Monday, June 1

विश्व

हतारमा भ्याक्सिनलाई मञ्जुरी दिनेहरुलाई डब्ल्यूएचओको चेतावनी
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

हतारमा भ्याक्सिनलाई मञ्जुरी दिनेहरुलाई डब्ल्यूएचओको चेतावनी

नेपाल अखबार, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसको भ्याक्सिनलाई मञ्जुरी दिने प्रक्रियालाई गम्भीरता साथ अपनाउन आवश्यक भएको बताएको छ । संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक स्वामीनाथनले पत्रकारसँगको कुराकानीमा सबै देशलाई ट्रायल पूरा गरिएका औषधीलाई मञ्जुरी दिने अधिकार भएपनि यो हल्का रुपमा लिने काम नभएको चेतावनी दिएकी छिन् । डब्ल्यूएचओका अनुसार यतिबेला ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको जबकी १४३ खोप अहिले पनि प्रि–क्लिनिकल इभ्यालुएसनको चरणमा छन् । यसबाहेक विश्व स्वास्थ्य संगठनले पर्याप्त प्रबन्ध बिना लकडाउन हटाइरहेका देशलाई पनि चेतावनी दिएको छ । स्वास्थ्य संगठनले जुन देशमा अहिले पनि उल्लेख्य मात्रामा नयाँ संक्रमित फेला परिरहेका तर उनीहरुले मानिसलाई जम्मा हुने अनुमती दिन्छन् भने यो विध्वंसलाई निम्तो दिए सरह हुने बताएको छ ।...
महिलाको मुखबाट निकालियो चार फिट लामो सर्प, सुतिरहेका बेला शरीरभित्र पसेको दाबी
विश्व, समाचार

महिलाको मुखबाट निकालियो चार फिट लामो सर्प, सुतिरहेका बेला शरीरभित्र पसेको दाबी

नेपाल अखबार, एजेन्सि। रसियाकी एक महिलाको मुखबाट चार फिटको सर्प निकालेको भिडियो सार्वजनिक भएपछि यसले व्यापक चर्चा बटुलिरहेको छ । डेली मेलले रिपोर्टलाई उद्धृत गर्दै महिला लेभासी गाउँमा रहेको दागेस्तेनस्थित आफ्नो घरको आँगनमा सुतिरहेका बेला उक्त सर्प उनको शरीरभित्र प्रवेश गरेको जानकारी दिएको छ । महिलाको स्वास्थ्यमा अचानक गडबडी देखिएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो जहाँ उनलाई जनरल एनेस्थेटिकमा राखिएको थियो । भिडियोमा देखिए अनुसार पञ्जा लगाएका पुरुष डाक्टरले ती महिलाको घाँटीमा ट्युब छिराएर सर्प निकालिरहेको देख्न सकिन्छ । भिडियोमा एकजना डाक्टरले ‘हेरौं, यो के रहेछ’ भनेको सुन्न सकिन्छ । महिलाको मुखबाट सर्प निस्कने बित्तिकै महिला स्वास्थ्यकर्मीले निकै डराएको भावसहित त्यो समात्छिन् । उनी आत्तिदै पछाडि सर्छिन् र महिलाको मुखबाट निकालिएको वस्तु  सर्प भएको थाहा पाएपछि स्वास्थ्यकर्मी कराएको पनि ...
साउदी अरब परिवारका दुई सदस्य सहित थुप्रै वरिष्ठ अधिकारी बर्खास्त
विश्व, समाचार

साउदी अरब परिवारका दुई सदस्य सहित थुप्रै वरिष्ठ अधिकारी बर्खास्त

नेपाल अखबार, एजेन्सि। साउदी अरबमा शाही परिवारका दुई सदस्यसमेत थुप्रै अधिकारीलाई पदबाट बर्खास्त गरिएको छ । शाही निर्णय जारी गर्दै साउदीका युवराज मोहम्मद बिन सलमानले राजकुमार फहाद बिन तुर्कीलाई बर्खास्त गरेको जानकारी दिइएको छ । राजकुमार फहाद बिन सलमान यमनमा साउदीको अगुवाई रहेको सैन्यबलका कमान्डर थिए । फहाद बिन तुर्कीका छोरा अब्दुल अजिज फहादलाई पनि डेप्युटी गभर्नरको पदबाट हटाइएको छ । साउदी रक्षा मन्त्रालयको एक सार्वजनिक आदेशमा शाही परिवारका यी दुई सदस्यले चार अधिकारीसँग मिलेर संदिग्ध आर्थिक लेनदेन गरेको जानकारी दिएको छ । यसका लागि अनुसन्धान हुनै बाँकी छ । साउदी अरबका शासक तथा सर्वेसर्वा मानिने युवराज मोहम्मद बिन सलमानले सरकारमा व्याप्त कथित भ्रष्टाचारविरुद्ध अभियान सुरु गरेका छन् । यद्यपि, आलोचकका अनुसार यी महत्वपूर्ण पदमा आसिन यी दुई व्यक्तिको गिरफ्तारीको वास्तविक उद्देश्य युवराज सलमानकामे स...
अमेरिकालाई उछिन्दै एकै दिनमा सर्वाधिक संक्रमित फेला पार्नेमा भारतको कीर्तिमान
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

