Thursday, June 25

विश्व

वासिङ्टन पोस्टका ३ सयभन्दा बढी पत्रकारले गुमाए जागिर
विश्व, समाचार, समाज, हाइलाइट-समाचार

वासिङ्टन पोस्टका ३ सयभन्दा बढी पत्रकारले गुमाए जागिर

नेपालअखबार,काठमाडौँ  । विश्वप्रसिद्ध अमेरिकी सञ्चारमाध्यम 'वासिङ्टन पोस्ट' ले एकै पटक ३०० भन्दा बढी पत्रकार र कर्मचारीलाई सेवाबाट हटाएको छ । पत्रिकाको व्यवस्थापनले बुधबार बिहान कर्मचारीहरूलाई एक 'स्टाफ कल' मार्फत करिब ३० प्रतिशत जनशक्ति कटौती गरिएको जानकारी दिएको हो । अमेजनका संस्थापक तथा विश्वका तेस्रो धनी व्यक्तिसमेत रहेका जेफ बेजोसको स्वामित्वमा रहेको यो अखबारले आर्थिक संकट र घट्दो पाठक संख्यालाई कारण देखाउँदै यस्तो कदम चालेको जनाएको छ । 'यो अत्यन्तै पीडादायी र कठिन दिन हो,' कार्यकारी सम्पादक म्याट मरेले भने, 'हाम्रो मोडललाई समयसापेक्ष परिवर्तन गर्न नसक्दा यस्तो अप्रिय निर्णय लिनुपरेको हो ।' खेलकुद र पुस्तक विभाग बन्द पुनर्संरचनाका नाममा पोस्टले आफ्नो खेलकुद विभाग (स्पोर्ट्स डेस्क) र पुस्तक खण्ड (बुक्स सेक्सन) पूर्ण रूपमा बन्द गरेको कोलम्बिया जर्नलिजम् रिभ्यूले लेखेको छ । त्यस...
अमेरिकाले भारतलाई लगाएको भन्सार शुल्क १८ प्रतिशतमा झार्‍यो, रूसी तेल नकिन्न भारत सहमत
राजनीति, विश्व, समाचार

अमेरिकाले भारतलाई लगाएको भन्सार शुल्क १८ प्रतिशतमा झार्‍यो, रूसी तेल नकिन्न भारत सहमत

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुमा लगाइँदै आएको भन्सार शुल्क ५० बाट घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गरेका छन्। यसको बदलामा भारतले रूसबाट तेल किन्न बन्द गरेर अमेरिकी तेल किन्न थाल्ने र व्यापारिक अवरोधहरू घटाउने सहमति जनाएको ट्रम्पले बताएका छन्। ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन संवादपछि सामाजिक सञ्जालमार्फत् नयाँ व्यापारिक सम्झौता भएको जानकारी दिएका हुन्। उनका अनुसार भारतले अब अमेरिकाबाट तेल खरिद गर्नेछ भने सम्भावित रूपमा भेनेजुएलाबाट पनि तेल किन्न सक्छ। भारत विश्वकै तेस्रो ठूलो तेल आयातकर्ता हो। भारतले आफूलाई आवश्यक पर्ने करिब ९० प्रतिशत तेल आयातबाट पूरा गर्छ। सस्तो रूसी तेलका कारण युक्रेन युद्धपछि भारतको आयात खर्च घटेको थियो। तर हालै भारतले रूसबाट तेल खरिद क्रमशः घटाउँदै लगेको छ। ह्वाइट हाउसका एक अधिकार...
हिन्द महासागरबाट इरानतर्फ अघि बढ्यो अमेरिकी लडाकू विमानबाहक युद्धपोत
राजनीति, विश्व, समाचार

