Friday, June 26

विश्व

विवादमा फसे ट्रम्प, युद्धमा मारिएका अमेरिकी सैनिकलाई भने– हरुवा
राजनीति, विश्व, समाचार

विवादमा फसे ट्रम्प, युद्धमा मारिएका अमेरिकी सैनिकलाई भने– हरुवा

नेपाल अखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति पदको चुनाव नजिकिएको बेला डोनाल्ड ट्रम्प गम्भीर विवादमा फसेका छन् । युद्धमा मारिएका अमेरिकी सैनिकलाई ‘हरुवा’ र ‘बुद्धु’ भनेपछि अमेरिकी राष्ट्रपति ट्रम्प विवादमा परेका हुन् । ट्रम्पको यो अभिव्यक्ति सम्बन्धी समाचार सबैभन्दा पहिले ‘द एटलान्टिस’ पत्रिकाले छापेको थियो । त्यसपछि एसोसिएटेड प्रेस (एपी) र फक्स न्युजले पनि सो समाचार छापेका थिए । समाचार सार्वजनिक भएपछि अमेरिकी सेनाका पूर्व सैनिकहरुले ट्रम्पको आलोचना गरेका छन् । प्रगतिशील समूह वोटवेट्सले एक भिडियो पोस्ट गरेको छ, जसमा युद्धमा आफन्त गुमाएका परिवारहरुको प्रतिक्रिया छ । एक जनाले ट्रम्पलाई भनेका छन्, ‘तपाईंलाई के थाहा बलिदान के हुन्छ भन्ने कुरा ?’ यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरुले त्यस्तो अभिव्यक्ति नदिएको भनेर खण्डन गर्दै आएका छन् । तर विश्लेषकहरुले यो विवादका कारण ट्रम्पलाई राष्ट्...
विश्वभरका इलामेली कविहरुको भर्चुअल जमघट
विश्व, समाचार, साहित्य \कला

विश्वभरका इलामेली कविहरुको भर्चुअल जमघट

नेपाल अखबार, काठमाडाैं। पहिलोपटक अन्तर्राष्ट्रिय इलामेली भर्चुअल साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रियस्तरको यस कार्यक्रममा नेपाललगायत भारत, अमेरिका, क्यानडा, हङकङ, दुबई, कोरिया, बेल्जियम आदि देशहरुमा रहेका चार दर्जन बढी इलामेली स्रष्टाहरुले हिजो २०७७ भदौ २० गते भर्चुअल प्रविधिमार्फत कविता वाचन गरेका थिए । विश्वका विभिन्न देशहरुमा रहेका इलामेली समाजहरुको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रमको संयोजन इलाम विकास समाज काठमाडौंले गरेको थियो । कार्यक्रममा इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै समाजको आगामी कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रममा इलाम समाज प्रदेश न. १ का अध्यक्ष कृष्ण शाहले धन्यवाद ज्ञापन गर्दै ग्लोबल मिट कार्यक्रमबारे बताएका थिए । यसैगरी सोही समाजका सचिव अर्जुन भट्टराई र सदस्य पुष्पा खनालले कार्य...
कसरी बच्यो पुटिनका कट्टर विरोधीको ज्यान ?
राजनीति, विश्व, समाचार

कसरी बच्यो पुटिनका कट्टर विरोधीको ज्यान ?

नेपाल अखबार, एजेन्सि। रुसका विपक्षी नेता एक्लेक्सी नवेलनीलाई अहिले जर्मनीको एक अस्पतालमा भर्ना गरिएको छ । अहिले उनी कोमामा छन् र उनका डाक्टरले उनलाई ‘नोविचोक नर्भ एजेन्ट’ नामक विष दिइएको बताएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका मुख्य आलोचकको रुपमा रहेको ४४ वर्षीय नवेलनीको स्वास्थ्य अवस्था गत महिना साइबेरियाबाट मस्को आउँदा बिग्रिएको थियो । स्वास्थ्यमा समस्या देखिएसँगै विमानको बाटो परिवर्तन गरेर रुसको ओम्स्क सहरमा आपतकालीन अवतरण गराइएको गियो । त्यसपछि उनलाई उपचारका लागि जर्मनी लगिएको थियो । अहिले त्यहाँ उनको उपचार भइरहेको छ । वास्तवमा त्यो दिन के भएको थियो त ? यस विषयमा बीबीसीले उक्त विमानमा रहेका चालक दलका सदस्य र मेडिकल टोलीसँग अन्तर्वार्ता गरेर दुई घण्टामा कसरी नाटकीय रुपमा अवस्था परिवर्तन भयो भन्ने कुराको जानकारी लिने प्रयास गरेको छ । त्यस दिन बिहान के भयो ? घटना अगष्ट २० को हो । ...
मृत्यु र संक्रमण : विश्वका सबै देशलाई पछि पार्दै भारत, कस्तो छ पछिल्लो अवस्था?
विश्व, स्वास्थ्य

मृत्यु र संक्रमण : विश्वका सबै देशलाई पछि पार्दै भारत, कस्तो छ पछिल्लो अवस्था?

