Thursday, September 3

विश्व

ट्रम्पको प्रस्तावमाथि पुटिनले राखे यस्ता सर्त
राजनीति, विश्व, समाचार

ट्रम्पको प्रस्तावमाथि पुटिनले राखे यस्ता सर्त

नेपालअखबार,वासिङ्टन डीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा तत्कालै लागू हुनेगरी र पूर्ण युद्धविराम गर्नुपर्ने अमेरिकी प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार पुटिनसँग फोनमा कुराकानी गरेका थिए ।यस वार्तापछि पुटिनले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने कुरामा सहमति जनाएका छन् । तर उनले एक महिना लामो बृहत् युद्धविराममा हस्ताक्षर गर्नचाहिँ मानेनन् । साउदी अरबमा हालैको हप्तामा अमेरिका र युक्रेनी प्रतिनिधि मण्डलले ट्रम्पले पेस गरेको एक महिना लामो युद्ध विराम सम्झौतामा सहमति जनाएका थिए । यसमा हस्ताक्षरका लागि रुस र पुटिनलाई मनाउने जिम्मा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पलाई दिएका थिए । युक्रेनलाई दिँदै आएको विदेशी सैन्य सहायता र गुप्तचर जानकारी आदानप्रदान बन्द भए मात्र बृहत् युद्ध विराम सम्भव हुने सर्त पुटिनले ट्रम्पसामु पेस गर...
इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो
विश्व, समाचार

इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो

नेपालअखबार,गाजा । गाजा पट्टीका विभिन्न स्थानमा मङ्गलबार बिहान इजरायली वायु सेनाले गरेको हवाई आक्रमणमा मृत्यु हुनेको सख्या ४१३ पुगेको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूकाअनुसार इजरायली आक्रमणमा कम्तिमा ५६२ प्यालेस्टाइनी घाइते भएका छन् भने अझैपनि धेरै मानिसहरु भग्नावशेषमा फसेको र उनीहरुको उद्धारको प्रयास भइरहेको बताइएको छ । इजरायलले हमासले आफ्ना बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति र मध्यस्थकर्ताहरूको सबै प्रस्ताव अस्वीकार गरेकोले आक्रमणहरू पुनः सुरु गरेको दावी गरेको छ । इजरायलले जनवरी १९ मा लागू भएको युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाउँदै हमासले इजरायली सैन्य कारबाही रोक्न दबाब दिन मध्यस्थकर्ताहरूलाई आह्वान गरेको छ ।...
मस्कको व्यापार उकास्न विज्ञापन गर्दै ह्वाइट हाउसमै ट्रम्पले किने टेस्ला
विश्व, समाचार

मस्कको व्यापार उकास्न विज्ञापन गर्दै ह्वाइट हाउसमै ट्रम्पले किने टेस्ला

नेपालअखबार,काठमाडौं । टेस्ला गाडीको बिक्री घटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो कम्पनीको व्यापार उकास्न एउटा टेस्ला गाडी किनेर विज्ञापन गरेका छन्। टेस्ला कम्पनीका मालिक इलन मस्कले आफ्नो समर्थन गरेका कारण उनलाई आर्थिक नोक्सानी भएकाले टेस्लाको विज्ञापनका लागि उनले सो गाडी किनेका हुन्। मंगलबार ह्वाइट हाउसमा मस्कको उपस्थितिमा आयोजित एक कार्यक्रममा उनले रातो रङ्गको एस मोडल मन पराएको भनेर विभिन्न अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन्। बहालवाला अमेरिकी राष्ट्रपतिले कुनै पनि कम्पनी वा वस्तुको विज्ञापन गर्दैनन्। अमेरिकामा कार्यकारी अङ्गका अधिकारीहरूले विज्ञापन गर्न नपाउने नियम नै छ। राष्ट्रपतिको हकमा भने त्यस्तो कुनै नियम छैन। तर पनि राष्ट्रपतिले विज्ञापन नगर्ने अघोषित नियम जस्तै छ। ट्रम्पले पनि राष्ट्रपति निवासमै खुल्लम-खुल्ला आफूलाई सबैभन्दा धेरै चन्दा दिने मस्कको कम्पनीको प्रच...
पाकिस्तानी राजदूतलाई अमेरिकाले गर्‍यो ‘डिपोर्ट’, विमानस्थलबाटै फिर्ता
राजनीति, विश्व, समाचार

