Friday, September 25

विश्व

भारतमा कोरोना संक्रमणबाट लगातार दोस्रो दिन ११ सयभन्दा धेरैको मृत्यु
विश्व, स्वास्थ्य

भारतमा कोरोना संक्रमणबाट लगातार दोस्रो दिन ११ सयभन्दा धेरैको मृत्यु

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट लगातार दोस्रो दिन ११ सयभन्दा धेरैको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण एक हजार ११५ जनाको मृत्यु भएको छ । यसअघि मंगलबार एक हजार १३३ जनाको मृत्यु भएको थियो । यससँगै अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७३ हजार ८९० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ८९ हजार ७०६ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४३ लाख ७० हजार १२९ पुगेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका ३३ लाख ९८ हजार ८४५ संक्रमित निको भएर घर फर्किसकेका छन् भने आठ लाख ९७ हजार ३९४ संक्रमित आइसोलेसनमा छन् ।...
अक्सफोर्ड युनिभर्सिटीले एकजना बिरामी हुँदा रोक्यो भ्याक्सिनको ट्रायल
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

अक्सफोर्ड युनिभर्सिटीले एकजना बिरामी हुँदा रोक्यो भ्याक्सिनको ट्रायल

नेपाल अखबार, एजेन्सि। कोरोनाभाइरसमाथि नियन्त्रण पाउनका लागि बनिरहेको भ्याक्सिनले त्यतिबेला ठूलो धक्का पायो जब एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिनको ट्रायल रोक्नुपर्यो । मानव परीक्षणमा एक व्यक्ति बिरामी भएपछि उनीहरुले यस्तो गर्नुपरेको हो । एस्ट्राजेनेकाले परीक्षणमा समावेश व्यक्तिको रोगबाट अहिलेसम्म केही जानकारी नपाइएको यो एक रुटिन स्थगन भएको बताएको छ । अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनको ट्रायलमाथि पूरा संसारले निगरानी राखिरहेको छ । यतिबेला संसारभरी करिब एब दर्जन स्थानमा कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको छ तर जानकारले अक्सफोर्ड युनिभर्सिटीको ट्रायल सबैभन्दा अघि भएको मान्यता राखेका छन् । यहाँ तेस्रो चरणको ट्रायल भइरहेको छ र बजारमा सबैभन्दा उपलब्ध हुने भ्याक्सिन अक्सफोर्ड युनिभर्सिटीकै होस् भनेर आशासमेत गरिएको छ । भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा हज्जारौं मानिस समावेश हुन्छन...
क्यालिफोर्नियामा कोरोनासँगै डढेलोको त्रास, ६ लाख ४९ हजार हेक्टर जमिन सखाप
विश्व, समाचार

क्यालिफोर्नियामा कोरोनासँगै डढेलोको त्रास, ६ लाख ४९ हजार हेक्टर जमिन सखाप

नेपाल अखबार, एजेन्सि। अमेरिकामा सर्वाधिक धेरै कोरोना संक्रमित पहिचान भएको राज्य हो, क्यालिफोर्निया । अमेरिकाको सर्वाधिक ठूलो जनसंख्या बसोबास गर्ने यस राज्यमा ७ लाख ४१ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण देखिइसकेको छ । क्यालिफोर्नियामा अहिले गर्मी उच्च छ । अनि, आगलागिका घटना पनि बढिरहेका छन् । आइतबार उडल्यान्ड हिल्समा तापक्रम ४९ सेल्सियस पुुग्यो, लस एन्जलस काउन्टीको कुनै पनि भागमा तापक्रम पहिलो पटक यति उच्च रहेको नेशनल वेदर सर्भिसले जनाएको छ । तातो र सुख्खा मौसमका कारण यस वर्ष गर्मी सिजनमा क्यालिफोर्नियामा आगलागी निकै बढेको छ । अहिलेसम्म ६ लाख ४७ हजारभन्दा धेरै हेक्टर जमिनमा लागिसकेको छ । तीनवटा ठूला डढेलो यहाँ फरक भागमा विध्वंश मच्चाइरहेको छ । त्यहीकारण, सान बर्नार्डिन्होको पूर्वतर्फ शनिबारदेखि सुरु भएको डढेलो निभाउनका लागि ५ सय फायर फाइटर्स र चारवटा हेलिकोप्टर तैनाथ गरिएको थियो । उत्तरी क्य...
रुसले विकास गरेको खोप भारतसहित पाँच देशमा तेस्रो परीक्षण गर्ने तयारी
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

