मिस नेपाल प्रियंकालाई अमेरिकी सांसद जेनिफरले गरिन् सम्मान
नेपालअखबार, काठमाडौं । अमेरिकी सांसद जेनिफर राजकुमारले मिस नेपाल प्रियंकारानी जोशीलाई न्युयोर्कमा सम्मान गरेकी छन् ।
नेपाली समाजको रोल मोडल बनेको र बिजुली नपुगेको नेपाली गाउँमा सोलार परियोजना स्थापना गर्ने कार्य थालनी गरेको भन्दै सांसद राजकुमारले सम्मान प्रदान गरेकी हुन् ।
न्युयोर्क एसेम्बलीअन्तर्गतको डिस्ट्रिक्ट ३८ की सदस्य समेत रहेकी जेनिफरले सम्मानपत्रमा प्रियंकाले व्यावसयिक, सामाजिक र मानवीय कार्यमा योगदान पुर्याउन भूमिका खेलेको समेत बताएकी छन् ।
अमेरिकी सांसद जेनिफर राजकुमार
महिलाका लागि आदर्श व्यक्ति बनेको भन्दै जेनिफरले प्रियंकाको बाह्य सौन्दर्यलाई आन्तरिक सौन्दर्यले जितेको भन्दै प्रशंसा समेत व्यक्त गरेकी छन् । जेनिफरको निर्वाचन क्षेत्रअन्तर्गत न्युयोर्कको ३८ नम्बर डिस्ट्रिकमा नेपालीहरुको सघन बसोबास छ ।
जेनिफरले नेपाली समुदायको क्षेत्रमा समेत कार्य गर्दै आएकी छन् । मिस न...