नेपाल अखबार, एजेन्सि। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण विश्वमै सबैभन्दा धेरै मृत्यु भारतमा भएको छ। संक्रमणदर पनि त्यहाँ विश्मै सबैभन्दा उच्च देखिएको छ। वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण एक हजार ६६ जनाले ज्यान गुमाएका छन्। यस बीचमा त्यहाँ ८७ हजार एक सय १५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितको यो संख्या भारतमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा उच्च हो। पछिल्लो २४ घण्टामा अमेरिकामा नौ सय ८६, ब्राजिलमा आठ सय ५५, मेक्सिकोमा पाँच सय १३, कोलम्बियामा दुई सय ७०, अर्जेन्टिनामा दुई सय ६२, रुसमा एक सय २१, दक्षिण अफ्रिकामा एक सय १५, स्पेनमा एक सय ८४, इरानमा एक सय १८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा अमेरिकामा ५३ हजार भन्दा धेरै, ब्राजिलमा ४५ हजार भन्दा धेरै, अर्जेन्टिनामा १० हजार भन्दा धेरै, कोलम्बियामा आठ हजार भन्दा ...
कोरोनाविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा उपलब्ध हुन्छः डब्लूएचओ
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा उपलब्ध हुन्छः डब्लूएचओ

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन्। डब्लूएचओका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले शुक्रबार पत्रकार सम्मेलनका क्रममा यस्तो जानकारी दिएका हुन्। उनले सो पत्रकार सम्मेलनका क्रममा भनेका थिए,‘मलाई लाग्छ यो खोप बजारमाा आइसक्नका लागि अर्को वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुनसक्छ।’ त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशहरुमा पनि पुग्न सक्ने देखिएको भन्दै उनले त्यसपछि विभिन्न देशहरुमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताए। उनले उक्त खोपको पछिल्लो लट अर्थात् तेस्रो तहमा हुन लागेको ट्रायल यसै व...
चीनको बेइजिङमा अन्तर्राष्ट्रिय विमान आउन थाले
विश्व, समाचार

चीनको बेइजिङमा अन्तर्राष्ट्रिय विमान आउन थाले

नेपाल अखबार, एजेन्सि । कोरोनाभाइरसको महामारी शुरुवात भएको देश चीनको राजधानी बेइजिङमा बिहीबारदेखि अन्तर्राष्ट्रिय विमानहरु आउन थालेका छन् ।  बेइजिङमा रहेको मुख्य विमानस्थलमा बिहीबारदेखि सीमित संख्यामा अन्तर्राष्ट्रिय विमानहरु आउन थालेको अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारी फैलिन थालेपछि गत मार्चदेखि बन्द भएको विमानस्थलमा फेरि अन्तरदेशीय विमान सेवा सुरु भएको हो ।  कोरोनाभाइरसको खतरा कम देखिएको निश्कर्ष निकाल्दै अधिकारीहरुले विमान सेवा सूचारु गर्ने निर्णय गरेका हुन् । बिहीबार पहिलो दिनको अन्तर्राष्ट्रिय उडानमा कम्बोडिया, ग्रिस, डेनमार्क, थाइल्याण्ड, पाकिस्तान, अस्ट्रिया, क्यानाडा र स्विडेनबाट यात्रु आएका छन् ।  चीनमा आउन लागेकाहरुलाई विमान प्रवेश गर्नुअघि कोरोनाभाइरसको सङ्क्रमण नभएको प्रमाण पेस गर्नु पर्ने व्यवस्था पनि गरिएको छ । अहिले प्रारम्भिक तथा परीक्षण अवधि भएकाले दैनि...
अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर
अर्थ, विश्व, समाचार

अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर

नेपाल अखबार, एजेन्सि । कोरोनाभाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्तराज्य अमेरिकाको कूल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ ।  अमेरिकी बजेट तयार पार्ने कङ्ग्रेस बजेट कार्यालयका अनुसार अर्थतन्त्रलाई जीवन्त राख्न सरकारले गरेका खर्चका कारण संघीय बजेटमा २० खर्ब डलरभन्दा बढी भार थप भएको छ । बजेट घाटाको अंक बढ्नुको अर्थ हो, अर्को वर्ष संघीय ऋण वार्षिक कूल गार्हस्थ्य उत्पादनभन्दा बढी हुनेछ । यो स्थितिमा अमेरिका यसअघि दोस्रो विश्वयुद्धपछि मात्र पुगेको थियो । त्यसबखत कूल राष्ट्र ऋण समग्र अमेरिकी अर्थतन्त्रको आकारभन्दा बढी थियो । बुधबार सार्वजनिक गरिएको ३३ खर्ब डलरको अंक सन् २०१९ को कूल घाटाभन्दा तीन गुणा बढी हो । कोरोनाभाइरस महामारीबाट सिर्जित समस्यापछि घोषणा गरिएका चार पटकका राहत प्याकेजका कारण सरकारको कूल खर्च ६६ खर्ब डलर पुगेको छ, र यो रकम सन् २०१९ ...
पबजी खेल्न रोक्दा १७ वर्षीय किशोरद्वारा आत्महत्या
विश्व, समाचार

