चीनलाई भारतले दियो धम्की : सीमामा तिम्रा सेना अगाडि बढे भने हाम्रा सैनिकले सीधै गोली हान्नेछन्
नेपाल अखबार, एजेन्सि। भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो।
भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं- यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’
हालैका दिनमा पूर्वी लद्दाखको पेङग्वाङको त्सो तालनजिक भारत र चीनका सैनिकबीच पटकटपटक हवाई फायरिङ भइसकेका छन्।
भारत र चीनबीच छैटौं चरणको वार्तामा दुई देशको सीमामा धेरै सैनिक नपठाउने सहमति भएको छ।
तर भारतीय अधिकारीले सीमामा आफ्नो शक्ति बलियो बनाएर राख्ने बताएका छन्। ती भारतीय सैनिक अधिकारीले भने, ‘हाम्रो अडान स्पष्ट छ- पहिले चीन अगाडि बढेको हो, अब उसैले पछि हट्नुपर्छ।’
भारत र चीनका सैनिकबीच गत ...
