Friday, June 26

विश्व

फेरि चीनको वुहानमा लकडाउन
विश्व, समाचार, स्वास्थ्य

फेरि चीनको वुहानमा लकडाउन

नेपालअखबार, काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ । चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ । चीनको वुहानबाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो । अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैले तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ । जियाङ्गसिया क्षेत्रमा करिब १० लाख जनसंख्या रहेको बताइन्छ ।चीनले कोरोनाबाट जोगिन जिरो कोभिड रणनीति पालना गरिरहेको छ ।...
हाइटीमा हिंसा, १० दिनको अन्तरालमा २ सय जनाको मृत्यु
विश्व, समाचार

हाइटीमा हिंसा, १० दिनको अन्तरालमा २ सय जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा १० दिनको अन्तरालमा भएको सामूहिक हिंसामा २०० भन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाएको छ । मारिनेमध्ये मध्ये झन्डै आधा संख्या गिरोहसँग कुनै सम्बन्ध नभएका बासिन्दा भएको राष्ट्रसंघले जनाएको छ । गिरोहले सिटी सोलेल छिमेकको नियन्त्रणको लागि लडिरहेका छन् । गोली हानाहानका कारण सामग्री वितरण हुन नसक्दा पानी र खानाको अभाव भइरहेको स्थानीयले बताएका छन् । एक बासिन्दाले आफ्नो जीवनलाई ‘डर, तनाव र निराशाको चक्र’ भनेर वर्णन गरे। एक वर्षअघि राष्ट्रपति जोभेनेल मोइसको हत्या पछि गिरोहको हिंसा बढेको थियो । तर, जी ९ र जी पेप भनेर चिनिने दुई आपराधिक गठबन्धनबीच जुलाई ८ मा  सुरु भएको लडाई नयाँ उचाइमा पुगेको छ । राष्ट्रसंघका अनुसार जुलाई ८ देखि १७ सम्म २०९ जनाको ज्यान गएको थियो जसमध्ये ११४ गिरोह सदस्य थिए ।...
पूर्व श्रीमतीलाई जिउँदै जलाउने चिनियाँ पुरुषलाई दिइयो मृत्युदण्ड
विश्व, समाचार

पूर्व श्रीमतीलाई जिउँदै जलाउने चिनियाँ पुरुषलाई दिइयो मृत्युदण्ड

नेपालअखबार, एजेन्सि । पूर्व श्रीमतीलाई जिउँदै जलाउने  एक चिनियाँ पुरुषलाई मृत्युदण्ड दिइएको छ । लामू नाम गरेकी ती महिला चीनको टिकटक भर्सन दोउयिनकी चर्चित सोसल मिडिया पर्सनालिटी थिइन् । उनका हज्जारौँ फलोअर्सले सिचुवान प्रान्तमा उनले व्यतित गरिरहेको दैनिकी देखेका छन् । उनीमाथिको घटनाले चीनमा घरेलु हिंसाबारे उजागर गरेको छ । एक सर्वेक्षणका अनुसार एक चौथाई चिनियाँ महिला घरेलु हिंसाको शिकार छन् । दुई सन्तानकी आमा उनले आफ्ना श्रीमानको दुर्व्यवहारबारे प्रहरीलाई पनि जानकारी दिएकी थिइन् तर उनीहरु विवाहित भएकोले यसलाई घरको कुरा भनेर खासै वास्ता गरिएन । उनका श्रीमान् ताङ लुलाई मृत्युदण्डको सजाय सुनाइँदा सिचुआन प्रान्तको दक्षिण(पश्चिममा रहेको दुर्गम ग्रामीण इलाका आबा प्रान्तको अदालतले उनको अपराधलाई ‘अत्यधिक क्रुर’ र समाजमा यसको प्रभाव असाध्यै नराम्रो भएको बताएको छ । आबा प्रान्तमा ठूलो संख्य...
क्यालिफोर्नियामा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा
विश्व, समाचार

