२०७९ चैत्र ८, बुधबार १७:३४२०७९ चैत्र ८, बुधबार १७:३४ By admin
नेपालअखबार, एजेन्सि। संसारका विभिन्न देशमा अखबार तथा टेलिभिजन च्यानल सञ्चालन गर्ने अन्तर्राष्ट्रिय 'मिडिया टाइकुन' रूपर्ट मुर्डक आफ्नो व्यक्तिगत जीवनका कारण समाचारमा छाइरहन्छन्।
९२ वर्षीय मुर्डक यसपालि फेरि चर्चामा छन् र यो चर्चा उनको पाँचौं विवाहलाई लिएर भइरहेको छ।
मुर्डकले ६६ वर्षीय एना लिस्ले स्मिथसँग विवाह गर्ने घोषणा गरेको उनको आफ्नै प्रकाशन द न्यूयोर्क पोस्टले उल्लेख गरेको छ।
'म स्मिथलाई धेरै माया गर्छु,' मुर्डकले न्यूयोर्क पोस्टसँग भनेका छन्, 'यो मेरो अन्तिम विवाह हो भन्ने मलाई थाहा छ। हामी दुवै यो सम्बन्धबाट एकदमै खुसी छौं।'
मुर्डकले गत वर्ष मात्र आफ्नौ चौथो पत्नी जेरी हलसँग सम्बन्ध विच्छेद गरेका थिए।
न्यूयोर्क पोस्टसँग कुराकानी क्रममा मुर्डकले आफ्नी पाँचौं पत्नी स्मिथसँगको सम्बन्धबारे भनेका छन्, 'हाम्रो भेट गत सेप्टेम्बर महिनामा क्यालिफोर्नियामा भएको थियो। त्यसपछि ह...