पाकिस्तानी राजदूतलाई अमेरिकाले गर्‍यो ‘डिपोर्ट’, विमानस्थलबाटै फिर्ता

नेपालअखबार,वासिंटन । अमेरिकाले पाकिस्तानी राजदूतलाई विमानस्थलबाटै ‘डिपोर्ट’ गरेको छ । अमेरिका प्रवेश गर्न खोजेका पाकिस्तानी राजदूतलाई लस एन्जलस विमानस्थलबाटै फर्काइएको हो ।समाचार एजेन्सीहरूका अनुसार तुर्कमेनिस्तानका लागि पाकिस्तानी राजदूत केके अहसान वगानलाई अमेरिकाले लस एन्जलस विमानस्थलबाटै फर्काइदिएको हो । उनी तुर्कमेनिस्तानबाट अमेरिका गएका थिए । अमेरिकी अध्यागमन कर्मचारीले राजदूत वगानलाई विमानस्थलमा रोकेका थिए । उनीसँग प्रवेशाज्ञा र आवश्यक कागजात रहे पनि फिर्ता पठाइएको बताइन्छ । उनी निजी भ्रमणका लागि अमेरिका जाँदै थिए । पाकिस्तानका विदेशमन्त्री इशाक डार र विदेश सचिव अमीना बलोचलाई उक्त घटनाका बारेमा जानकारी गराइएको छ । पाकिस्तानी विदेश मन्त्रालयले लस एन्जलसस्थित पाकिस्तानी वाणिज्य दूतावास (कन्सुलेट) कार्यालयलाई यसबारे जाँच गर्न आदेश दिएको समाचार एजेन्सीहरूले जनाएका छन् । राजदूत व...
फेरि सिरियामा भड्कियो हिंसा
राजनीति, विश्व, समाचार

फेरि सिरियामा भड्कियो हिंसा

नेपालअखबार,  दमस्कस । सिरियामा राष्ट्रपति बसर अल–असदको सरकार ढलेपछि कयौं वर्षदेखि जारी हिंसा मत्थर भएको थियो । तर केही हप्ताको शान्तिपछि सिरिया पुनः एक पटक हिंसाको चपेटामा परेको छ । गएको तीन दिनदेखि सिरियाली सुरक्षा बल र पूर्व राष्ट्रपति बसर अल–असदका समर्थकहरूबीच चलिरहेको द्वन्द्वमा एक हजारभन्दा बढी मानिसहरू मारिएका छन् । मारिनेहरूमा ७४५ जना सर्वसाधारण भएको र यिनीहरूलाई नजिकबाट गोली हानिएको सिरियाको अवस्थाको अनुगमन गर्ने एक संस्थाले भनेको छ । द्वन्द्वमा १२५ सुरक्षा बल र १४८ असद समर्थक लडाकु मारिएको संस्थाले बताएको छ । सिरियाली सरकारले हिंसाग्रस्त शहर लताकियामा पिउने पानी र बिजुलीको आपूर्ति काटेको छ । सिरियामा बिहीबारदेखि हिंसा सुरु भएको थियो, जुन चाँडै नै देशका धेरै भागहरूमा फैलियो । शुक्रबार, सुन्नी मुस्लिम सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूले पूर्व राष्ट्रपति बसर अल–असदका समर्थक अलावि ...
लडाकु विमानले बम खसाल्दा दक्षिण कोरियामा ७ जना घाइते
विश्व, समाचार

लडाकु विमानले बम खसाल्दा दक्षिण कोरियामा ७ जना घाइते

नेपालअखबार,दक्षिण कोरिया। दक्षिण कोरियाली वायुसेनाको बिहीवार प्रत्यक्ष–फायर अभ्यासको क्रममा नागरिक क्षेत्रमा दुर्घटनावश लडाकु विमानले बम प्रहार गर्दा सात जना घाइते भएका छन् । स्थानीय समय अनुसार बिहान १० बजे राजधानी सियोलबाट लगभग ४० किलोमिटर उत्तरमा रहेको अन्तर–कोरियाली सीमावर्ती शहर पोचियोनमा रहेको प्रत्यक्ष–फायर रेन्ज बाहिर केएफ–१६ लडाकु विमानले असामान्य रूपमा आठ एमके–८२ बम प्रहार गरेको थियो । सञ्चार माध्यमहरूका अनुसार उक्त घटनामा सात जना नागरिक घरहरू ध्वस्त भएका छन् । जसमा चार जना गम्भीर घाइते भएका छन् । अन्य तीन जना सामान्य घाइते भएका छन् ।...
ट्रम्पले क्यानडाका प्रधानमन्त्री ट्रुडोलाई भने गभर्नर
राजनीति, विश्व, समाचार

ट्रम्पले क्यानडाका प्रधानमन्त्री ट्रुडोलाई भने गभर्नर

नेपालअखबार,वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अतिरिक्त भन्सार महसुलबारे फोनमा एकअर्कासँग कुराकानी गरेका छन् । आफ्नो सामाजिक प्लेटफर्म टुथ सोसलबाट एक पोस्टमा  जानकारी दिँदै ट्रम्पले ट्रुडोलाई क्यानडाको गभर्नर भनेका छन् । ‘मैले क्यानाडाका गभर्नर जस्टिन ट्रुडोलाई भनेको थिएँ कि कमजोर सीमा नीतिका कारण हामीले सामना गरिरहेका समस्याहरूमा उनले ठूलो मात्रामा योगदान पुर्याएका छन् । यी नीतिहरू धेरै मानिसहरूको मृत्युको लागि जिम्मेवार छन्’ पोष्टमा ट्रम्पले भनेका छन् । ‘जस्टिन ट्रुडोले मलाई अतिरिक्त भन्सार महसुलबारे के गर्न सकिएला भनेर सोध्न फोन गरेका थिए,’ अझ अगाडि उनले लेखेका छन् । ‘मैले उनलाई भनेको थिएँ कि क्यानडा र मेक्सिकोबाट सीमा पार गर्दै आएको फेन्टानिल (एक खालको लागू औषध) बाट धेरै मानिसहरूको मृत्यु भएको छ र अरु केहीबाट पनि यो आउन बन्द भइस...
कोरियाली हवाई सेनाको जेटले झुक्किएर घरमा बम खसाल्यो, आठ जना घाइते
विश्व, समाचार

