Sunday, July 26

विश्व

उइगरविरुद्ध ज्यादती भएको भन्दै अमेरिकाले चीनका केही सामग्रीमा प्रतिबन्ध लगायो
विश्व, समाचार

उइगरविरुद्ध ज्यादती भएको भन्दै अमेरिकाले चीनका केही सामग्रीमा प्रतिबन्ध लगायो

नेपाल अखबार, एजेन्सि। चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिइरहेको समयमा अमेरिकाले फेरि एकपटक उइगर मुसलमानको विषय उठाएको छ। उइगर मुसलमानमाथि चीन सरकारले ज्यादती गरेको भन्दै अमेरिकाले चीनका केही सामग्रीमा प्रतिबन्ध लगाएको छ। चीनको सिनजियाङ प्रान्तमा उइगर मुसलमान समुदाय बसोबास गर्दै आएका छन्। अमेरिकाका अनुसार चिनियाँ अधिकारीहरुले उइगर समुदायका मानिसको श्रम शोषण गर्दछन्। उइगरलाई जबर्जस्ती डर र त्रासको भरमा काम गराएकोभन्दै अमेरिकाले सिनजियाङमा निर्माण हुने कपडा, कम्प्युटरका पुर्जा तथा अन्य सामग्री खरिद नगर्ने भएको हो। चीनले दश लाखभन्दा बढी उइगर मुसलमानलाई बन्दी बनाएको अन्तर्राष्ट्रिय प्रतिवेदनहरुमा उल्लेख गरिएका छन्। प्रतिवेदनअनुसार ती मानिसहरुलाई विभिन्न स्थानमा काम लगाएर उनीहरुको श्रम शोषण गर्नुका साथै उनीहरुलाई चिनियाँ धर्मबारे पढाइन्छ, मुसलमान धर्म त्याग्न लगाइन्छ। यद्...
अमेरिकामा पत्ता लाग्यो कोरोनालाई निष्क्रिय बनाउने औषधि
विश्व, समाचार, स्वास्थ्य

अमेरिकामा पत्ता लाग्यो कोरोनालाई निष्क्रिय बनाउने औषधि

नेपाल अखबार,  एजेन्सि। युनिभर्सिटी अफ पिटर्सवर्ग स्कुल अफ मेडिसिनका वैज्ञानिकहरुले  कोरोनालाई निस्क्रिय बनाउने उपचारविधि पत्ता लगाएका छन् । उनीहरुले सार्स–कोभ २ भाइरस निष्क्रिय बनाउने निकै सानो बायोलोजिकल कण विश्वविद्यालयमा आइसोलेटेड गरेका छन् । यो एन्टीबडीको तत्त्व पूर्ण आकारको एन्टीबडीभन्दा १० गुणा सानो छ र एबी ८ नाम औषधि बनाउन यसको प्रयोग गरिएको छ । वैज्ञानिकहरुले सेल नामक जर्नलमा प्रकाशित गरेको रिपोर्टमार्फत यो जानकारी बाहिर आएको हो । सार्स–कोभ–२ को सम्भावित रोकथामका लागि यो औषधिलाई महत्त्वका साथ हेरिएको छ । रिपोर्टमा उल्लेख भएअनुसार परीक्षणका दौरान मुसा र ह्याम्स्टर्समा सार्स–कोभ २ रोकथाम र उपचारका लागि यो औषधि निकै प्रभावकारी देखियो । रिपोर्टका अनुसार यो औषधि मानव शरीरमा नरहने भएकाले यसको नकारात्मक असर पनि पर्नेछैन । ‘एबी ८ कोभिड १९ को उपचारका लागि मात्रै होइन मानिसहरुलाई सार्स–कोभ २...
शुक्र ग्रहमा जीवन रहेको संकेत!
विश्व, समाचार

शुक्र ग्रहमा जीवन रहेको संकेत!

नेपालअखबार, एजेन्सि। खगोलशास्त्रीले शुक्र ग्रहको वायुमण्डलमा एक प्रकारको ग्यास फेला पारेका छन्, जसले त्यहाँ जीवन रहेको देखाउँछ। शुक्र ग्रहको बादलमा केही सूक्ष्म जीव तैरिरहेको हुनसक्ने संकेत पाइएको खगोलशास्त्रीले बताएका छन्। उनीहरूका अनुसार भेटिएको ग्यासको नाम फस्फिन हो, जुन फस्फोरसको कण र तीन हाइड्रोजनको कण मिलेर बनेको एक किसिमको अणु हो। धर्तीमा फस्फिनको सम्बन्ध जीवनसँग छ। यो पेन्गुइनजस्ता जनावरको पेटमा पाइने सूक्ष्म जीवसँग जोडिएको छ र दलदलजस्तो कम अक्सिजन भएको स्थानमा पाइन्छ। यो ग्यास माइक्रो ब्याक्टेरिया अक्सिजनको अनुपस्थितीमा उत्सर्जित हुन्छ। हुन त फस्फिन, कारखानामा पनि बनाउन सकिन्छ तर शुक्र ग्रहमा त कारखाना छैनन् र निश्चित रूपमा त्यहाँ कुनै पेन्गुइन पनि छैनन्। उसो भए शुक्र ग्रहमा यो ग्यास कसरी पाइयो, त्यो पनि ५० किलोमिटर माथि? बस्, बेलायतस्थित कार्डिफ विश्वविद्यालयका प्राध्यापक जेन ग्...
ब्राजिलमा कोभिड संक्रमणबाट १ लाख ३१ हजारभन्दा बढीको मृत्यु
विश्व, स्वास्थ्य

