चीनको क्विन्डाओ शहरका ९० लाख बढीको एकैसाथ कोरोना परीक्षण
नेपालअखबार, एजेन्सि। चीनको पूर्वी तटीय शहर क्विन्डाओमा ६ जनामा कोरोनाभाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र शहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् । केही महिनाभित्रै पूरै शहरका बासिन्दाको परीक्षण गरिएको यो पहिलो पटक हो ।
चीनको उहानमा कोरोनाभाइरस पहिलो पटक देखिएको चीनले यसलाई नियन्त्रणमा ल्याइसकेको बताएको छ । विश्वका विभिन्न क्षेत्रमा सरकारहरुले लकडाउन गरे पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । आइतबार क्विन्डाओमा ६ जनामा कोरोना पुष्टि भएको थियो ।
यस शहरमा ९४ लाखको बसोबास छ । पाँचवटा जिल्लामा तीन दिनभित्र परीक्षण गरिने र पूरै शहर पाँच दिनभित्र परीक्षण गरिने क्विन्डाओ नगरका स्वास्थ्य अधिकारीले बताएका छन् । तर ती अधिकारीले शहरका कति मानिसको परीक्षण हुनेछ भन्ने खुलाएका छैनन् ।
चीनमा व्यापक र तिब्र परीक्षण गर्ने क्षमता छ । स्वास...