हिन्द महासागरबाट इरानतर्फ अघि बढ्यो अमेरिकी लडाकू विमानबाहक युद्धपोत

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा यसअघिको भन्दा शक्तिशाली हमला हुन सक्ने चेतावनी दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसियलमा पोस्ट लेखेर परमाणु कार्यक्रमबारे इरान वार्ताको टेबुलमा नआए अघिल्लो वर्षको जुन महिनामा भएको भन्दा शक्तिशाली हमला हुन सक्ने चेतावनी दिएका हुन्। 'इरान छिट्टै वार्ताको टेबुलमा आएर परमाणु सम्झौता गर्छ भन्नेमा आशावादी छौं। समय घर्किसकेको छ। सम्झौता नभए उसले पहिलेको भन्दा धेरै विनाशकारी आक्रमणको सामना गर्नुपर्नेछ,' ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार ट्रम्पले अमेरिकी नौसेनाको एउटा ठूलो विमानबाहक युद्धपोत 'युएसएस अब्राहम लिंकन' इरानतर्फ पठाइसकेका छन्। यूएसएस अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप सोमबार हिन्द महासागरमा प्रवेश गरिसकेको र इरानको नजिक सरिरहेको भनेर सिएनएनल...
अमेरिकी धम्कीपछि क्युबालाई समर्थन गर्ने चीनको प्रतिबद्धता
राजनीति, विश्व, समाचार

अमेरिकी धम्कीपछि क्युबालाई समर्थन गर्ने चीनको प्रतिबद्धता

नेपालअखबार,काठमाडाैँ । केही हप्ताअघि भेनेजुएलामा हवानाका सहयोगी निकोलस मदुरोलाई हटाएको संयुक्त राज्य अमेरिकाको बारम्बार धम्कीको परिप्रेक्ष्यमा चीनले मङ्गलबार क्युबालाई ‘समर्थन र सहयोग’ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बेइजिङ र हवाना लामो समयदेखि समाजवादी साझेदार रहेका छन् । चिनियाँ अधिकारीहरूले संयुक्त राज्य अमेरिकाले दशकौँदेखि टापुमा लगाएको आर्थिक नाकाबन्दी र प्रतिबन्धहरूको लगातार विरोध गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना क्युबालाई ‘पतनका लागि तयार’ हुने चेतावनी दिँदा तनाव थपिएको थियो । ट्रम्पले हवानालाई ‘सम्झौता गर्न’ वा भेनेजुएलाजस्तो मूल्य तिर्नुपर्ने चेतावनी दिएका थिए । भेनेजुएलाको सन्दर्भमा जनवरी ३ मा अमेरिकी बम आक्रमणमा मदुरो पक्राउ पर्नुभएको थियो र दर्जनौँ मानिसको मृत्यु भएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मङ्गलब...
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने
राजनीति, विश्व, समाचार

युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने

नेपालअखबार,दाभोस । युक्रेनमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका, रुस र युक्रेनबिच संयुक्त अरब इमिरेट्स (यूएई) मा त्रिपक्षीय वार्ता हुने भएको छ। स्विट्जरल्याण्डको दाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसको पुष्टि गरेका हुन्। कूटनीतिक सक्रियता बढेसँगै ट्रम्पले जेलेन्स्कीसँगको भेट सकारात्मक भएको बताएका छन् भने अमेरिकी विशेष दूत स्टिभ विट्कोफ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न मस्को प्रस्थान गरेका छन्। ट्रम्पका ज्वाइँ जारेड कुश्नरसहित मस्को जान लागेका विट्कोफले सम्झौताप्रति आफू आशावादी रहेको बताएका छन्। दाभोस छोड्नुअघि उनले अब एउटा मात्र मुख्य विषय सुल्झाउन बाँकी रहेको र त्यो समाधानयोग्य रहेको दाबी गरे। विट्कोफले बाँकी रहेको विवादित बुँदाबारे विस्तृत जानकारी नदिए पनि जेलेन्स्कीले पछि उक्त विषय पूर्वी ...
अमेरिका र टिकटकबिच कम्पनीको अमेरिकी कारोबार अलग्याउने सम्झौता
प्रविधि, विश्व, समाचार