क्यालिफोर्नियामा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा

नेपालअखबार, काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा गरिएको छ । योसेमिटी राष्ट्रिय निकुञ्ज नजिक गत शुक्रबारदेखि लागेको डढेलो २४ घण्टा बितिसक्दा पनि नियन्त्रणमा लिन नसकेपछि मारिपोसा काउन्टीमा आपतकाल घोषणा गरिएको हो । ‘ओक फायर’ नाम दिइएको उक्त डढेलो नियन्त्रणमा अग्नि नियन्त्रकहरु सक्रिय छन् । डढेलोबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले जोखिम क्षेत्रका ३ हजार मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । करिब एक दर्जन घरहरु नष्ट भइसकेका छन् । डढेलो ११ हजार ९०० एकड जमिनमा फैलिइसकेको छ । यसलाई अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो भनिएको छ । डढेलो योसेमिटी राष्ट्रिय निकुञ्जको उत्तरपूर्वमा छ । योसेमिटी राष्ट्रिय निकुञ्जलाई संसारकै सबैभन्दा ठूला र सबैभन्दा पुराना केही रेडउड रुखहरुको घरसमेत मानिन्छ । ती रुखहरु यही महिनाको सुरुमा पनि डढेलोको जोखिममा परेक...
श्रीलंकामा प्रदर्शनकारीमाथि भएको आक्रमणको मानव अधिकारवादी समूहद्वारा निन्दा
विश्व, समाचार

श्रीलंकामा प्रदर्शनकारीमाथि भएको आक्रमणको मानव अधिकारवादी समूहद्वारा निन्दा

नेपालअखबार,  न्युयोर्क । न्युयोर्कस्थित अधिकारवादी समूह ह्युमन राइट वाच  (एचआरडब्लू) ले श्रीलंकामा प्रदर्शनकारीहरूमाथि भएको आक्रमणको निन्दा गरेको छ । सुरक्षाकर्मीलाई प्रदर्शनकारी विरुद्ध गैरकानुनी बल प्रयोग रोक्न पनि एचआरडब्लूले सरकारसँग माग गरेको छ । सुरक्षाकर्मीले शुक्रबार राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका थिए । सो क्रममा ९ जना पक्राउ परेका थिए ।  प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने विशेष अभियान’ भनेको थियो । पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे गत साता देश छाडेपछि रनिल विक्रमासिंघेले बिहीबार राष्ट्रपति पदको सपथ लिएका थिए ।...
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण
विश्व, समाचार, स्वास्थ्य

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण

नेपालअखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । उनलाई संक्रमण भएको पुष्टी ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले गरेकी हुन् । कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ । उनले एन्टीभाइरल औषधी पनि लिइरहेको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडनको कोरोना परिक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।  ‘७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाको हल्का लक्षण देखिएको छ र उहाँले सबै आफ्नो काम गरिरहनु भएको छ,’ प्रवक्ता करिन जीन–पियरेले भनिन् । राष्ट्रपति बाइडेन कोरोना निको नहुन्जेलसम्म आइसोलेसनमा रहने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति बाइडेनले यसअघि नै कोरोना भाइरसको खोपको बुस्टर डोज समेत लगाइसकेको उनका चिकित्सक डा. केविन ओ कोनोरले बताएका छन् ।...
बेलायतको प्रधानमन्त्रीका लागि ऋषि र लिजबीच प्रतिस्पर्धा
राजनीति, विश्व, समाचार

बेलायतको प्रधानमन्त्रीका लागि ऋषि र लिजबीच प्रतिस्पर्धा

नेपालअखबार, एजेन्सि। कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका लागि ऋषि सुनक र लिज ट्रसबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ । यो निर्णय कन्जरभेटिभ सांसदहरू बीचको अन्तिम चरणको मतदानमा लिइएको हो। पाँचौं चरणको मतदानमा ऋषि सुनकले सर्वाधिक १३७ मत प्राप्त गरे भने लिज ट्रसले ११३ मत प्राप्त गरिन् । तेस्रो स्थानमा रहेकी पेनी मोर्डेन्टले १ सय ५ मत प्राप्त गरिन् । यसरी मोर्डेन्ट यस दौडबाट बाहिर भइन्। यसअघि मंगलबार भएको चौथो चरणको मतदानमा सुनकले ११८ र लिज ट्रसले ८६ मत पाएका थिए । अब दुवै उम्मेदवारबीच २५ जुलाईमा बीबीसीमा वान टु वान बहस हुनेछ । यससँगै कन्जरभेटिभ पार्टीका देशभरका १ लाख ६० हजार सदस्यबाट हुलाक मतपत्रमार्फत भोट हालेर नयाँ प्रधानमन्त्रीको घोषणा सेप्टेम्बर ५ मा हुनेछ ।...
भारतमा एकैदिन थपिए साढे १२ हजार सङ्क्रमित,  २० जनाको मृत्यु
विश्व, समाचार, स्वास्थ्य

