Saturday, May 23

विदेश

बंगलादेशबाट भागेको ९ दिनमा हसिनाले पहिलो वक्तव्य जारी गरिन्
राजनीति, विदेश, समाचार

बंगलादेशबाट भागेको ९ दिनमा हसिनाले पहिलो वक्तव्य जारी गरिन्

नेपालअखबार, काठमाडौँ ।  बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेको ९ दिनमा पहिलो वक्तव्य जारी गरेकी छन्। साउन २१ गते प्रधानमन्त्रीबाट राजीनामा गरेर भारत निर्वासनमा गएकी हसिनाले गएराति पहिलो वक्तव्य जारी गरेकी हुन्। हसिनाको वक्तव्य उनको छोरा साजिव वाजेदले फेसबुकमार्फत सार्वजनिक गरेका छन्। वक्तव्यमा उनले सन् १९७५ मा अगस्ट १५ भएको आफ्नो परिवारका सदस्यहरूको हत्या र जुलाई यताको प्रदर्शनको विषयमा उल्लेख गरेकी छन्। उनले जुलाइदेखि बंगलादेशमा भएका हत्या,हिंसा र तोडफोडको घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेकी छन्। उनले विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शनका क्रममा भएको आक्रमणलाई आतंकवादी आक्रमण भनेकी छन्। ‘विद्यार्थी, शिक्षक, प्रहरी, गर्भवती महिला, पत्रकार, अभियान्ता, अवामी दलका नेता,  विभिन्न संस्था र त्यससँग सम्बन्धित व्यक्तिहरू आतंककारी आक्रमणबाट...
गर्मीको मारमा युरोप, एक वर्षमै ४७ हजारको मृत्यु
विदेश, समाचार, समाज

गर्मीको मारमा युरोप, एक वर्षमै ४७ हजारको मृत्यु

नेपालअखबार, काठमाडौँ । यही सोमबार अर्थात् अगष्ट १२ मा बेलायतको क्याम्ब्रिजको अधिकतम तापक्रम ३४.८ डिग्री सेल्सियस पुग्यो । यो तापमान यस वर्षको सबैभन्दा उच्च हो । गत वर्षको जुलाइमा त्यहाँको अधिकतम तापमान ३२ डिग्री सेल्सियससम्म पुगेको थियो । यसअघि सन् २०२२ मा त्यहाँको तापक्रम ४०.३ डिग्री सेल्सियससम्म पुगेको थियो । बेलायतमा सन् २०२२ को अगष्ट १३ यता पहिलोपटक तापक्रम यो वर्ष यति उच्च बनेको हो । बेलायतको साउथपोर्टमा त समुद्र नै सुक्दै गएको छ । त्यहाँ समुद्री तट छ तर पानी छैन ।मानिसहरु समुद्री तटमा छन् तर समुद्रका छालहरुको आनन्द लिन पाइरहेका छैनन् । मौसम विभागका अनुसार सन् १९६१ पछि तापक्रम यतिधेरै उच्च विन्दुमा पुगेको यो ११औं वर्ष हो । अझ डरलाग्दो त के भने ती ११ वर्षभन्दा ८ वर्ष त सन् २००० पछिका वर्षहरु हुन् । बेलायत तथा समग्र युरोपबासीलाई न यतिधेरै गर्मी खप्ने बानी छैन । तर, विश्व उ...
बंगलादेशमा न्यायाधीश अहमद  नयाँ प्रधानन्यायाधीश नियुक्त
राजनीति, विदेश, समाचार

बंगलादेशमा न्यायाधीश अहमद नयाँ प्रधानन्यायाधीश नियुक्त

नेपालअखबार,काठमाडौं । उच्च अदालत न्यायाधीश सैयद रेफत अहमद बंगलादेशका प्रधानन्यायाधीश नियुक्त भएका छन् । विद्यार्थीहरुले गरेको आरक्षणविरुद्धको आन्दोलनका क्रममा प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छाड्न बाध्य भएकी थिइन् । यसपछि विद्यार्थीहरुले प्रधानन्यायाधीश अबैदुल हसनसहित ५ न्यायाधीशहरुको राजीनामा मागेका थिए । हसनले राजीनामा दिएपछि शनिबार राष्ट्रपति मुहम्मद सहाबुद्दीनले अहमदलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए । ढाकाको अखबार द डेली स्टारका अनुसार, नवनियुक्त प्रधानन्यायाधीश अहमदले आइतबार राष्ट्रपति निवासमा १२ः४५ बजे शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण समारोहमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुस, अन्य सल्लाहकार र उच्च सरकारी अधिकारीहरु सहभागी थिए । योसँगै अहमद बंगलादेशको २५ औं प्रधानन्यायाधीश बनेका छन् । तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि नयाँ सरकार बना...
शेख हसिनाको स्वदेश फिर्ती माग गर्दै बङ्गलादेशमा विरोध प्रदर्शन
राजनीति, विदेश, समाचार