ब्राजिलमा कोभिड संक्रमणबाट १ लाख ३१ हजारभन्दा बढीको मृत्यु

नेपाल अखबार, एजेन्सी । ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसका सङ्क्रमणबाट १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको  छ  । सो मन्त्रालयका अनुसार यहाँ गएको हप्तादिनमा मात्र ४ हजार जनाको ज्यान गएको छ । उक्त मन्त्रालयकाअनुसार यहाँ यो संक्रमणबाट गएको २४ घन्टामा ४१५ जनाको ज्यान गएको छ । यो सँगै यहाँ १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको हो । ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या करिब ४३ लाखभन्दा बढी पुगेका छन् । सोमबारसम्मको तथ्यांकअनुसार यहाँको कोभिड १९ का संक्रमितहरुको जम्मा संख्या ४३ लाख ३० हजार ४६४ जना पुगेको बताइएको हो । गएको २४ घन्टा यता यहाँ यो सङ्क्रमणका करिब १५ हजार जना नयाँ संक्रमित भेटिएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । यहाँका ३५ लाखभन्दा बढी नागरिक निको भएर घर फर्किएका छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुनेमा...
कोरोनाको सबैभन्दा तीब्र वृद्धि अब भारतमा भाइरहेको छः डब्ल्यूएचओ
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाको सबैभन्दा तीब्र वृद्धि अब भारतमा भाइरहेको छः डब्ल्यूएचओ

नेपाल अखबार, एजेन्सि। पछिल्लो २४ घण्टामा विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको ३ लाख ७ हजार ९ सय ३० नयाँ मामिला दर्ता गरेको छ । कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा वृद्धि भइरहेको छ । विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार शनिबार भारतमा कोरोनाका ९४ हजार ३ सय ७२ नयाँ संक्रमित दर्ता गरिएको छ जबकी अमेरिकामा ४५ हजार ५ सय २३ र ब्राजिलमा ४३ हजार ७ सय १८ नयाँ संक्रमित फेला परेका छन् । यस्तै, अमेरिका र भारत दुबै देशमा १ हजार भन्दा बढीको कोभिड–१९ का कारण मृत्यु भएको छ । रिपोर्टमा पछिल्लो २४ घण्टामा ब्राजिलमा ८ सय ७४ को महामारीमा मृत्यु भएको छ । स्वास्थ्य एजेन्सीले पछिल्लो २४ घण्टामा ५ हजार पाँच सयभन्दा बढीको कोभिड–१९ का कारण मृत्यु भएको बताएको छ । यससँगै संसारभरी यो महामारीका कारण मृत्यु हुनेको संख्या बढेर ९ लाख १७ हजार ४ सय १७ पुगेको छ । संगठनका अनुसार संसारमा हालसम्...
बेलायत: लाइभ अन्तरवार्ताका बेला सांसदका छोराले गरे अचम्मको माग, त्यसपछि के भयो ?
विश्व, समाचार

बेलायत: लाइभ अन्तरवार्ताका बेला सांसदका छोराले गरे अचम्मको माग, त्यसपछि के भयो ?

नेपाल अखबार, एजेन्सि। बेलायतका एक सांसदले लाइभ अन्तरवार्ताका बेला असहज स्थितीको सामना गर्नुपर्यो । अन्तरवार्ता कोरोना महामारी र ब्रेक्जिटबारे चलिरहेको थियो । यतिबेला उनका दुई सन्तान क्यामराको अगाडि आए । उनका एक छोराले अनुहार पेन्ट गर्न उनलाई सहयोग गर्न भने । लाइभ प्रशारणका बेला कार्यक्रममा बाधाः कन्जर्भेटिभ पार्टीका सांसदले मुस्कुराउँदै आफ्ना छोरालाई भने, ‘म तिम्रो अनुहार एक मिनेटमा पेन्ट गर्छु ।’ सांसद आफ्नो घरमा बनेको अफिसबाट अन्तरवार्ताका लागि जोडिएका थिए । अन्तरवारेता केही बेर प्रभावित भएपछि पुनः सुरु भयो । यसैबीच उनको अन्तरवार्ता पुनः रोक्नुपर्यो जब उनकी छोरी बीचमा आइन् । केही बेरपछि अन्तरवार्ता पुनः सुरु भयो जबकी यतिबेला उनका दुबै बच्चा ब्याकग्राउन्डमा खेलिरहेको देखिए । सांसदले रोक्नुपर्यो अन्तरवार्ताः एक मौकामा सांसदले आफ्ना छोरालाई यस्तो भन्छन्, ‘आदम, के तिमी थोरै बेरका लागि चुप बस...
कोरोनाका कारण विश्वभरि नौ लाख २० हजारभन्दा बढीको मृत्यु
विश्व, स्वास्थ्य