भारतमा एकैदिन थपिए साढे १२ हजार सङ्क्रमित, २० जनाको मृत्यु

नेपालअखबार, एजेन्सि।  भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशमा १२ हजार ४३० नयाँ कोरोना संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ । उता १२ हजार ९५६ जना कोरोनाबाट निको पनि भएका छन् । योसँगै सक्रिय केसको सङ्ख्या ५ सय ४६ ले कम भएको छ । हाल भारतमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख ४२ हजार २५२ रहेको छ । आइतबार देशमा १३ हजार २९९ नयाँ कोरोना सङ्क्रमित थपिएका थिए भने १९ जनाको मृत्यु भएको छ । राज्यको बंगालमा १ हजार ४ सय ४९ नयाँ कोरोना सङ्क्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा १ हजार १११ नयाँ केसहरू रिपोर्ट गरिएको छ । तर कुनै पनि बिरामीको मृत्यु भएको छैन। तमिलनाडूमा २ हजार २२३ नयाँ केसहरू फेला परेका छन्, दिल्लीमा ३७८ बिरामीहरू भेटिएका छन् भने २ बिरामीहरूको मृत्यु भएको छ। उही समयमा, उत्तर प्रदेशमा २४० जनामा ...
आज भारतमा  राष्ट्रपति निर्वाचन
राजनीति, विश्व, समाचार

आज भारतमा राष्ट्रपति निर्वाचन

नेपालअखबार, एजेन्सि। भारतको १५ औँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै छ । निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदै छ । संसदको बर्खे अधिवेशनको पहिलो दिन निर्वाचन हुँदै छ । सन् २०१७ को राष्ट्रपति चुनावअघि देशको सर्वोच्च पद को लागि ६४ वर्षीय मुर्मु  एक बलियो दावेदार थिइन । त्यति नै बेला बिहार राज्यपाल तथा दलित नेता राम नाथ कोविन्दलाई उक्त पदमा छनौटका लागि प्रस्ताव गरिएको थियो । ओडिशाकी आदिवासी तथा झारखण्डकी पूर्वगभर्नर मुर्मुलाई झारखण्डको सत्तारूढ झारखण्ड मुक्ति मोर्चाको पनि समर्थन छ । मुर्मुलाई बिहारका मुख्यमन्त्री नितिश कुमारले पनि समर्थनको आश्वासन दिएका छन् । त्यस्तै, शिवशेनाका दुबै गुटहरूले पनि उनलाई समर्थन गर्ने अपेक्षा गरिएको छ । भाजपासँग गठबन्धन गरेको एकनाथ शिन्दे ने...
अमेरिकाको इन्डियाना मलमा गोली चल्दा ३ जनाको मृत्यु
विश्व, समाचार

अमेरिकाको इन्डियाना मलमा गोली चल्दा ३ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको सो हमलामा अन्य तीन जना घाइते भएका छन् । ‘आइतबार साँझ ग्रीनवुड पार्क मलमा सामूहिक गोलाबारी भएको छ’, ’ ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले एक विज्ञप्तिमा भने, ‘आक्रमणमा तीन जनाको मृत्यु भएको छ र अन्य तीन घाइते छन् ।’ सुरक्षाकर्मीको जबाफी फायरमा आक्रमणकारी मारिएको उनले बताए । ग्रीनवुड पुलिसले आफ्नो फेसबुक पेजमा उक्त घटनाका प्रत्यक्षदर्शीलाई आवश्यक जानकारीका साथ विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ । यो आक्रमण अमेरिकामा बन्दुक हिंसाको लहरमा सबैभन्दा पछिल्लो घटना हो, जहाँ बन्दुक आक्रमणमा हरेक वर्ष ४० हजार जनाको  मृत्यु हुन्छ । जुलाई ४ मा शिकागोस्थित एउटा परेडमा अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको मृत्यु हुनुका साथै कम्तीमा तीन दर्जन घाइते भएका थिए । आक्रमणबारे प्रहरीले अनुस...