मेटाले लगायो रूसी मिडियामाथि प्रतिबन्ध
नेपालअखबार, काठमाडौँ । फेसबुकको माउ संस्था मेटा कम्पनीले रूसी समाचार संस्था रसिया सिगोडिन्या, आरटी लगायत अन्य राज्यद्वारा सञ्चालित मिडियामाथि प्रतिबन्ध लगाएको छ।
सोमबार मेटाले एक सूचना जारी गर्दै रूसी राज्यद्वारा सञ्चालित मिडियामाथि प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
‘सावधानीपूर्व विचार गर्दा हामीले रूसी राज्यद्वारा सञ्चालित मिडियाविरूद्ध थप कारबाही गर्ने निर्णय गरेका छौं,’ मेटाले भनेको छ, ‘विदेशमा हस्तक्षेप गतिविधिको कारण रसिया सिगोडिन्या, आरटी र अन्य सम्बन्धित संस्थाहरू विश्वभरि नै हाम्रो एपबाट प्रतिबन्ध लगाएका छौं।’
यसअघि मेटाले रूसी समाचार संस्थाको ‘रिच’ घटाउने, विज्ञापत ब्लक गर्ने लगायतका काम गर्दै आएको थियो।
सेप्टेम्बर पहिलो सातामा अमेरिकाले आरटीका दुई जना कर्मचारीविरूद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको थियो। सन् २०२४को राष्ट्रपतीय च...