कोरियाली हवाई सेनाको जेटले झुक्किएर घरमा बम खसाल्यो, आठ जना घाइते

नेपालअखबार,सोल । दक्षिण कोरियामा आठ जना घाइते भएका छन् । हवाई सेनाको एक जेटले बिहीबार झुक्किएर सर्वसाधारणहरू बस्ने घर र चर्चमाथि बम फ्याकेपछि ती मानिसहरू घाइते भएका हुन् ।पोचिअनमा सैन्य अभ्यासको क्रममा यो दूघर्टना भएको हवाई बल र अग्नि विभागका अधिकारीहरूले बताएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था निकै गम्भीर रहेको गेओङ्गी–दो बुक्बु अग्नि सेवाका एक अधिकारीले बताए । पोचिअन उत्तर कोरियाको सीमा नजिक सोलबाट उत्तर पूर्वमा करिब ४० मिटर टाढा छ । संयुक्त सैन्य अभ्यासका क्रममा केएफ–१६ जेटबाट ५ सय पाउन्ड तौल भएका आठ थान एमके ८२ बम सटिङ रेञ्जबाहिर खसेका थिए । यो घटनाबाट भएको क्षतिका लागि हवाई सेना बलले एक विज्ञप्तिमा माफी मागेको छ । स्थानीयहरूले घटनाको विरोध गरेका थिए ।...
ट्रम्पले  क्यानडा,चीन र मेक्सिकोसँग सुरू गरे व्यापार युद्ध
अर्थ, राजनीति, विश्व, समाचार

ट्रम्पले क्यानडा,चीन र मेक्सिकोसँग सुरू गरे व्यापार युद्ध

नेपालअखबार,काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोका सबै उत्पादनमा मंगलबारदेखि लागू हुनेगरी भन्सार महसुल लगाएर व्यापार युद्ध सुरू गरेका छन्। ट्रम्पले क्यानडा र मेक्सिकोको सबै उत्पादनमा मंगलबार मध्य रातिदेखि लागू हुनेगरी २५ प्रतिशत भन्सार महसुल लगाउने भएका छन्। त्यस्तै, चीनको उत्पादनमा पनि मंगलबारदेखि नै लागू हुनेगरी १० प्रतिशत थप भन्सार महसुल लगाउने भएका छन्। चीन र क्यानडाले जबाफमा अमेरिकी उत्पादनमा पनि भन्सार लगाएका छन्। मेक्सिकोले पनि प्रतिकारमा त्यस्तै कदम चाल्ने अपेक्षा गरिएको छ। यसरी भन्सार संसारको सबैभन्दा सुन्दर शब्द भन्ने ट्रम्पले कार्यभार सम्हालेको ६ हप्ता नबित्दै चीन, क्यानडा र मेक्सिकोसँग व्यापार युद्ध सुरू गरेका छन्। ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुनेगरी चीनबाट आउने वस्तुमा १० प्रतिशत थप भन्सार महसुल लगाएका थिए। बर्सेनि दसौं हजार अम...
उडिरहेको विमानमा जब एक यात्रीले ढोका खोल्न थाले…
विश्व, समाचार

उडिरहेको विमानमा जब एक यात्रीले ढोका खोल्न थाले…

नेपालअखबार,स्पेन । उडिरहेको विमानमा एक यात्रीले घातक गतिविधि गर्न खोजेपछि चालक दलका सदस्यले बाँधेर राख्नुपरेको घटना प्रकाशमा आएको छ ।फेब्रुअरी २८ मा म्याड्रिडबाट काराकास जाँदै गरेको प्लस अल्ट्रा एयरको उडान ७०१ मा एक यात्रीले अचानक विमानको ढोका खोल्न खोजेका थिए । लगत्तै चालक दलका सदस्य र अन्य यात्री मिलेर ती व्यक्तिलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि ती व्यक्तिलाई बाँकी यात्रा अवधिभर बाँधेर राखिएको थियो । यो घटनामा चालक दलका एक सदस्यलाई सामान्य चोट लागेको थियो । ती यात्रीलाई भने विमानको पछाडिको भागमा लगेर बाँधेर राखिएको बताइन्छ । उक्त घटनाको भिडियो अहिले विभिन्न माध्यमबाट सार्वजनिक भएका छन् प्लस अल्ट्रा एयरका प्रवक्ताले घटनाको पुष्टि गर्दै उक्त घटनामा संलग्न यात्रीलाई चालक दलका सदस्यले सावधानीपूर्वक नियन्त्रणमा लिएको प्रस्ट पारेका छन् ।  ...