शेख हसिनाको स्वदेश फिर्ती माग गर्दै बङ्गलादेशमा विरोध प्रदर्शन

नेपालअखबार, ढाका । यतिबेला बङ्गलादेशमा असुरक्षा चुलिएको छ । सरकार, सर्वसाधारण, सरकारी अधिकारी, न्यायाधीश र सेना कोही पनि सुरक्षित छैनन् । पछिल्लो कयौं दिनयता जारी हिंसा अनियन्त्रित बन्दै गएको छ । यसैबिच सेनाको जवानमाथि हमला भएको छ । गोपालगञ्ज क्षेत्रमा सेनाको गाडीमा हमला भएको छ । ढाका ट्रिब्यूनमा छापिएको समाचार अनुसार यस घटनामा सेनाका जवान, पत्रकार र स्थानीयसमेत १५ जान घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई गोली लागेको बताइएको छ । यस घटनामा एक बच्चासहित दुई जनालाई गोली लागेको छ । घटनामा कसैको मृत्यु भने भएको छैन । यो घटना शनिबार साँझको भएको बताइएको छ । आवामी लिगका नेता, कार्यकर्ता र उनका समर्थकहरूले शेख हसिनाको स्वदेश फिर्तीको माग गर्दै ढाकामा सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका थिए । सेनाका जवानले सडक खुलाउन अनुरोध गरेपछि प्रदर्शनकारीहरूको चीडले उनीहरूमाथि ढुंगा, इट्टा फ्याक्न सुरु ...
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
विदेश, समाचार, समाज

टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

नेपालअखबार, काठमाडौं । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ बजेर १० मिनेटमा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।...
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद् विघटन गरे
राजनीति, विदेश, समाचार

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद् विघटन गरे

नेपालअखबार, काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद् विघटन गरेका छन् । गत जनवरी ७ मा निर्वाचनबाट बनेको संसद् विघटन गर्दै राष्ट्रपति शाहबुद्दिनले भनेका छन्, ‘बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२औं संसद् विघटन गरिएको छ ।’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएको पनि उल्लेख गरिएको छ । सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा जुलाई पहिलो सातादेखि विद्यार्थी आन्दोलन सुरु भएको थियो । आन्दोलनकै बीच अदालतको आरक्षणको कोटामा भारी कटौती गरेको छ ।आन्दोलनकै कारण सोमबार प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेको थियो । उनले सोमबार नै बंगलादेश छोडेकी छन् ।...
ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल बन्द
राजनीति, विदेश, समाचार

ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल बन्द

नेपालअखबार,  ढाका । ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलबन्द गरिएको छ । सोमबार हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल (एसएसआईए) बन्द गरिएको छ । साँझ ४ः ५४ बजे विमानस्थलमा सबै सञ्चालन बन्द गरिएको एसएसआईएका कार्यकारी निर्देशक कप्तान कर्मुल इस्लामले बताएका हुन् ।विमानस्थल बन्दबारे थप जानकारी सञ्चार माध्यमहरूलाई पछि उपलब्ध गराइने उनले बताएका हुन् । प्रधानमन्त्री शेख हसिनाको राजीनामा पछि कयौं मानिस विमानस्थल छिरेको स्रोतले बताएको भन्दै द डेली स्टारले समाचार छापेको छ ।...
बंगलादेशमा सरकार विरोधी प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
विदेश, समाचार, समाज