अमेरिकालाई उछिन्दै एकै दिनमा सर्वाधिक संक्रमित फेला पार्नेमा भारतको कीर्तिमान

नेपाल अखबार, एजेन्सि। २४ घण्टामा सर्वाधिक संक्रमित फेला पार्नेमा भारतले नयाँ कीर्तिमान बनाएको छ । कोरोनाभाइरसबाट विश्वकै तेस्रो सबैभन्दा धेरै प्रभावित मुलुक भारतमा आइतबार ७८ हजार ७६१ नयाँ संक्रमित फेला परेका छन् । योसँगै अमेरिकाले १७ जुलाइमा बनाएको कीतिमानलाई भारतले उछिनेको हो । अमेरिकामा सो दिन सर्वाधिक ७७ हजार २९९ संक्रमित फेला परेका थिए । अर्थतन्त्रलाई चलायमान बनाउन प्रतिबन्धहरुलाई खुकुलो बनाएसँगै भारतमा कोरोनासंक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । ग्रामिण क्षेत्रमा संक्रमण फैलिदा यो चिन्ताको विषय बनेको छ । डा. मनोज कुमारले ग्रामिण क्षेत्रमा संक्रमण फैलिन सुरु गरेको कारण संक्रमितको संख्या बढेको बताए । संक्रमण फैलिदै जाँदा सरकारले भने प्रतिबन्धहरुलाई झनै खुकुलो बनाउँदै लगेको छ । अर्को महिनादेखि मास्क र सामाजिक दुरी कायम गरी १०० जनासम्म भेला भएर कार्यक्रमहरु गर्न पाउनेछन् । ठूला सहरमा रे...
भारतमा एकैदिनमा ७६ हजार कोरोना संक्रमित थपिए
विश्व, समाचार, स्वास्थ्य

भारतमा एकैदिनमा ७६ हजार कोरोना संक्रमित थपिए

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरसबाट एकैदिनमा ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना सङ्क्रमित भएको जनाएको छ। मन्त्रालयका अनुसार योसँगै भारतमा शनिबार विहानसम्म सङ्क्रमित भएकाहरुको संख्या ३४ लाख ६३ हजार ९७३ पुगेको छ। कुल सङ्क्रमितमध्ये सात लाख ५२ हजार ४२४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु २६ लाख ४८ हजार ९९९ जना सङ्क्रमणमुक्त भएका छन्। प्रदेश अनुसार हेर्दा सवैभन्दा प्रभावित भएको महाराष्ट्र प्रदेशमा अहिलेसम्म एक लाख ८१ हजार ५० जना सङ्क्रमित भएका छन्। त्यसैगरी दोस्रो धेरै प्रभावित भएकोे अन्द्र प्रदेशमा ९६ हजार १९१ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन्। रासस/एएनआई...
दक्षिण कोरियामा फेरि बढ्न थाले कोरोना संक्रमित
विश्व, स्वास्थ्य

दक्षिण कोरियामा फेरि बढ्न थाले कोरोना संक्रमित

नेपाल अखबार, एजेन्सि।  दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ। यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ। यसैबीच बिहीबार प्राप्त समाचरमा यहाँ कोरोनाका थप ४४१ जना भेटिएको बताइएको छ। यो केही महिना यतादेखिकै सबैभन्दा बढी संख्या भएको बताइएको छ। यहाँको स्वस्थ्य मन्त्रालयले यो संख्या गएको मार्च ७ तारिख पछि एकै दिन देखिएको यो सबैभन्दा बढी संख्या भएको बताएको छ। यहाँ बिहीबारसम्ममा संक्रमितहरुको संख्या १६ हजार नाघेको बताइएको छ। प्राप्त समाचारमा यो संख्या १८ हजार ६ सय जना पुगेको बताइएको छ। यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तिमा पनि १ सय जनाभन्दा बढीको संक्रमित थपिएका छन्। उनीहरुमध्ये अधिकांश समुदायमै भेटिएका हुन् भने थोरै मात्र विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ। बिहीबारसम्म कोरोना संक्रमणबाट मृत्यु ...
जापानका अनुसन्धानकर्ताको दाबी : कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लाग्यो
प्रविधि, विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

जापानका अनुसन्धानकर्ताको दाबी : कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लाग्यो