कोरोनाका कारण विश्वभरि नौ लाख २० हजारभन्दा बढीको मृत्यु

नेपाल अखबार, एजेन्सि। विश्वभरि कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म नौ लाख २० हजार १४४ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लगायतका विभिन्न निकायहरुले सार्वजनिक गरेका विवरणहरुका अनुसार विश्वभरि अहिलेसम्म दुई करोड ८६ लाख ७९ हजार १९२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने दुई करोड पाँच लाख ९४ हजार ८८४ पुगेको छ । हाल विश्वमा ७१ लाख ६४ हजार १६४ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ७१ लाख तीन हजार २७४ जनाको अवस्था सामान्य रहेको जनाएको छ । त्यसैगरी ६० हजार ८९० जनाको अवस्था भने गम्भीर रहेको पाइएको छ । अनुपातमा हेर्दा कूल सङ्क्रमितमध्ये झण्डै ९९ प्रतिशत सङ्क्रमितको अवस्था सामान्य रहेको छ भने एक प्रतिशतको अवस्था मात्रै गम्भीर रहेको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट ...
भारतमा कोरोनाबाट एकै दिनमा ९७ हजार बढीमा कोरोना पुष्टिमा
विश्व, समाचार, स्वास्थ्य

भारतमा कोरोनाबाट एकै दिनमा ९७ हजार बढीमा कोरोना पुष्टिमा

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ५७० जना सङ्क्रमित भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको देखिएको छ । संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्या अहिलेसम्म ७७ हजार ४७२ पुगेको छ । कुल मृतकमध्ये एक हजार २०१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि मन्त्रालयले शनिबार जनाएको छ  । भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ४६ लाख ५९ हजार ९८५ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ३६ लाख २४ हजार १९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । अधिकारीहरूका अनुसार अरु नौ लाख ५८ हजार ३१६ जना अझै पनि सङ्क्रमित अवस्...
जापानमा गयो ६.१ म्याग्निच्युडको भूकम्प
विश्व, समाचार

जापानमा गयो ६.१ म्याग्निच्युडको भूकम्प

नेपाल अखबार, एजेन्सि।  जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयअनुसार विहान ११.४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले बताएका छन् । भू–गर्भविद्हरुले दिएको जानकारीअनुसार जमिनको ४० किलोमिटर गहिराइबाट कम्पन भएको थियो । अहिले आएको भूकम्पपछि कुनै आँधीको सम्भावना भने नदेखिएको विज्ञहरुले बताएका छन् । यो भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएका विवरण पनि प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । एसियाको विकसित मुलुक जापानमा भूकम्प धेरै जाने गरेको छ । भूकम्पका कारण हरेक वर्ष धेरै जनधनको क्षति पनि हुने गरेको छ ।...
मालीमा ८ सर्वसाधारणको हत्या,  हतियारधारीले कैयौँ घरमा आगो लगाए
विश्व, समाचार

मालीमा ८ सर्वसाधारणको हत्या, हतियारधारीले कैयौँ घरमा आगो लगाए

नेपाल अखबार, एजेन्सि। मालीको मध्य क्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा पनि आठ जना सर्वसाधारण नागरिकको हत्या गरेका यहाँका स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । मालीको मध्य क्षेत्रीय शहर बंकास नजिकैको एक गाउँमा हतियारधारीहरुले बुधबार सो हमला गरेका थिए । ती अज्ञात हतियारधारीले गरेको आक्रमणमा आठ जना मारिएका र अरु तीन जना नराम्ररी घाइते भएका बताइएको छ । सो क्षेत्रमा ठूलो संख्यामा सैनिक खटिरहेका थिए । यसकारण पनि विगत लामो समयदेखि त्यहाँ शान्ति रहेको थियो । तर बुधबार ती अज्ञात व्यक्तिहरु निकै ठूलो संख्यामा मोटरसाइकलमा आएका र गोली वर्साएका थिए । उनीहरुले सो गाउँका कैयौँ घरमा आगो लगाएका थिए । रातिको समयमा भएको सो हिंसामा गाउँलेहरुबीच त्रास फैलिएको थियो । उक्त हिंसा कसले र किन गरेको हो भन्ने बारेमा भने केही बताइएको छैन । रासस÷एएनआई...