बैंकको नोट, फोनको स्क्रिनमा कोरोनाभाइरस २८ दिनसम्म जीवित रहन सक्ने अनुसन्धानको खुलासा
नेपालअखबार,एजेन्सि। कोभिड–१९ संक्रमणका लागि जिम्मेवार कोरोनाभाइरस बैंकको नोट, फोनको स्क्रिन र स्टेनलेस स्टिलजस्ता केही सतहमा २८ दिनसम्म जिवित रहन सक्ने अनुसन्धाताहरुले बताएका छन् ।
अष्ट्रेलियाको नेशनल साइन्स एजेन्सीले SARS-Cov-2 भाइरस केही सतहमा सोचेभन्दा बढी दिनसम्म जिउँदो रहन सक्ने जानकारी दिएको छ ।
यद्यपि, यो अनुसन्धान अँध्यारो र स्थिर तापक्रममा गरिएको थियो । जबकी हालै पत्ता लागेअनुसार अल्ट्राभोयलेट लाइटको प्रयोगले कोरोनाभाइरस नष्ट हुने गर्छ ।
केही जानकार भने सतहमा भएका भाइरसले मानिसहरु संक्रमित हुने कत्तिको खतरा छ भन्ने कुरामा शंका जताउँछन् ।
धेरैजसो संक्रमण मानिसहरुको खोकी, हाच्छिउँ र कुरा गर्दा निस्कने थुकका स–साना कणबाट फैलने गर्छ ।
अनुसन्धानमा के भनिएको छ ?
यसअघि प्रयोगशालामा भएको अनुसन्धानबाट बैंक नोट र सीसामा कोरोना भाइरस दुई वा तीन दिनसम्म जीवित रहन सक्ने जबकी प्लास्टिक र स्टेनल...
