगावै गर्ने कि नगर्ने भनेर मतदान हुने तयारी भएपछि सेप्टेम्बर ७ मा इशिबाले राजीनामा दिएका थिए। स्थानीय मिडियाका सर्वेक्षणहरूले चाँडो चुनावको पक्षमा जनमत बढेको देखाएकाले यो म...
तमिल अभिनेता विजयको र्‍यालीमा भागदौड, ३९ जनाको मृत्यु
विदेश, समाचार, समाज

तमिल अभिनेता विजयको र्‍यालीमा भागदौड, ३९ जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ ।  भारतको तमिलनाडु स्थित नामक्कलमा अभिनेता विजयको र्‍यालीमा भागदौड मच्चिएको छ। जसमा बालबालिकासहित कम्तीमा ३९ जनाको मृत्यु भएको छ भने ९५ भन्दा बढी घाइते भएका छन्। टिभीके (तमिलागा भेट्टी कझगम) का प्रमुख तथा अभिनेता विजयको र्‍यालीमा ठुलो संख्यामा मानिसहरू भेला भएका थिए। अभिनेताबाट राजनीतिज्ञ बनेका विजय भीडलाई सम्बोधन गरिरहेका थिए। केही मानिसहरू बेहोस हुन थालेपछि उनी भाषण रोकेर र्‍यालीबाट बाहिरिएका थिए । त्यसपछि थप भागदैड मच्चिएको थियो । विजयले घटनाबाट आफ्नो मुटु टुक्रेको र असहनीय पीडा र दुःखमा रहेको बताएका छन् । उनले मृत्यु भएकाहरूको परिवारप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गर्दै अस्पतालमा रहेकाको शीघ्र स्वास्थ्यलाभका निम्ति प्रार्थना गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत घटनालाई दुर्भाग्यपूर्ण र अत्यन्तै दुःखद भ...
छुट्टै राज्यको माग गर्दै लद्दाखमा चर्कियो प्रदर्शन
राजनीति, विदेश, समाचार

छुट्टै राज्यको माग गर्दै लद्दाखमा चर्कियो प्रदर्शन

नेपालअखबार, काठमाडौं । भारतको लद्दाखमा  राज्यको माग गर्दै प्रदर्शन चर्किएको छ । लद्दाखलाई स्वायत्त राज्य कायम गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका युवा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा कम्तीमा चार जनाको मृत्यु भएको इन्डिया टूडेले उल्लेख गरेको छ । घटनामा कम्तीमा ७० जना घाइते भएका समाचारमा उल्लेख छ । झडपपछि आक्रोशित प्रदर्शनकारीले आगजनी र तोडफोड गर्न थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाका छन् । प्रदर्शनकारीले बुधबार लेह लद्दाखमा रहेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शनकारीले एउटा गाडीमा समेत आगजनी गरेको अधिकारीहरूलाई बताएका छन् । हिंसा नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र लाठिचार्ज गरेको थियो । हिंसा चर्किएपछि जम्मू कश्मीरका पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले केन्द्र सरकारले अगाडि बढेर जम्मू कश्मीरका जनताको असन्तोषको कारण पत्ता...
बासमती चामलबारे पाकिस्तानसँगको विवादले भारत-ईयूबीच व्यापार वार्तामा असर
अर्थ, विदेश, समाचार

बासमती चामलबारे पाकिस्तानसँगको विवादले भारत-ईयूबीच व्यापार वार्तामा असर

नेपालअखबार,काठमाडौँ । बासमती चामलको बारेमा भारत र पाकिस्तानबीचको विवादले भारतको युरोपियन युनियनसँग (ईयू) हुन लागेको व्यापार सम्झौताको प्रक्रियालाई जटिल बनाएको छ। व्यापार सम्झौताका लागि नयाँ दिल्लीमा रहेका ईयूका वार्ताकारहरूलाई बासमतीको नामकरण प्रयोग गर्ने आफ्नो अधिकार स्वीकार गर्न भारतले दबाब दिइरहेको भनेर वार्तामा संलग्न अधिकारीहरूको हवाला दिँदै फाइनान्सियल टाइम्सले लेखेको छ। भारत र पाकिस्तान संसारका सबभन्दा ठूला बासमती चामल उत्पादक हुन्। दुवैले यसको नाममाथि आफ्नो मात्रै अधिकार भएको दाबी गर्छन्। उनीहरूले तोकिएको क्षेत्रमा उब्जाएको चामललाई मात्रै बासमतीको मान्यता हुनुपर्ने भन्छन्। आफ्ना उत्पादकहरूले  फलाएको चामलको राम्रो मूल्य पाऊन् भनेर उनीहरूले त्यस्तो दाबी गरेका हुन्। भारतको माग अनुसार भारतमा उत्पादन भएको चामललाई मात्रै बासमतीको मान्यता दिए पाकिस्तानसँग कूटनीतिक सम्बन्ध  बिग्रन...
लण्डनमा शनिबार एक लाखभन्दा बढी मानिसहरू सडकमा
विदेश, समाचार, समाज