नेपाल अखबार, एजेन्सि। जापानका अनुसन्धानकर्ताले कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागेकाे दाबी गरेका छन्। ओजोन ग्यासको मद्दतबाट भाइरस नष्ट गर्न सकिने उपाय पत्ता लागेकाे उनीहरूको दाबी छ। यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ। समाचार एजेन्सी रोयटर्सका अनुसार जापानको फुजिता हेल्थ युनिभर्सिटीले अनुसन्धानकर्ताले कम घनत्व (०.०५ देखि ०.१ पीपीएम) को ओजोन ग्यासबाट कोरोना नष्ट गर्न सक्ने कुरा प्रमाणित गरेकाे दाबी गरेकाे हाे। मानिसलाई हानि नपार्ने मात्राकाे ओजोन ग्यासबाट नै भाइरस नष्ट गर्न सकिने कुरा पत्ता लागेकाे वैज्ञानिककाे दाबी छ। अनुसन्धानकर्ताले भनेका छन्, ‘कम घनत्व भएको यो मात्राको ओजोन ग्यास मानिसका लागि सुरक्षित देखिएको छ।’ बीबीसीबाट...
वैज्ञानिकले पत्ता लगाए कोरोनाको संक्रमण महिलामा भन्दा पुरुषमा बढी हुनुको कारण
विश्व, स्वास्थ्य

वैज्ञानिकले पत्ता लगाए कोरोनाको संक्रमण महिलामा भन्दा पुरुषमा बढी हुनुको कारण

नेपाल अखबार, एजेन्सि। कोरोना भाइरसले महिलालाई भन्द बढी निशाना पुरुषलाई किन बनाउँछ? यो प्रश्न लामो समयदेखि उठ्दै आएको छ। अहिले आएर वैज्ञानिकहरुले यसको जवाफ खोजेका छन्। उनीहरुले यसो हुनुका केही कारणहरु उल्लेख गरेका छन्। कोरोनाका महामारी सुरुदेखि नै महिलाभन्दा पुरुष बढी जोखिममा रहेको देखिँदै आएको छ। कोरोनाका कारण अहिलेसम्म मृत्यु भएको तथ्यांक हेर्ने हो भने पनि पुरुषको संख्या धेरै रहेको छ। यसकापछि विभिन्न कारणह रहेको बताइँदै आएको भए पनि अहिले आएर वैज्ञानिकहरुले यसको असली कारण पत्ता लगाएको दावी गरेका छन्। ‘नेचर’ जर्नलमा प्रकाशित एक अध्ययनमा कोरोनाबाट मृत्यु हुनेमा ६० प्रतिशत पुरुष रहेको उल्लेख गरिएको छ। अध्ययनका मुख्य वैज्ञानिक यले विश्वविद्यालयका प्रोफेसर अकीको इवासाकीले भनेका छन्, ‘हामीले अध्ययन गर्दा यो पायौँ कि पुरुष र महिलाले कोरोना भाइरसकाविरुद्ध विभिन्न प्रकारका प्रतिरक्षा प्रणालीको विका...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो
विश्व, समाचार, स्वास्थ्य

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार २३ जनाको मृत्यु भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ लाख १० हजार २३५ पुगेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसका २५ लाख २३ हजार ७७२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् भने सात लाख २५ हजार ९९१ संक्रमित निको हुन बाँकी छन् । भारत संक्रमित संख्याको आधारमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने तेस्रो मुलुक हो । सबैभन्दा बढी प्रभावित हुने मुलुकको शीर्ष स्थानमा अमेरिका छ भने दोस्रोमा ब्राजिल छ । मृत्यु हु...
अमेरिकी प्रहरीले ७ गोली हानेका ज्याकोब ब्लेकको कम्मर मुनिको भाग प्यारालाईज
विश्व, समाचार

अमेरिकी प्रहरीले ७ गोली हानेका ज्याकोब ब्लेकको कम्मर मुनिको भाग प्यारालाईज

नेपाल अखबार, एजेन्सि। अमेरिकी प्रहरीले ७ गोली हानेका अश्वेत नागरिक ज्याकोब ब्लेकको कम्मर पुनिको भाग प्याराजाईज भएको छ। २९ वर्षका ज्याकोबमाथि प्रहरीले गत आइतबार उनकै तीन छोराछोरी अगाडि गोली हानेका थिए। विसकनसिन राज्यको केनोसामा यो घटना भएको थियो। अमेरिकामा प्रहरीले जोर्ज फ्लोइडको हत्या गरेपछि गत मे महिनायता रंगभेदविरुद्धको प्रदर्शन भइरहेको थियो। अश्वेत नागरिक ज्याकोबमाथि गोली प्रहार भएपछि पुनः रंगभेदविरुद्धको आन्दोलन चर्किएको छ। ज्याकोबका परिवारले उनको कम्मर मुनिको भाग नचल्ने भएको बताएका छन्। यद्यपी अस्पतालले यो सँधै भरी प्यारालाईज भएको नभएकोबारे जानकारी दिएको छैन। सिकागो टाइम्सका अनुसार ज्याकोबको शरीरमा आठ वटा खाल्डा छन्। त्यो सबै गोलीको चोट भएको बताइएको छ। (भिडियो) ज्याकोबका पिता ज्याकोब ब्लेक सिनियर भन्छन्,‘के त्यसरी गोली प्रहार गरिनु जायज थिए? मेरा नातिनातिनाको अगाडि गोली चलाउनु ...