अमेरिका र टिकटकबिच कम्पनीको अमेरिकी कारोबार अलग्याउने सम्झौता

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकी प्रशासनसँग लामो समयदेखि चल्दै आएको वार्तापछि टिकटकले आफ्नो अमेरिकी कारोबारलाई विश्वव्यापी व्यवसायबाट अलग गर्ने सम्झौता टुङ्गोमा पुर्‍याएको छ। टिकटकका अनुसार अमेरिकास्थित यसको सञ्चालनमा बहुमत हिस्सा अमेरिकी तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई बिक्री गरिएको छ। यसअनुसार सिल्भर लेक, ओराकल र एमजिएक्सले जनही १५ प्रतिशत सेयर लिने भएका छन्। यसबाहेक डेल फ्यामिली अफिस र भास्टेमेयर स्ट्राटेजिक इन्भेस्टमेन्ट्स पनि लगानीकर्ताका रूपमा सहभागी छन्। टिकटकले जारी गरेको वक्तव्यमा यो सम्झौताले २० करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ता र ७५ लाखभन्दा बढी व्यवसायलाई टिकटकको प्रयोग निरन्तर गर्न सहज बनाउने बताइएको छ। “यसले प्रयोगकर्तालाई टिकटकको जीवन्त विश्वव्यापी समुदायमा सामग्री खोज्न, सिर्जना गर्न र फस्टाउन मद्दत गर्नेछ,” कम्पनीले भनेको छ। यो सम्झौताको मुख्य उद्देश्य टिकटकमा...
ट्रम्पको धम्कीपछि डेनमार्ककी प्रधानमन्त्रीले दिइन् चेतावनी
राजनीति, विश्व, समाचार

ट्रम्पको धम्कीपछि डेनमार्ककी प्रधानमन्त्रीले दिइन् चेतावनी

नेपालअखबार,कोपेनहेगन । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्याण्ड कब्जा गर्ने  धम्कीको कडा प्रतिक्रिया दिँदै ‘युरोपलाई ब्ल्याकमेल गर्न नसकिने’ चेतावनी दिएकी छन् । पछिल्लो समय ग्रिनल्यान्डको ममिलामा अमेरिका र युरोप आमने सामने भइरहकै बेला उनले साे  प्रतिक्रिया दिएकी हुन् । ट्रम्पले ग्रिनल्याण्ड आफ्नो नियन्त्रणमा लिन गरेको प्रस्तावको विरोध गरेमा फेब्रुअरीदेखि डेनमार्कसहित आठ युरोपेली देशमाथि नयाँ ट्यारिफ लगाउने धम्की दिएका छन् । ट्रम्पले डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, स्विडेन र बेलायतलाई लक्षित गर्दै ग्रिनल्याण्ड अमेरिकी सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण भएको दाबी गरेका छन् । आवश्यक परे बल प्रयोगको विकल्प पनि उनले नकारेका छैनन् । यसको युरोपभर तीव्र आलोचना भइरहेको छ । ट्यारिफको धम्की पाएका देशहरूले संयु...
भेनेजुएलाको तेल सम्पत्ति सुरक्षाका लागि निजी कम्पनी परिचालन गर्दै अमेरिका
विश्व, समाचार