लण्डनमा शनिबार एक लाखभन्दा बढी मानिसहरू सडकमा

नेपालअखबार,काठमाडौं ।  लण्डनमा शनिबार एक लाखभन्दा बढी मानिसहरू सडकमा निस्किए। कसैको हातमा संयुक्त अधिराज्यको झन्डा, कसैले इंग्ल्याण्डको रातो–सेतो झन्डा, कसैले अमेरिकी र इसराइली झन्डासमेत बोकेका थिए। कतिपयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 'मेक अमेरिका ग्रेट अगेन (मागा)' समर्थक टोपी लगाएका थिए। उनीहरूले 'आप्रवासीलाई घर फर्काउ', 'अभिव्यक्ति स्वतन्त्र सुनिश्चित गर' जस्ता नारा लगाएका थिए। आप्रवासी विरोधी प्रदर्शनमा १ लाख ५ हजार भन्दा बढी मानिसहरू सहभागी थिए भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। उक्त प्रदर्शनमा सहभागी हुन विभिन्न सहरबाट मानिसहरू लन्डन पुगेका थिए। आप्रवासी विरोधी अभियानी टमी रबिन्सनले प्रदर्शनको आह्वान गरेका थिए। यसलाई लन्डनमा भएका ठूला ठूला प्रदर्शहरूमध्येको एउटा प्रदर्शन भनिएको छ। साउथवार्कबाट प्रदर्शनकारीहरूले ह्वाइट हलसम्म मार्चपा...
‘नेपाल शैलीको विद्रोह’ को आह्वान गरेको भन्दै भारतमा पूर्वसांसदविरुद्ध १४ वटा एफआइआर दर्ता
राजनीति, विदेश, समाचार

‘नेपाल शैलीको विद्रोह’ को आह्वान गरेको भन्दै भारतमा पूर्वसांसदविरुद्ध १४ वटा एफआइआर दर्ता

नेपालअखबार,कोलकाता । नेपालको राजनीतिक अस्थिरतालाई जोडेर पश्चिम बङ्गालमा ‘सामूहिक विद्रोह’ को आह्वान गरेको आरोपमा भारतीय जनता पार्टी (भाजपा) का पूर्वसांसद अर्जुन सिंहविरुद्ध १४ वटा एफआईआर दर्ता गरिएको छ। उनको विवादास्पद टिप्पणीपछि भाजपाका नेताहरूले पनि उनबाट दूरी बनाएका छन्। सिंहले बुधबार नेपालको राजनीतिक अशान्तिसँग समानान्तरता जोड्दै विवादास्पद टिप्पणी गरेका थिए। ‘पश्चिम बंगालका युवाहरू यो भ्रष्ट सरकारलाई हटाउन कहिले उठ्छन्? रक्तपात बिना कुनै भ्रष्ट शासनको अन्त्य हुँदैन... बेरोजगार युवाहरूले नेपालबाट सिक्नुपर्छ। जब बंगालका युवाहरू उठ्छन्, यदि उनीहरूले मलाई बोलाए भने, म अगाडिबाट नेतृत्व गर्न तयार छु,’ उनले भनेका थिए। बाराकपुर प्रहरी प्रमुख मुरलीधर शर्माले सिंहविरुद्ध १४ वटा मुद्दा दर्ता भएको र अनुसन्धान भइरहेको पुष्टि गरेका छन्। यद्यपि, सिंहले आफ्नो अडानमा अडिग रहँदै भनेका छन्, ‘म फेर...
बाढीका कारण पञ्जाबमा ४८ जनाको मृत्यु
विदेश, समाचार, समाज

बाढीका कारण पञ्जाबमा ४८ जनाको मृत्यु

नेपालअखबार,नयाँ दिल्ली ।  भारतको पञ्जाब राज्यमा आएको बाढीको प्रकोप कम हुने कुनै संकेत देखिएको छैन । शनिबारको बाढीका कारण क्षतिग्रस्त भएका  राज्यका चार जिल्लामा बाँधको मर्मत सम्भारको कार्य आइतबार जारी रह्यो । बाँध बनाउने काममा सेना र एनडीआरएफ टोलीहरू निरन्तर संलग्न छन् । राज्यका २३ बाढी प्रभावित जिल्लाका २०५० गाउँहरूमा कुल ३ लाख ८७ हजार ८९८ जना घरबारविहीन भएका छन् भने २० लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन् । बाढीका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएको बताइएको छ । पठानकोट जिल्लाबाट तीन जना बेपत्ता छन् । राज्यका धेरै जिल्लाहरूमा अहिलेसम्म १ लाख ७६ हजार ९८० दशमलव शून्य ५ हेक्टर बाली प्रभावित भएको बताइएको छ । पञ्जाब सरकारले सेप्टेम्बर ८ देखि राज्यका सबै विद्यालय, कलेज, विश्वविद्यालय, पोलिटेक्निक संस्थान र आईटीआई खोल्ने निर्णय गरेको छ । यद्यपि, बाढी प्रभावित क्षेत्रहरूमा संस्थाहरू ...
गुजरातमा रोपवेको केबल भाँचिदा ६ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

