ट्रम्पको निवासमा हतियारसहित छिर्न खोजेका एक युवक मारिए
नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी निवास मार-ए-लागो रिसोर्टमा हतियारसहित छिर्न खोजेका एक युवक मारिएका छन्।
आइतबार बिहान करिब साढे १ बजे पेट्रोल भरिएको क्यान र शटगनसहित एक युवक ट्रम्पको निजी निवासमा प्रवेश गर्न खोजेका थिए।
अमेरिकी सिक्रेट सर्भिसका अनुसार ती व्यक्ति अवैध रूपमा छिर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाएका हुन्।
सुरक्षाकर्मीको गोली लागेर ती युवकको मृत्यु भएको छ। घटना भएको बेला राष्ट्रपति ट्रम्प वासिङ्टनमा थिए भने मार-ए-लागोमा उनका परिवारका अन्य सदस्यहरू रहेको भनिएको छ।
ती युवक क्यारोलिनाको क्यामरन निवासी अस्टिन टी मार्टिन रहेको पनि सिक्रेट सर्भिसलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
ती युवकका परिवारले आइतबार बिहानै उनी हराएको सूचना स्थानीय प्रहरीलाई दिएको थियो। उक्त विवरण संघीय निकायलाई हस्तान...










