इरानले माग्यो ५ देशसँग युद्धमा भएको क्षतिको भरपाई
नेपालअखबार,काठमाडौं । इरानले आफ्ना छिमेकी देशहरू साउदी अरब, युएई, कतार, बहराइन र कुवेतसँग युद्धमा भएको क्षतिको क्षतिपूर्ति माग गरेको छ।
इरानका तर्फबाट संयुक्त राष्ट्रसङ्घका राजदूत अमिर सइद इरावानीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई एउटा पत्र पठाएका छन्। पत्रमा यी पाँच देशहरूले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेका र अब उनीहरूले इरानलाई भएको क्षतिको पूर्ण भरपाई गर्नुपर्ने उल्लेख छ ।
बीबीसीका अनुसार, इरानी राजदूत अमिर सइद इरावानीले लेखेको पत्रलाई समाचार एजेन्सी आईआरएनएले प्रकाशित गरेको छ। पत्रमा लेखिएको छ, ‘यी पाँच देशहरूले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेका छन् र इरानप्रतिको आफ्नो जिम्मेवारी पूरा गरेका छैनन्। त्यसैले अब उनीहरूको अन्तर्राष्ट्रिय जिम्मेवारी तय भइसकेको छ। उनीहरूले इरानलाई भएको सम्पूर्ण क्षतिको पूर्ण रूपमा भरपाई गर्नुपर्छ, जसमा भौतिक र मानसिक दुवै प...