पबजी खेल्न रोक्दा १७ वर्षीय किशोरद्वारा आत्महत्या

नेपाल अखबार, एजेन्सि। गुजरातमा एक पिताले पबजी खेल्न रोक लगाएपछि १७ वर्षका एक किशोरले आत्महत्या गरेका छन् । समाचार एजेन्सी पिटिआईका अनुसार आणंद जिल्लाको सुरेली गाउँमा बस्ने यी किशोर ११ कक्षामा पढ्थे । उमरेठी पुलिस स्टेशनका एसआई पिके सोढाले समाचार एजेन्सी पिटिआईसँगको कुराकानीमा मंगलबार दिउँसो किशोरले आफ्नो खेतमा गएर किटनाशक पिए । पिके सोढाले भने, ‘किशोरका पिता शिक्षक हुन् । उनले छोरालाई घण्टौं मोबाइलमा पबजी खेलेको भन्दै गाली गरेका थिए र उनको फोन खोसेका थिए ।’ उनका अनुसार किशोर यसकारण तनावमा थिए र उनले आफ्नो खेतमा गएर किटनाशक खाए । प्रहरीका अनुसार किशोरका परिवारलाई उनले किटनाशक पिएको त्यतिबेला थाहा भयो जब उनले घर आएर बान्ता गर्न थाले । उनलाई तुरुन्त अस्पताल लगियो तर उनको ज्यान जोगाउन सकिएन । प्रहरीले आकस्मिक मृत्युको घटना दर्ता गरेको छ । स्रोतः बीबीसी...
भारतमा एकैदिन १०४३ को मृत्युः भेटिए ८३,८८३ संक्रमित
विश्व, समाचार, स्वास्थ्य

भारतमा एकैदिन १०४३ को मृत्युः भेटिए ८३,८८३ संक्रमित

नेपाल अखबार, एजेन्सि। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा बिहिबार जारी गरेको हेल्थ बुलेटिनका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका ८३ हजार ८ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोरोनाको कूल संक्रमितको संख्या ३८ लाख नाघेको छ । यो एकैदिन भेटिएका नयाँ संक्रमितमा देखिएको रेकर्ड स्तरको वृद्धि हो । साथै, बुलेटिनका अनुसार यहाँ पछिल्लो २४ घण्टामा १ हजार ४३ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ जसका कारण भारतमा यो महामारीका कारण ज्यान गुमाउनेको संख्या ६७ हजार ३ सय ७६ रहेको छ । मन्त्रालयका अनुसार कूल ३८ लाख संक्रमितमध्ये करिब ८ लाख १५ हजार सक्रिय संक्रमित छन् । यस्तै लगभग ३० लाख मानिसहरु संक्रमणपछि पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् । महाराष्ट्रमा हाल सर्वाधिक दुई लाख दुई हजार कोरोनाका सक्रिय बिरामी छन् । बुधबार स्वास्थ्य मन्त्रालयले भारतमा कोभिडका कारण हुने मृत्युदर निकै कम भएको ...
नोभेम्बरसम्ममा कोभिड–१९ को खोप वितरणका लागि तयार रहन अमेरिकी राज्यहरुलाई निर्देशन
विश्व, समाचार, स्वास्थ्य

नोभेम्बरसम्ममा कोभिड–१९ को खोप वितरणका लागि तयार रहन अमेरिकी राज्यहरुलाई निर्देशन

नेपाल अखबार, एजेन्सि। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले राज्यका स्वास्थ्य अधिकारीहरुलाई उच्च जोखिममा रहेका समूहलाई अक्टोबर महिनाको अन्तिम वा नोभेम्बरको सुरुवातसम्ममा कोरोनाभाइरसको सम्भावित खोप वितरण गर्नका लागि तयार रहन निर्देशन दिएको छ । बुधबार एजेन्सीले प्रकाशित गरेको दस्तावेजमा सो कुरा उल्लेख गरिएको छ । समय तय गरिएको यो निर्णयलाई अमेरिकी राष्ट्रपति चुनावसँग पनि जोडेर हेरिएको छ । पुनः निर्वाचित बन्ने होडमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले खोपको विकासमा ठूलो रकम खर्च गरिरहेका छन् । ‘सुरुवाती तयारीस्वरुप सीडीसीले राज्यहरुलाई खोप वितरणको योजना तर्जुमा गर्न सीडीसीले भनेको हो । यसमा अक्टोबर र नोभेम्बरमा खोपको सिमित मात्रा उपलब्ध हुने सम्भाव्यता पनि रहेको छ,’ सीडीसीकी प्रवक्ताले रोयटर्सलाई भनिन् । यसअघि न्युयोर्क टाइम्सले सीडीसीले उक्त दस्तावेजबारेसबै ५० राज्य ...