बीमाको पैसा ठग्न १० घन्टासम्म बरफको बाल्टिनमा खुट्टा डुबाए
नेपालअखबार, एजेन्सि । ताइवानमा दुई युवकले बीमा कम्पनीलाई ठग्न अनौठो उपाय अपनाएको खुलासा भएको छ । ती दुई जनामाथि हिउँले खुट्टा खाएको भनेर बीमाको पैसा असुल्न १० घन्टनासम्म बरफको बाल्टिन खुट्टा डुबाएर बसेको अभियोग लागेको छ ।
ताइवानको अपराध अनुसन्धान विभागले चाङ्ग थर भएका ती युवालाई आफू पढ्ने विश्वविद्यालयका पूर्वविद्यार्थी लियाओेसँग मिलेर अनौठो खालको बीमा धोकाधडीको षडयन्त्र रचेको अभियोग लगाएको छ । यो घटना गएको वर्षको जनवरीको हो ।
अभियोजनकर्ताहरूले पाएको प्रमाणअनुसार चाङ्गले अक्षमता, घाउचोट, स्वास्थ्य र बीमा सुरक्षा बेहोर्ने गरी ५ वटा बीमकसँग बीमा गराएका थिए । सन् २०२३ को जनवरी २६ को रातमा चाङ्ग र लियाओ ताइपेई भएर मोटरसाइकल चढेर गए । चिसो मौसमका कारण चाङ्गको खुट्टा हिउँले खाएको भनिएको थियो । तर खुट्टामा समस्या हिउँका कारण भएको थिएन । एक बाल्टिन बरफमा उनले घन्टौं खुट्टा डुबाएका थिए । यो...