रुसले विकास गरेको खोप भारतसहित पाँच देशमा तेस्रो परीक्षण गर्ने तयारी

नेपाल अखबार, एजेन्सि। रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका पाँच देशले परीक्षण गर्ने भएका छन्। ‘स्पुनिक-५’ नाम दिइएको यो खोप भारतसहितका पाँच देशमा यही महिनामा तेस्रो परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जानकारी दिएका छन्। रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले भारत, साउदी अरब, यूएई, फिलिपिन्स र ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो। यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो। भारत, साउदी अरब, यूएई, फिलिपिन्स र ब्राजिलमा तेस्रो चरणको परीक्षण गर्न लागिएको दिमिित्रभले बताए। खोपको परीक्षणको नतिजा अक्टोबरदेखि नोभेम्बरसम्ममा आइसक्ने बताइएको छ। कोषले गएको अगस्ट ११ तारिखमा यो खोप विकास गरेको घोषणा गरेको थियो। रुसी वैज्ञानिकहरूले कोरोनाभाइरस विरुद्ध तयार गरिएको ‘स्पुनिक- ५’ खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका ...
ब्राजिललाई उछिन्दै भारत बन्यो कोरोनाबाट दोस्रो सबैभन्दा प्रभावित मुलुक
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

ब्राजिललाई उछिन्दै भारत बन्यो कोरोनाबाट दोस्रो सबैभन्दा प्रभावित मुलुक

नेपाल अखबार, एजेन्सि। कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्याको आधारमा भारत विश्वको दोस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ । संक्रमित संख्याको आधारमा ब्राजिललाई पछि पार्दै भारत दोस्रो स्थानमा उक्लिएको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४२ लाख चार हजार ६१४ पुगेको छ । पछिल्ला २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९० हजार ८०२ नयाँ संक्रमित थपिएका हुन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसका ४१ लाख ४० हजार नाघेको छ । भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ७१ हजार ६४२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १६ जनाको मृत्यु भएको हो । मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा नै छ । ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको कारण एक लाख २६...
संसारको पहिलो संग्रहालय जहाँ पुराना सामान होइन खुसी पाइन्छ
विश्व, समाचार, हाइलाइट-समाचार

संसारको पहिलो संग्रहालय जहाँ पुराना सामान होइन खुसी पाइन्छ

नेपाल अखबार, एजेन्सि। संग्रहालय एउटा यस्तो स्थान हो जहाँ इतिहास, संस्कृति, विज्ञानलाई सजाएर राख्ने गरिन्छ तर आज हामी भिन्न संग्रहालयको कुरा गर्दैछौं । एउटा यस्तो संग्रहालय जसको उद्देश्य मानिसहरुलाई खुसी बनाउनु हो । हुन त खुसी त्यस्तो चिज होइन, जुन संग्रहालयमा झुण्डिएको देखियोस् । तर पनि यहि उद्देश्यसहित डेनमार्कको कोपेनहेगनमा गत जुलाईमा यो संग्रहालय खोलिएको छ । कोपेनहेगनको ह्याप्पिनेस रिसर्च इन्स्टिच्युटले यसलाई बनाएको हो । जसले यो संग्रहालयको परिकल्पना गरे त्यसमा माइक वाइकिंग पनि समावेश छन् । माइक ह्याप्पिनेस रिसर्च इन्स्टिच्युटका मुख्य कार्यकारी अधिकारी हुन् । उनले खुसीसँग सम्बन्धित तीनवटा किताब लेखिसकेका छन् – दि लिटिल बुक अफ लेगे (लेगे अर्थात् खुसी), दि लिटिल बुक अफ ह्यूगे (ह्यूगे अर्थात् मनोरञ्जन) र द आर्ट अफ मेकिङ मेमोरिज । तीनवटै ‘बेस्ट सेलर’ । यस्तो प्रकारको पहिलो संग्रहालयः आठ कोठ...
इरानसँग १० गुणा बढी युरोनियम रहेको तथ्य खुल्यो, अब के गर्दैछ तयारी ?
विश्व, समाचार

इरानसँग १० गुणा बढी युरोनियम रहेको तथ्य खुल्यो, अब के गर्दैछ तयारी ?

नेपाल अखबार, एजेन्सी । इरानले अन्तर्राष्ट्रिय आणविक सम्झौता (मापदण्ड) विपरित १० गुणाभन्दा बढी युरोनियम भण्डार गरेको छ । संयुक्त राष्ट्रसंघको आणविक एजेन्सीले इरानले सम्झौताविपरित  १० गुणाभन्दा बढी युरोनियम संकलन गरेको जनाएको हो । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईईए) का अनुसार इरानको भण्डारमा अहिले २१०५ किलो युरोनियम रहेको छ । जबकि सन् २०१५ को सम्झौतमा यहाँ ३०० किलोग्रामभन्दा बढी युरोनिय देखिएको थिएन । इरानले गतवर्ष जुलाईमा युरेनियम संवद्र्धनका लागि नयाँ र उन्नत सेन्ट्रीफ्युज उपकरणहरु प्रयोग गर्न थालेको बताएको थियो । सेन्ट्रीफ्युज रासायनिक कणहरु एक अर्काबाट अलग गर्न प्रयोग गरिन्छ । इरानका दुई स्थान नटानज र फोर्डोमा युरोनियको सम्बद्र्धन र उत्पादन गरिन्छ । सम्बद्र्धनपछि यो आणविक शक्ति वा आणविक हतियार विकास गर्न प्रयोग गरिन्छ । यद्यपि, इरानले आफ्नो आणविक कार्यक्रम केवल शान्तिपूर्ण उद्देश्...
भारतमा २४ घण्टामा भेटिए ९० हजार कोरोना संक्रमित
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा २४ घण्टामा भेटिए ९० हजार कोरोना संक्रमित