गुजरातमा रोपवेको केबल भाँचिदा ६ जनाको मृत्यु

नेपालअखबार,नयाँ दिल्ली । भारतको गुजरात राज्यको पञ्चमहल जिल्लाको पावागढ यात्रा मार्गमा रोपवेको केबल भाँचिदा ६ जनाको मृत्यु भएको छ । यो घटना शनिबार दिउँसो ३ बजेतिर भएको भन्दै बीबीसी हिन्दीले आइतबार सामाचार छापेको छ । सामान बोकेको लिफ्ट दुर्घटनाग्रस्त भएको पञ्चमहलका आवासीय अतिरिक्त कलेक्टर जेजे पटेलले बताए । यसका कारण छ जनाको मृत्यु भएको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको पनि पटेलले बताए । निर्माण सामग्री बोकेको ट्रलीको तार भाँचिँदा दुर्घटना भएको बीबीसी गुजराती सेवा संवाददाता दक्षेश शाहले बताएका छन् । सामान बोकेको रोपवे भक्तजनहरूको आवतजावत गर्ने रोपवेभन्दा फरक हुन्छ । दुर्घटनापछि, अर्को सूचना जारी नभएसम्म भक्तजनहरूको लागि पनि रोपवे सेवा बन्द गरिएको छ । शाहका अनुसार, ‘सामान मर्मतका लागि लैजाँदै गर्दा रोपवेको तार भाँचियो र क्याबिन तल खस्यो । क्याबिनको भग्नावशेष तल तालमा खसेको छ ।’ पा...
भूकम्पमा परी अफगानिस्तानमा मृत्यु हुनेको संख्या २२ सय कट्यो
विदेश, समाचार, समाज

भूकम्पमा परी अफगानिस्तानमा मृत्यु हुनेको संख्या २२ सय कट्यो

नेपालअखबार,काठमाडौँ । भूकम्पमा परी अफगानिस्तानमा मृत्य हुनेको संख्या २ हजार २०० नाघेको छ। गत आइतबार मध्येरातमा पाकिस्तानसँग सिमा जोडिएको नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको थियो। बिहीबारसम्म मृत्यु हुनेको संख्या २ हजार २०५ पुगेको तालिबानी सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। घाइतेहरूको संख्या ३ हजार ५ सय नाघेको छ। तीमध्ये धेरै जना गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने भनिएको छ। ६ म्याग्निच्युडको भूकम्पपछि पनि पराकम्पनहरू आइरहेका छन्। दुईपटकसम्म ५ म्याग्निच्यूडभन्दा बढी तीव्रताका भूकम्प गइसकेको छ। बिहीबार राति ८:५६ बजे ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। सो पराकम्पनबाट थप मानिसको मृत्यु भएको रिपोर्ट आएको छैन। यद्यपि कुनार र नांगरहर क्षेत्...
टोकियोमा नेकपा (एस) निकट प्रवासी नेपाली एकता मञ्च जापानको तेस्रो अधिवेशन सम्पन्न, हरि लामिछाने नेतृत्वमा नयाँ कार्य समिति चयन
राजनीति, विदेश, समाचार

टोकियोमा नेकपा (एस) निकट प्रवासी नेपाली एकता मञ्च जापानको तेस्रो अधिवेशन सम्पन्न, हरि लामिछाने नेतृत्वमा नयाँ कार्य समिति चयन

नेपालअखबार,टोकियो । नेकपा (एस) निकट प्रवासी नेपाली एकता मञ्च जापानको तेस्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ । ३१ अगस्ट, आईतबार टोकियोमा नेकपा (एस) का महासचिव घनश्याम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न तेस्रो अधिवेशनले हरि लामिछानेको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एस) का महासचिव घनश्याम भुसालले विदेशमा रहेका नेपालीहरूलाई मताधिकार दिलाउन निरन्तर प्रयास गरिरहने प्रतिवद्दता व्यक्त गरे । महासचिव भुसालले प्रवासी नेपालीहरूलाई मताधिकार दिन आवश्यक रहेको बताउदै प्रवासमा सबै नेपालीहरू एकजुट भई नेपालको कृषि र उत्पादनशिल उद्योग क्षेत्रमा लगानी गर्न अपील पनि गरेका थिए। प्रवासी नेपाली एकता मञ्च जापान, राष्ट्रिय समितिको नयाँ नेतृत्वमा अध्यक्ष हरि लामिछाने, वरिष्ठ उपाध्यक्ष टक्कर कुँवर, दुई उपाध्यक्ष मञ्जु गिरी र सचिन नेम्वांग सर्वसहमत चयन भएका छन।
त्यसैगरी ...