भेनेजुएलाको तेल सम्पत्ति सुरक्षाका लागि निजी कम्पनी परिचालन गर्दै अमेरिका

नेपालअखबार,वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाको तेल र ऊर्जा क्षेत्रको सुरक्षा जिम्मा निजी सुरक्षा कम्पनीहरूलाई दिने तयारी गरिरहेको छ। यसै महिनाको सुरुमा भेनेजुएलामाथि आक्रमण गरेपछि ट्रम्पले भेनेजुएला र त्यहाँको तेल दुवै अब अमेरिकाले सञ्चालन गर्ने घोषणा गरेका थिए। भेनेजुएलामा अमेरिकी सेना तैनाथ हुने अड्कलबाजी चलिरहेका बेला ट्रम्पले सेनाको साटो निजी क्षेत्रलाई सुरक्षाको ठेक्का दिने विकल्पमा छलफल अघि बढाएका हुन्। ट्रम्पले भेनेजुएलामा अमेरिकी सेनाको सम्भावित उपस्थितिलाई पूर्ण रूपमा अस्वीकार नगरे पनि लामो समयसम्म सेना राखिरहनुपर्ने झन्झटबाट बच्न यस्तो रणनीति अपनाउन खोजेको बुझिएको छ। उनले अमेरिकाका ठूला तेल कम्पनीहरूलाई भेनेजुएलामा निर्धक्क लगानी गर्न आग्रह गर्दै आएका छन्। ती कम्पनीहरूलाई त्यहाँ वर्षौँसम्म सुरक्षित तवरले व्यवसाय विस्तार गर्न सकिन्छ भन्ने व...
७५ देशको आप्रवासी भिसा निलम्बन गर्ने अमेरिकी निर्णयले को-को प्रभावित हुन्छन् ?
राजनीति, विश्व, समाचार

७५ देशको आप्रवासी भिसा निलम्बन गर्ने अमेरिकी निर्णयले को-को प्रभावित हुन्छन् ?

नेपालअखबार,काठमाडौं । अमेरिकाले ७५ देशका आवेदकहरूका लागि आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्ने निर्णय गरेको छ । यो निलम्बन जनवरी २१ देखि लागू हुनेछ र यसले ल्याटिन अमेरिका, क्यारिबियन, बाल्कन क्षेत्र तथा दक्षिण एशिया, अफ्रिका र मध्य पूर्वका धेरै देशहरूलाई प्रभाव पार्नेछ। दक्षिण एशियाका केही देशहरूसँगै नेपाल पनि यो सूचीमा परेको छ । यसले अमेरिका जाने योजना बनाएका धेरै नेपालीहरू प्रभावित हुनेछन् । अलजजिराका अनुसार, यो निर्णयले पर्यटक वा अल्पकालीन भिसा वाहकहरूका लागि भने लागू हुने छैन। यो परिवर्तनले अमेरिकामा स्थायी रूपमा बसोबास गर्न चाहने मानिसहरूलाई मात्र असर गर्नेछ। यद्यपि, अमेरिकाले क्यानडा र मेक्सिकोसँग मिलेर फिफा विश्वकप आयोजना गर्नुभन्दा पाँच महिनाअघि यो कदम चालेको छ। आप्रवासी, शरणार्थी, विदेशी विद्यार्थी र भिसा आवेदकहरूमाथि भइरहेको शृङ्खलाबद्ध कडाइले आगन्तुकहरूप्रति अमेरिकाको द...
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ
विश्व, समाचार, समाज

गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

नेपालअखबार,काठमाडाैँ ।  गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा हवाई आक्रमणका कारण एक सय भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले जनाएको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरले संयुक्त राष्ट्रसङ्घको पत्रकारहरुसँगको नियमित साक्षात्कारमा ’अक्टोबरको सुरुमा भएको युद्धविराम पछि गाजामा एक सय भन्दा बढी बालबालिकाको मृत्यु भएको पुष्टि गर्दै त्यो युद्धविराम पछि हरेक दिन मारिने हरुमा लगभग एक जना बालबालिका रहेको जनाएका छन् । गाजा पट्टीमा इजरायली बमबारी निरन्तर चलिरहेको उल्लेख गर्दै उनले गाजामा मानव जीवन असहज बन्दै गहिरहेको बताएका छन् । मृत्यु भएका बालबालिकाहरुमा ६० जना केटाहरू र ४० केटीहरूको भएको उल्लेख गर्दै सबैको मृत्यु इजरायली सैन्य आक्रमणहरूको कारण भएको एल्डरले बताए । पछिल्लो आधिकारिक तथ्याङ्कका अनुसार सन् २०२३ अक्टोबर– ७ देखि गाजा पट्टीम...