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना संक्रमितको आँकडामा पछिल्लो पाँच दिनमा एकपटक पनि गिरावट देखिएको छैन । शनिबार यो रेकर्ड ९० हजार पार पुगेको छ । पछिल्लो २४ घण्टामा यहाँ कूल ९० हजार ६ सय कोरोना संक्रमित भेटिएका छन् । हालसम्म यहाँ ४१.१० लाख संक्रमति भेटिइसकेका छन् । यस्तै एकैदिन यहाँ ७३ हजार बिरामी निकोसमेत भइसकेका छन् । यससँगै यहाँ निको हुनेको संख्या ३१.७७ लाख पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ४४ को मृत्यु भएको छ भने हालसम्म यो संक्रमणले भारतमा ७० हजार ६ सय ७९ ले ज्यान गुमाइसकेका छन् । ८.६१ लाख बिरामीको उपचार चलिरहेको छ ।...
विवादमा फसे ट्रम्प, युद्धमा मारिएका अमेरिकी सैनिकलाई भने– हरुवा
राजनीति, विश्व, समाचार

विवादमा फसे ट्रम्प, युद्धमा मारिएका अमेरिकी सैनिकलाई भने– हरुवा

नेपाल अखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति पदको चुनाव नजिकिएको बेला डोनाल्ड ट्रम्प गम्भीर विवादमा फसेका छन् । युद्धमा मारिएका अमेरिकी सैनिकलाई ‘हरुवा’ र ‘बुद्धु’ भनेपछि अमेरिकी राष्ट्रपति ट्रम्प विवादमा परेका हुन् । ट्रम्पको यो अभिव्यक्ति सम्बन्धी समाचार सबैभन्दा पहिले ‘द एटलान्टिस’ पत्रिकाले छापेको थियो । त्यसपछि एसोसिएटेड प्रेस (एपी) र फक्स न्युजले पनि सो समाचार छापेका थिए । समाचार सार्वजनिक भएपछि अमेरिकी सेनाका पूर्व सैनिकहरुले ट्रम्पको आलोचना गरेका छन् । प्रगतिशील समूह वोटवेट्सले एक भिडियो पोस्ट गरेको छ, जसमा युद्धमा आफन्त गुमाएका परिवारहरुको प्रतिक्रिया छ । एक जनाले ट्रम्पलाई भनेका छन्, ‘तपाईंलाई के थाहा बलिदान के हुन्छ भन्ने कुरा ?’ यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरुले त्यस्तो अभिव्यक्ति नदिएको भनेर खण्डन गर्दै आएका छन् । तर विश्लेषकहरुले यो विवादका कारण ट्रम्पलाई राष्ट्...
विश्वभरका इलामेली कविहरुको भर्चुअल जमघट
विश्व, समाचार, साहित्य \कला

विश्वभरका इलामेली कविहरुको भर्चुअल जमघट

नेपाल अखबार, काठमाडाैं। पहिलोपटक अन्तर्राष्ट्रिय इलामेली भर्चुअल साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रियस्तरको यस कार्यक्रममा नेपाललगायत भारत, अमेरिका, क्यानडा, हङकङ, दुबई, कोरिया, बेल्जियम आदि देशहरुमा रहेका चार दर्जन बढी इलामेली स्रष्टाहरुले हिजो २०७७ भदौ २० गते भर्चुअल प्रविधिमार्फत कविता वाचन गरेका थिए । विश्वका विभिन्न देशहरुमा रहेका इलामेली समाजहरुको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रमको संयोजन इलाम विकास समाज काठमाडौंले गरेको थियो । कार्यक्रममा इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै समाजको आगामी कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रममा इलाम समाज प्रदेश न. १ का अध्यक्ष कृष्ण शाहले धन्यवाद ज्ञापन गर्दै ग्लोबल मिट कार्यक्रमबारे बताएका थिए । यसैगरी सोही समाजका सचिव अर्जुन भट्टराई र सदस्य पुष्पा खनालले कार्य...