सन् २०२५ मा जलवायु विपत्तिः पाँच हजारको मृत्यु, ३६० अर्ब डलर क्षति
नेपालअखबार,काठमाडौँ । विश्वव्यापी वातावरणीय प्रणालीमा भइरहेका परिवर्तनले सन् २०२५ मा बाढी, खडेरी र अत्यधिक तापक्रमलाई तीव्र बनाउँदा धेरै मानिसको ज्यान गएको र सयौँ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको एक नयाँ प्रतिवेदनले जनाएको छ ।
अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) को नेतृत्वमा तयार गरिएको सन् २०२५ ग्लोबल वाटर मोनिटर प्रतिवेदन अनुसार निरन्तर तापवृद्धिले वातावरण, जमिन र महासागरबीच गहिरो परिवर्तन ल्याएको छ, जसले समाजमा गम्भीर असर पारेको एएनयूको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार सन् २०२५ मा पानीसँग सम्बन्धित प्राकृतिक विपत्तिका कारण करिब पाँच हजार जनाको मृत्यु भएको छ भने झन्डै ८० लाख मानिस विस्थापित भएका छन् । यस्ता विपत्तिबाट भएको आर्थिक क्षति ३६० अर्ब अमेरिकी डलर नाघेको बताइएको छ ।
बाढी, उष्णकटिबन्धीय चक्रवात, खडेरी र डढेलोजस्ता विपत्तिले ठूलो क्षति पुर्याएका छन् । यी...