बंगलादेशमा सरकार विरोधी प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

नेपालअखबार, ढाका । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ बंगलादेशी प्रदर्शनकारीहरूको लाठी, छुरा र बन्दुकसहित आइतबार सरकार समर्थक समर्थकहरूसँग झडप हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । प्रदर्शनकारीहरूले एउटा बख्तरबन्द कारको छतमा नृत्य गरेका थिए । बारम्बार घातक कारबाहीका साथ अन्त्य हुने गरेका अघिल्ला महिनाको र्‍यालीहरूको विपरीत धेरै मामिलामा सैनिक र प्रहरीले प्रदर्शनकारीहरूमाथि हस्तक्षेप गरेनन् । एएफपीद्वारा प्रमाणित सामाजिक सञ्जालमा देखाइएका भिडियोअनुसार ढाकामा खचाखच भीडले घेरिएको बख्तरबन्द कारमाथि प्रदर्शनकारीहरूले बंगलादेशी झन्डा लहराएका थिए र त्यसलाई सैनिकले हेरिरहेका थिए । निजामती सेवामा आरक्षण प्रणालीविरुद्धको र्‍यालीहरूले जुलाईमा हिंसात्मक रूप लिएको थियो । उक्त प्रदर्शनमा हसिनाको १५ वर्षको कार्यकालको सबैभन्दा खराब अशान्तिमा दुई सयभन्दा बढी व्यक्तिको मृत्यु...
पति र प्रेमीसँग एउटै घरमा बस्दै सेइरा
विदेश, समाचार, समाज

पति र प्रेमीसँग एउटै घरमा बस्दै सेइरा

नेपालअखबार, काठमाडौँ । एउटै घरमा पति र प्रेमीसँग कुनै महिला एक साथ बसेको घटना अपत्यारिलो लाग्न सक्छ । तर, एक जापानी महिलाको जीवनमा यस्तै घटना भएको छ । जापानका सेफ तथा ब्लगर प्रिन्स सोयले हालै एक भिडियोमार्फत आफ्नो पारिवारिक जीवनको एउटा रहस्य उजागर गरेका छन् । प्रिन्स सोयका अनुसार उनकी पत्नी सेइरा पढ्नका लागि अस्ट्रेलिया गएकी थिइन् । उनले अस्ट्रेलियामै एक जापानी युवकसँग भएको परिचयलाई प्रेममा रुपान्तरण गरिन् । यद्यपि सेइराले आफूलाई धोका नदिएको प्रिन्स सोयको भनाइ छ । जुलाइ १२ मा सेइरा जापान फर्किइन् । उनले आफ्नो प्रेमीलाई पनि घरमा ल्याएकी थिइन् । प्रिन्स रोयले पत्नी र उनका प्रेमी दुवैलाई हार्दिकता साथ घरमा स्वागत गरे । उनीहरू तीनै जना करिब एक साता एउटै घरको छतमुनि बसे । यस बिचमा उनीहरू आपसमा मिलेर खाना पकाउनेदेखि लिएर घरका काम पनि गर्दथे । आफूले सेइरासँग बिहे गर्नु अघि नै ‘ओपन ...
केरलामा पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुग्यो
विदेश, समाचार, समाज

केरलामा पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुग्यो

नेपालअखबार,काठमाडौं । भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । ९० जना हराइरहेका छन् । १३१ जना घाइतेको उपचार जारी छ । यसअघि त्यहाँका मुख्यमन्त्री पिनरई विजयनले ९३ जनाको मृत्यु भएको जानकारी दिएका थिए । तर बीबीसी हिन्दीले मुख्यमन्त्री कार्यालयकै एक कर्मचारीलाई उद्धृत गर्दै मृतकको संख्या १२३ पुगेको लेखेको छ । केरलाकी स्वास्थ्यमन्त्री विना जोर्जका अनुसार मंगलबार बिहान २-३ बजेतिर यो घटना भएको हो । पहिरोमा परी कयौं घर, पसल र गाडीहरु पुरिएका थिए । कतिपय मानिसहरु वायनाड क्षेत्र भएर बग्ने चलियार नदीमा बगेका थिए । अधिकारीहरुका अनुसार वायनाडका गाउँ बाढीपहिरोबाट तहसनहस भएका छन् । मुण्डाक्कई क्षेत्रलाई आसपासका अरु क्षेत्रसँग जोड्ने एकमात्र पुल भत्किएपछि उद्धार कार्यमा समस्या परेको छ । सो क्षेत्रमा अस्थायी पुल निर्माणका लागि सहयो...